• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मुख्यमन्त्रीको एउटै बोली – संघीय सरकारले पर्याप्त अधिकार दिएन

64x64
नेपाल लाइभ बिहीबार, भदौ २१, २०७५  १४:२३
1140x725

पोखरा– देशका ६ प्रदेशका मुख्यन्त्रीहरु गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार भेला भएर प्रदेश र यसका अधिकारबारे छलफल गरेका छन्। भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने अन्तर प्रदेश परिषद्को बैठकमा राख्ने सामूहिक एजेन्डाका लागि मुख्यमन्त्रीहरु एक ठाउँमा जम्मा भएका हुन्।

प्रदेश र केन्द्र सरकारबीच असमझदारी बढेको र त्यसलाई समाधान गर्न भेला आयोजना गरिएको गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। बैठकमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने तालिका भएपनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने स्वास्थ्य समस्याका कारण सहभागी भएनन्।

भेलामा सहभागी प्रायः मुख्यमन्त्रीले संघीय सरकारले प्रयाप्त अधिकार नदिएको गुनासो गरे। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारी व्यस्थापन, प्रदेश प्रहरी, लोकसेवा आदि विषयमा केन्द्र सरकारले छिट्टै समाधानको बाटो देखाउनुपर्ने धारणा राखे।

उनले संघीयता लागू भइसके पनि संघले नै विभिन्न व्यवस्थाको कार्यान्वयन गर्न ढिलासुस्ती गरिरहेको आरोप लगाए। ‘अधिकार संघलाई छ। उसैले ढिलाई गरिरहेको छ,’ उनले भने। प्रदेश सरकारप्रति मुलुक र जनताको धेरै अपेक्षा रहने हुनाले प्रदेश सरकारसँगै जनता नजिक हुने उनले दावीसमेत गरे।

मुख्यमन्त्री गुरुङले प्रदेश सुरक्षाको जिम्मा पनि प्रदेश सरकार मातहत नै ल्याइनुपर्ने माग गरे। ‘शान्ति सुरक्षाको जिम्मा प्रदेशमा आउनुपर्छ, सिडिओको कमान्ड मान्दैनौं, यो व्यवस्था तत्काल हटाइनुपर्छ।,’ उनले भने।

प्रदेश १ का मुख्यमन्त्री शेरधर राईले स्थानीय तहदेखि सबै सरकारका काम कारबाहीमाथि आलोचना बढी राखेको बताए। केन्द्र सरकार र प्रदेश सरकारबीच दुरी बढेकाले यो समस्या आएको उनको भनाइ थियो। उनले प्रदेश सरकारलाई दिनसकिने अधिकारसमेत नदिएको आरोप लगाए।

‘हस्तान्तरण हुनुपर्ने अधिकार दिन कन्जुस्याइँ भइराखेको छ। कतिपय आवश्यक कानुनसमेत बनेका छैनन्। थुप्रै कानुन संघले नबनाइकन प्रदेशले कनाउन सक्ने अवस्था छैन,’ राइले भने। उनले संघीयता नचाहनेहरुले अहिले तीनै तहको सरकारको विरोध गरिरहेको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘घरघरमा सिंहदरबार’ भने पनि अझै पूरा नभएको स्वीकारे। संघीयता संस्थागत नभई सरकार सफल नहुने उनको भनाइ थियो।

उनले बाहिर हल्ला भएको करको अनुपातमा कर नबढेको प्रस्ट्याए। ‘करका विषयमा जुन हल्ला भइराखेको छ। त्यो अनुपातमा कर बढेको छैन,’ उनले भने। सिंगो सरकार नै बदनाम हुने गरी करबारे हल्ला फिँजाइएको पौडेलले आरोप लगाए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नचाहँदा–नचाहँदै जन्मिएको बच्चाजस्तो भएको टिप्पणी गरे। ‘प्रदेश नचाहेको बच्चाजस्तो भएको छ। बावुआमाबाट पाउने माया, प्रेम पाएको छैन,’ उनले कटाक्ष गरे। देशमा परिवर्तन आएसँगै व्यवस्था र पात्र बदलिए पनि प्रवृति नबदलिएको राउतको भनाइ थियो।

 प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारहरु एक अर्काका प्रतिस्पर्धी नभएको बताए। उनले भने, ‘बरु यसको महत्व बुझ्न नसक्दा संविधान कार्यान्वयनमा बिलम्ब भइराखेको छ।’ केन्द्रीय सरकारले प्रहरी लगायत प्रशासनिक अधिकार भन्दा पनि दायित्वमा ध्यान दिन नसकेको उनको भनाइ थियो।

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयता, संविधान र प्रशासनलाई बुझेर कार्यान्वयन गर्ने कुरामै समस्या भएको विचार राखे। ‘कर बढ्यो भने संघीयता, कर्मचारी नभए पनि संघीयता, जहाँ जे भए पनि संघीयतालाई नै कारण देखाउने हाम्रो तरिका छ। यसरी तल्लो निकायदेखि माथिल्लो तहसम्म संघीयता बारे गलत बुझाइ छ,’ उनले भने। जनताको अभिभावक प्रदेश सरकार र प्रदेश सरकारको अभिभावक केन्द्र सरकार रहेको उनले दावी गरे।

विभिन्न साना तथा ठूला आयोजनाका विषयमा केन्द्र तथा प्रदेश सरकार दुबै प्रष्ट हुन जरुरी रहेको पनि मुख्यमन्त्री भट्टले औंल्याए। उनले ठूला आयोजना केन्द्र, मझौला प्रदेश र साना आयोजना स्थानीय तहमा दिन माग गरे।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
बैंकिङ कसुर मुद्दामा फरार कन्दङवा काठमाडाैंबाट पक्राउ बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्