काठमाडौं– हिल्स होम थिएटरले असोज ५ गते काठमाडौंस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ।
‘हाम्रो कला हाम्रो संस्कृति–२०८०’ नाम रहेको कार्यक्रममा करिब एक दर्जन चर्चित गायक कलाकारको प्रस्तुति रहनेछ।
कार्यक्रममा गायक कलाकारहरू प्रकाश सपूत, सत्यराज आचार्य, स्वरुपराज आचार्य, माण्डपी त्रिपाठी, मदनकृष्ण श्रेष्ठ, राधिका हमाल, जितु नेपाल ‘मुन्द्रे’, मनोज गजुरेल, प्रभाकर देव शर्मालगायत कलाकारको प्रस्तुति रहनेछ।
गायन, सांस्कृतिक नृत्य, प्रहसन, कमेडी कार्याक्रममा भाषा, कला, संस्कृति क्षेत्रमा योगदान दिएका एक दर्जन पुराना कलाकारलाई सम्मान पनि गर्ने भएको छ।
राष्ट्रिय नाचघरका वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक प्रभाकर देव शर्माका अनुसार ५ गते साँझ ५ बजे उक्त कार्यक्रम हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।