• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कसरी कार्यान्वयन हुँदैछ आयातित वस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल लगाउने नीति?

64x64
कल्पना घिमिरे बिहीबार, असोज ४, २०८०  ०७:३७
1140x725

काठमाडौं– ‘साउन १ गते पछि आयात हुने माल वस्तुको प्याकेजिङ आयातकर्ता र बजार वितरकको लेबल लगाएर मात्र बजारमा पठाउन पाउने व्यवस्था गरिएको छ,’ आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्री डा प्रकाशशरण महतले उपभोक्ताको हित संरक्षणका लागि यस्तो व्यवस्था मिलाएको बताएका थिए। सो व्यवस्थाले गुणस्तर कमसल भएका नक्कली तथा अवैध रुपमा पैठारी भएका मालवस्तुको नियन्त्रण तथा निरुत्साहित हुने उनको भनाइ थियो। 

‘उपभोक्ताको हित संरक्षणका लागि आगामी साउन १ गतेपछि आयात हुने माल वस्तुको प्याकेजिङ आयातकर्ता र बजार वितरकको लेबल लगार मात्र बजारमा पठाउन पाउने व्यवस्था मिलाएको छु,’ उनले भनेका थिए। उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मालवस्तुमा अनिवार्य लेबल हुनुपर्छ। लेबलमा वस्तुको विस्तृत जानकारी, उत्पादक, आयातकर्ता, वितरकदेखि त्यसका म्यादसम्मका विवरण राख्नुपर्छ। 

लेबल नभइ वस्तु बिक्री गर्दा उपभोक्ता ठगिने सम्भावना उत्तिकै रहन्छ। यसैलाई दृष्टिगत गरी सरकारले आर्थिक ऐन ०८० को दफा १८ को उपदफा ४ मा पनि यस्तै व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार साउन १ बाट आयात हुने वस्तुमा लेबल अनिवार्य हुनुपर्छ। लेबल नगरी बजारमा बिक्री वितरणका लागि पठाइएको पाइए अनुगमन गर्ने अधिकारीले त्यस्ता मालवस्तु जफत गर्न सक्छन्। सोही सम्बन्धमा भन्सार विभागले गत असार २२ मा लेबल लगाउनेसम्बन्धी सूचनासमेत जारी गरिसकेको छ। त्यसपछि अध्ययनबिनै नीति ल्याइएको भन्दै व्यवसायीहरु आन्दोलितसमेत भए।

सो नीति अध्ययनबिनै आर्थिक ऐनमार्फत् ल्याएको भन्दै व्यवसायीले लेबलिङ कार्यान्वयनमा अटेरी गरिरहेका छन्। केही आयातकर्ताले लेबलिङ गरेका सामान आयात गरे पनि केहीले लेबलबिनै वस्तु ल्याइरहेका छन्। हिजोआज बजारमा आयातकर्ता र बिक्रेताको लेबल नराखी मालवस्तु खुलेआम बिक्रीका लागि राखिएको पाइन्छ।

यसर्थ आयातित वस्तुमा आयातकर्ता र बिक्रेताको लेबल राख्ने नीति अनिवार्य गरे पनि पूर्णरुपमा लागू गर्न नसक्नु सरकारको कमजोरी देखिएको छ। यो नीति अध्ययन नै नगरी ल्याइएको हुँदा कार्यान्वयन गर्न सम्भव नहुने आयातकर्ता संघ नेपालका अध्यक्ष बल्लभराज सिग्देलले बताए। साउनयता कार्यान्वायन नै नभएको उनको भनाइ छ। ठूला आयातकर्ताले यो नीति लागू गरे पनि साना व्यवसायीले नगरेको उनी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारको यस्तो नीतिले तस्करीबाट आयात गरिएका वस्तुमा पनि लेबल लगाएर बिक्री गर्ने प्रवृति बढ्ने उनको भनाइ छ। यस्तै व्यवसायीले लेबलिङ कार्यान्वयन नगर्ने खुला चुनौती दिइरहँदा सरकार भने मौन छ। भन्सार विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व र राजस्व विभागले अनुगमनसमेत गरेको छैन।

भन्सार विभागका सूचना अधिकारी पूण्य विक्रम खड्काले लेबल नलगाई आयात गरिएका वस्तुमा आयात कर्तालाई लेबल लगाउन भन्सार कार्यालयहरुले निर्देशन दिँदै आएको बताए। ‘भन्सारले सरकारले बनाइएको नीति कार्यान्वयन गर्ने काम गरिरहेको छ। लेबल नलगाई आएको वस्तुमा लेबल लगाउन निर्देश गरी भन्सारको छाप लगाइएर पठाउने गर्छ,’ खड्काले भने, ‘लेबल लगाएर आएको भए पनि लेबल लगाइएको भनेर छाप लगाएर पठाउँछ। बाँकी काम भन्सारको होइन। सरकारका अरु अनुगमन तथा नियामक निकाय पनि छन्।’

अनुगमनकारी निकाय वाणिज्य तथा उपभोक्ता संरक्षण विभागमा सरकारले विभागका महानिर्देशक र अनुगमन शाखा प्रमुखलाई नै सरुवा गरिदियो। अहिले नयाँ कर्मचारीलाई पदस्थापन त गरिसकेको छ। बजार अनुगमन पनि हुन थालिसकेको विभागले जनाएको छ। विभागका महानिर्देशक तिर्थराज चिलुवाललाई ‘बजारमा आयातकर्ता र बिक्रेताको लेबल गरिएको छ/छैन भन्नेबारे अनुगमन कसरी गर्नु हुन्छ?’ भनेर नेपाल लाइभले सोधेको प्रश्नमा अनुमगन हुने र लेबल नलगाएको वस्तु बजारमा बिक्रीका लागि राखिएको फेला परे आयातकर्ता र बिक्रेता दुवैलाई कारबाही हुने बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

‘उपभोक्ता संरक्षण ऐनमा समेटिएको नीति उलंघन गरी बजारमा व्यापार व्यवसाय गर्ने जो कोहीलाई पनि हामी कारबाहीको दायरामा ल्याउने छौं। लेबल नलगाई बिक्री गरेमा तथा म्याद गुज्रेका र रिलेबलिङ गरेर बिक्री गरेको पाएमा कानुन अनुसार कारबाही गर्नेछौं,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्