काठमाडौं– नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ। दसैंलाई असवर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम...’बोलको गीत सार्वजनिक गरिएको हो।
निर्माण टिमले बुधवार बिहान सार्वजनिक गरेको यो गीतले परदेशीकै कथा भनेको छ।
गीतलाई सतिश चापागाईँले लेखेका हुन्। चलचित्रका अभिनेतासमेत रहेका प्रशान्त तामाङले यसमा स्वर दिएका छन्। बि.बि अनुरागीको संगीत र एरेन्ज रहेको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका हुन्।
भिडिओमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दीलिप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ।
फिल्ममा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु लगायतको अभिनय छ।
मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्धन्द्ध, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।