खोटाङ– खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ ।
केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।
कम्पनीका प्रतिनिधि बालकृष्ण पण्डितका अनुसार हेलिकोप्टरमा ५ जना यात्रु सवार रहेका थिए ।हेलिकोप्टरमा सवार पाँचै जना यात्रु नेपाली रहेका छन् ।
दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।