• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधानका ८ वर्ष : संविधानभन्दा सत्ता रक्षामा दलहरूको ध्यान

64x64
किशोर दहाल बुधबार, असोज ३, २०८०  ०६:५५
1140x725

काठमाडौं– गत असार २१ गते कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गरे। त्यसका लागि उनलाई सभामुख बाबुराम गौतमले पनि हस्ताक्षरयुक्त समर्थन दिएका थिए। सभामुखसहित ४७ सांसदको समर्थनमा दाबी पेस गरेका उनी त्यसै दिन मुख्यमन्त्री नियुक्त भए। थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन ११ मा सो सरकार गठन प्रक्रियालाई असंवैधानिक ठहर गरिदियो।

थापा सरकार ढलेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भयो। आवश्यक न्यूनतम सांसद संख्याको जोहो गर्न सभामुख गौतमले पदबाट राजीनामा दिए। पुनः थापाले मुख्यमन्त्रीमा दाबी पेस गरे। नियुक्त पनि भए। उनले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदै थिए। तर सभामुखले राजीनामा दिइसकेको र उपसभामुख ‘बिरामी भएर’ काठमाडौं प्रस्थान गरेपछि सभाको अध्यक्षता गर्ने जिम्मेवारी कांग्रेस सांसद इस्राइली मन्सुरीले पाए। उनले पनि मत दिएर थापाको पक्षमा बहुमत पुर्‍याइदिए।

पुनः सर्वोच्चमा रिट पर्‍यो। भदौ २१ गते सर्वोच्चले मुख्यमन्त्री थापाले विश्वासको मत नपाएको ठहर गर्दै धारा १६८ (३) अनुसारको सरकार गठनका लागि परमादेश जारी गर्‍यो। अहिले त्यहाँ एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री छन्।

कोशी प्रदेश सभामा आफू अनुकूल समीकरण नहुँदानहुँदै पनि कांग्रेस र माओवादी केन्द्र लगायतका दल सम्मिलित गठबन्धनले बलमिच्याइँ गर्दै थापालाई मुख्यमन्त्री बनाउन र टिकाउन जोड गरेको थियो। कतिसम्म भने, असार २१ गते दिउँसो काठमाडौंमा बसेको गठबन्धनको केन्द्रीय बैठकले सभामुखलाई समेत प्रयोग गरेर मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने निर्णय लिएको थियो। सत्ता स्वार्थका अगाडि सभामुख निष्पक्ष हुनुपर्ने संवैधानिक अपेक्षालाई उनीहरूले बेवास्ता गरिदिएका थिए।

संविधानमाथि प्रमुख दलहरूबाट भएको बलमिच्याइँको एउटा सन्दर्भ हो– कोशी प्रदेशमा थापा सरकार गठन र विघटनको प्रसंग। उल्लेखनीय पक्ष चाहिँ के छ भने, यसका निम्ति तिनै दलहरू अग्रसर भएका थिए, जसले एकाध वर्षअघि संविधानको रक्षाका निम्ति भन्दै गठबन्धन निर्माण गरेका थिए। र, यदाकदा आफूहरूको गठबन्धन संविधान रक्षाकै निम्ति निरन्तर रहेको बताउँछन्। तर उनीहरूको व्यवहारले त्यसको संकेत गर्दैन। बरु संविधानको मर्मको पालना गर्नेभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न बढी सक्रिय भएको देखिन्छ। प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव, राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयकको प्रमाणीकरण, रेशम चौधरीको रिहाइ, केही नेपाल ऐन संशोधन जस्ता पछिल्लो समय चर्चामा रहेका कतिपय घटनाहरूलाई संविधानविद्हरूले संविधानको मर्म विपरीत भएको भन्दै आलोचना गरिरहेका छन्।

संविधानमाथि बलमिच्याइँ गर्ने सवालमा अहिले प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि कम छैन। सोही पार्टीबाट प्रधानमन्त्री भएका केपी शर्मा ओलीले आफ्नो कार्यकालमा दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए। दलभित्र आफू संकटमा परेको झोकमा उनले प्रतिनिधि सभामा प्रहार गरेका थिए। २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएको थियो। त्यसपछि पनि प्रतिनिधि सभाप्रति कटाक्ष व्यक्त गरिरहेका उनले दोस्रो पटक २०७८ जेठ ७ गते राति पुनः विघटन गरेका थिए। दोस्रो पटक पनि उनको प्रयास असफल भएको थियो।

