• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

क्यानडामा पहिलो पटक गुञ्जिँदै ‘नेपथ्य’

64x64
नेपाल लाइभ बुधबार, असोज ३, २०८०  १७:००
1140x725

काठमाडौं– नेपथ्यले पहिलोपटक क्यानडाको संगीतयात्रा गर्ने भएको छ। 

निर्धारित तालिकाअनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफुलाई क्यालगरी सहरको 'दी प्यालेस थिएटर' मा उभ्याउनेछ। त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुती भ्यानकुभर सहरको 'दी भोग थिएटर' मा हुनेछ।

यी दुवै सहर क्यानडाको पश्चिमी भेगमा पर्छन्। यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुनेछ। अक्टोबर ८ तारिख, आइतबारका दिन ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै बिख्यात कार्यक्रम स्थल ‘म्यासी हल’मा प्रस्तुत हुनेछ। 

सन् १८९४ मा खुलेको क्यानडाको म्यासी हल त्यसको सयवर्ष पुग्नैलाग्दा अर्थात् सन् १९८१मा मुलुककै ‘नेशनल हिस्टोरिक साइट’ (राष्ट्रिय ऐतिहासिक स्मारक) मा सूचीकृत भएको थियो। त्यहाँ विश्वविख्यात सांगीतिक समूहहरुले आफुलाई प्रस्तुत गरिसकेको इतिहास छ।

दुई महिनाअघि मात्र म्यासी हलले सामाजिक सञ्जाल मार्फत् नेपथ्य कन्सर्टको तालिका घोषणा गर्दा क्यानाडामै बसोबास गर्दैआएकी लेखिका मन्जुश्री थापाले सामाजिक संजाल मार्फत खुशी प्रकट गरेकी थिइन्, ‘नेपथ्य आउने समाचारले केहि शितलता महशुस गराएको छ,’ उनले अगाडि थपेकी थिइन्, ‘माओवादी द्वन्द्वकालको चरम निराशाका क्षणमा आशाको सञ्चार गरेर लगाइदिएको गुनका निम्ति नेपथ्य सदैव प्रिय छ।’

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ। 

‘केही वर्षअघिसम्म पनि यहाँ नेपाली अनुहार मुश्किलले देखिन्थे,’ टोरन्टोका दिलिप पौडेल भन्छन्, ‘अहिले सार्वजनिक यातायात, कलेज, रेष्टुरेन्ट र बाटाघाटामा पनि नेपाली बोलिरहेका मानिस देखिनु सामान्यजस्तै बन्दैगएको छ।’

बढ्दो जनसंख्यासंगै यहाँका नेपाली संघसंस्थाहरुले आयोजना गर्ने विभिन्न खाले सांगीतिक कार्यक्रमहरुको संख्या पनि नियमित बन्दै गएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘यहाँको नेपाली समुदायले म्यासी हल जस्तो सम्मानित कार्यक्रम स्थलमा नेपाली कलाकारलाई प्रस्तुत गर्न लागेको सम्भवत यो नै पहिलोपटक हो,’ अर्का क्यानाडावासी रविन थपलिया भन्छन्।

सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतीहरुलाई ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रबर्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार अनुरुप यसपालीको नेपथ्य क्यानाडा शृंखला पनि त्यही नारा अन्तर्गत अगाडि बढ्नेछ।

‘क्यानाडामा हुने प्राय नेपाली कार्यक्रमहरु अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ,’ व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपाली कलाकारहरुले क्यानाडाको मात्र यात्रा गरेको घटना विरलै हुने गरेकोमा यसपाली त्यो संभावनाको ढोका पनि उघार्ने अठोट लिएका छौं।’ 

नेपाली विद्यार्थीहरुको रोजाइमा पर्ने प्रमुख गन्तब्य मध्येको क्यानाडामा नेपाली जनसंख्या वृद्धि भएसँगै त्यतातिर हाम्रो कलाको बजार पनि विस्तार हुने संभावना देखिन थालेको श्रेष्ठ थप्छन्। 

Xtrem

Xtrem

नेपालयले उचित व्यवस्थापन मार्फत नेपथ्यको प्रस्तुतीमा एकरुपता ल्याउनका लागि नेपालमा र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राबिधिकहरुलाई यात्रा टोलीमा सम्मिलित गर्दै आएको छ। सोही अनुरुप, अघिल्लो महिनाको श्रृंखलावद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवं व्यवस्थापक र ६ संगीतकर्मी सहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेस हुनेछन्। 

‘हाम्रो लागि क्यानाडा नयाँ गन्तब्य भएता पनि त्यहाँ बसोबास गर्ने नेपालीहरुले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘दशैँको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौं।’

क्यानाडामा रहेका शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् दिइरहेको सन्देश आफुलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए।

‘कतिपय प्रसंशकहरुले समुह बनाउँदै अर्कै सहरदेखिको लामो दुरी तय गरेर पायक पर्ने सहरमा कन्सर्ट हेर्न आउने जानकारी दिइरहनुभएको छ,’ अमृत भन्छन्, ‘यो मायाका लागि म र मेरो टिम आभारी छौँ।’

क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

क्यानाडाका तीनवटै सहरहरुमा नेपथ्य कन्सर्टका निम्ति स्थानीय समय अनुसार बेलुकीको पाँच बजे प्रवेश खुला गरिनेछ भने ठीक सात बजे कन्सर्ट सुरु हुनेछ। आनलाइनबाट टिकटको बिक्री व्यवस्थापन भैरहेको यात्राका सबै कन्सर्टहरुमा विद्यार्थी समुहको निम्ति विशेष छुटको व्यवस्था पनि गरिएको छ। 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनालाई तीव्रता दिन सरकारलाई रास्वपाको आग्रह सोमबार, असोज १२, २०८३
लगातार वर्षापछि नारायणगढ–मुग्लिनसहित देशभरका दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित सोमबार, असोज १२, २०८३
म्याग्दीमा पहिरोका कारण ६ जनाको मृत्यु, ३ जना बेपत्ता सोमबार, असोज १२, २०८३
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्