काठमाडौँ– रास्वपाका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधनसम्बन्धी रिटको सुनुवाइ पूर्ण भएको छ। मुद्दा महान्यायाधिवक्ता विरुद्ध दर्ता भएको थियो।
न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुरु भएको बहस मंगलबार समाप्त भएको हो। अन्तिम दिन रवि लामिछानेकातर्फको बहस सम्पन्न भयो भने रिट निवेदकहरूले जवाफी बहस प्रस्तुत गरेका थिए।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमणकुमार श्रेष्ठ, तथा अधिवक्ताहरू दीपेन्द्र झा र नारायणदत्त कँडेलले बहस गरेका थिए। उनीहरूले अभियोजन जबरजस्ती गरिएको र महान्यायाधिवक्ताले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार अभियोग पत्र संशोधन गरेको तर्क प्रस्तुत गरेका थिए।
सबै पक्षको बहस पूरा भएपछिको प्रक्रिया अनुसार न्यायाधीशहरू हाल आदेश लेख्ने तयारीमा जुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।