काठमाडौं– विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूको आन्दोलन उग्र बनेको छ। बिहीबार दोस्रो दिन काठमाडौंको माइतीघरबाट जुलुस सुरु गरेर नयाँ बानेश्वरमा पुगेका शिक्षकले निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि केही समय बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
निषेधित क्षेत्रमा प्रवेश रोक्नका लागि प्रहरीले लगाएको ब्यारिकेट नै शिक्षकहरुले फाल्न खोजेका थिए। बिहीबार माइतीघरदेखि नयाँबानेश्वर पुगेर पुन: माइतीघर फर्किएर कोणसभा कार्यक्रमको कार्यतालिका महासंघको थियो। तर महासंघको कार्यतालिका विपरीत केही शिक्षकहरूले निषेधित क्षेत्र तोड्न हुन् खोजेका हुन्।
हाल संसद्मा रहेको विधेयकका कतिपय प्रावधानहरु अपमानित भएको भन्दै शिक्षकहरु बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। उनीहरुले बुधबार काठमाडौंमा प्रदर्शन गरेका थिए।
बिहीबार बिहान सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भए पनि विनाकुनै निष्कर्ष सकिएको थियो। वार्ताका क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निषेधित क्षेत्रमा नपस्न शिक्षकहरुलाई आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।