काठमाडौं- पोखरीमा डुबेर सप्तरीका आठ वर्षीय बालकको मृत्यु भएको छ। कोशी गाउँपालिका- ५ निवासी बिन्देश्वर यादवका ८ वर्षीय छोरा आशीषको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजबिराज नगरपालिका–९ मलेठमा आफन्तको घर गएको बेला बालक नुहाउने क्रममा पोखरीमा डुबेका हुन्।
पोखरीबाट निकालेर बालकलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।