सुर्खेत– प्रधानमन्त्री सुशीला कार्कीले मुगुको रारा तालको भ्रमण गरेकी छिन् ।
बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत रारा पुगेकी कार्कीले तालको अवलोकन गरिन् ।
साथै, सुरक्षा निकायसँग छलफल गर्दै जुम्ला फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।
रारा पुगेर कार्कीले भनिन्- ‘कर्णालीको विकट भौगोलिक अवस्था र सीमित स्रोत साधनका बाबजुद निर्वाचन सफल पार्न भूमिका खेल्ने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ।’
प्रधानमन्त्री कार्की आज जुम्लामै बास बस्नेछिन् । उनको औपचारिक कार्यक्रम भने कुनै नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।
जुम्लामा कार्कीले चन्दननाथ मन्दीर दर्शन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि उनी पोखरा, मुक्तिनाथ पनि पुगेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।