काठमाडौं– र्यापर साकारले पोखरामा सोलो कन्सर्ट गरेका छन्। ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाएका थिए।
लेकसाइडस्थित क्लब सिक्सटिनमा आयोजित कन्सर्टमा साकारले हाउसफूल दर्शकमाझ आफूलाई प्रस्तुत गरेका हुन्।
कन्सर्टको सुरुवात कारे महर्जन र डीजे एल्भिसले ‘किङ अफ नेपहप’ बाट गरेका थिए। कन्सर्टमा करिब ७ सय दर्शक सहभागी थिए।
उनले ‘गाजा मेन’, ‘कब्जा’, ‘१००’, ‘नेप्लिज स्टाइल’, ‘मेक द्याट मनी’ र उनको पछिल्लो एलबम ‘इकेस्टेसी इन द प्यालेस’का गीत सुनाएका थिए।
साकारको सांगीतिक टुरको व्यवस्थापन पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले गरेको हो। पोखरा कन्सर्टको संयोजन स्टिभ देवनले गरेका हुन्।
स्टिभनका अनुसार साकारले पूर्वको इटहरी र बिर्तामोडबाट नेपाल टुर सुरु गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।