संविधानविद् विपिन अधिकारी पहिलो पटक प्रतिनिधि सभा विघटन भएदेखि नै शासकीय स्थिरता अवरुद्ध हुन थालेको बताउँछन्। ‘प्रतिनिधि सभा विघटनको जुन पहिलो प्रयास भयो। त्यो दिनदेखि हामीमाझ रहेको जुन शासकीय स्थिरता थियो। त्यो क्रमशः अवरुद्ध हुँदै गयो,’ नेपाल लाइभसँग कुरा गर्दै उनी भन्छन्, ‘अब यी ‘राजनीतिक निर्णयहरू’ संवैधानिकता र कानुनी हो कि होइन भन्ने विवाद पनि व्यापक रुपमा बढ्न लागे।’

हुन पनि, पछिल्ला वर्षहरूमा राजनीतिक निर्णयको न्यायिक परीक्षणले तीव्रता पाउन थालेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरूले संविधान निर्माणको नेतृत्व गरेका थिए। अन्तिम समयमा उनीहरूको एकता र दृढ प्रतिबद्धताले नै संविधान घोषणा सम्भव भएको थियो। माओवादी केन्द्रले त पछिल्लो संविधान सभाको जननी नै आफूलाई मान्ने गर्छ। त्यसैले उल्लेखित दलहरूबाट संविधान अनुकूल आचरणको अपेक्षा गरिन्छ। तर, उनीहरूकै एकपछि अर्को गतिविधिले संविधानमाथि नै संकट सिर्जना हुने हो कि भन्ने आशंका व्यक्त गर्न थालिएको छ।

परिस्थिति यस्तो बनेको छ– एक अर्काले गर्ने असंवैधानिक कदमको विरोध गर्ने नैतिक बल सबै जसो प्रमुख दलहरूले गुमाइसकेका छन्। किनकि, संविधान जारी भएको आठ वर्ष पुग्दै गर्दा उनीहरू सबै असंवैधानिक गतिविधिमा संलग्न भइसकेका छन्। खासगरी सत्तामा रहँदा उनीहरूले संविधानमाथि बलमिच्याइँ गर्ने गरेका छन्।

दलहरूले सत्ता स्वार्थलाई केन्द्रमा राखेर संविधानमाथि बलमिच्याइँ गर्ने गरेको भन्ने आरोपमा सत्यता रहेको राजनीतिक विश्लेषक डा उद्धव प्याकुरेल बताउँछन्। ‘तर यो नौलो कुराचाहिँ होइन। सत्तामा हुँदा संविधानमाथि धावा बोल्नु नौलो होइन। किनकि, सत्तामा हुँदा म नै संविधान हुँ भन्ने लाग्छ,’ उनले भने, ‘नागरिक चेतनाले सिर्जना गर्ने दबाबबाट त्यस्ता कदमलाई सच्याउँदै जाने हो।’

यही समयमा दलहरूले संविधानलाई आफ्नो अनुकूल व्याख्या गर्दै सत्ताको खेललाई जति तीव्रता दिएका छन्, सोही अनुसार नागरिकको हक स्थापित गर्ने सवाललाई भने बेवास्ता गर्दै आएका छन्। परिणामतः नागरिकका कैयौँ आकांक्षा मात्रै होइन, संविधानले नै सुरक्षित गरेका मौलिक हक पूरा गर्न पनि दलहरू उदासिन भएको देखिन्छ। जसका कारण त्यससँग सम्बन्धित कैयौँ कानुन बनेका छैनन्। अर्कोतिर संविधानले सम्पूर्ण राजनीतिकरसंस्थागत आधारहरू तयार गरिसक्दा समेत दलहरूले नागरिकसँग गरेका वाचाहरू पूरा गर्न सकेका छैनन्। परिणामतः नागरिकमा असन्तुष्टि बढ्दो छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कानुनमन्त्री धनराज गुरुङ जनताको चाहना संविधान मात्र नभइ समृद्धि पनि भएको बताउँछन्। ‘जनताको चाहनामा समुन्नति र समृद्धि जोडिएको छ। मुलुकलाई संविधानले परिकल्पना गरेअनुरुप जनताको जीवनमा समृद्धि ल्याउनका लागि काम गर्नुपर्छ’, उनको भनाइ छ, ‘खाली हातमा संविधान दिएर मात्र पुग्दैन। एउटा हातमा संविधान र अर्को हातमा समृद्धिका साथै समुन्नति हुनुपर्छ भन्ने मलाई लाग्छ।’ 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ०६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह “हामी ‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधि प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेका छौँ । कार्यक्रमम... शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु आफू कमजोर भएर अप्ठ्यारोमा परेका बेला साथ दिनेहरूप्रति थापाले आभार व्यक्त गरे। शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मत... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्