• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सडक दुर्घटना न्यूनीकरण गर्न विश्व संजालले पठायो विश्व नेताहरुलाई खुला पत्र

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०८०  ११:०५
1140x725

काठमाडौं– संयुक्त राष्ट्रसंघको  ७८ औं  महासभामा सहभागी हुन न्यूयोर्कमा भेला भइरहेका राष्ट्रप्रमुखहरूलाई सम्बोधन गर्दै सडक सुरक्षाका लागी गैरसरकारी संस्थाहरूको विश्व संजाल (ग्लोबल एलायन्स अफ रोड सेफ्टी एनजिओज) ले एक खुला पत्र पठाएको छ।

उक्त पत्रमा राष्ट्रसंघ सदस्य राष्ट्रहरुका नेतृत्वलाई  सडक दुर्घटना न्यूनीकरणलाई महासभामा उच्च प्राथमिकताका साथ उठाउन अनुरोध गरेको छ।  साथै,  यसअघि सन् २०२२ जुन/जुलाइमा संयुक्त राष्ट्रसंघको सडक सुरक्षा विषयमा पहिलो उच्चस्तरीय बैठकले अनुमोदन गरेका राजनैतिक घोषणापत्रमा उल्लेख भएको #RethinkMobility वा समग्र यातायात प्रणालीमा पुनर्विचार गर्ने प्रतिबद्धताको उपेक्षा भएको प्रति दुःख व्यक्त गरेको छ । 

पत्रमा यदि सदस्य राष्ट्रहरूले उनीहरुको मुलुकमा सवारी आवागमन र यातायात प्रणालीबारे पुनर्विचार गर्नेहो भने एसडीजी ३.६ र एसडीजी ११.२ लगायत अन्य धेरै दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पुग्ने कुरा दोहोर्‍याइएको छ।

तत्काल विश्वका सडकहरूमा भइरहेको मृत्यु र अपांगताको श्रृंखलालाई  स्वीकार गर्नै नसकिने भन्दै ५ देखि २९ वर्षका जनसंख्याको मृत्यु र अपांगताको यस प्रमुख कारणबाट परिवार, समाज र राष्ट्रमा आइपर्ने विपत्तिका लागी सम्वेदनशील हुन पनि आह्वान गरिएको छ। 

सडक दुर्घटना र तिनका परिणामलाई  कसरी कम गर्ने भन्ने कुरा तथ्य-प्रमाणले बताइसकेको र विश्व स्वास्थ्य संगठन लगायत विश्वव्यापी सडक सुरक्षासम्बन्धी निकायले विभिन्न कार्य योजना, लक्ष्य र मार्गनिर्देशक दस्तावेज र सूचनाहरू प्रवाह गरी आर्थिक र प्राविधिक सहायता प्रवर्द्धन गरेको भए पनि राजनीतिक प्रतिबद्धताको कमीले तिनको सदुपयोग हुन नसकेकोमा पनि उक्त पत्रमा चिन्ता व्यक्त गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बस्तीहरू भएर जाने सडकहरूमा सवारी साधानको गति नियन्त्रण गर्ने, बालबालिका र पैदलयात्रीको चाप बढी हुने सडकहरूमा ३० किलिमिटर प्रतिघण्टा गति सीमित गर्ने, फुटपाथको अवस्थामा सुधार जस्ता सडक दुर्घटना न्यूनीकरणका लागी गरिएका प्रयासले शहरी विकास, दिगो विकास, वायुको गुणस्तरमा सुधार र ध्वनि प्रदुषणमा कमी आउने र यसबाट मानिसको जीवनशैलीमा बृहत्तर र गुणात्मक सुधार हुने तथा अस्वस्थ्यकर जीवनशैलीका कारण हुने नसर्ने रोगहरू कम गर्न मद्दत पुग्ने पनि खुला पत्रमा उल्लेख  छ। 

उक्त पत्रमा नेतृत्वले प्रतिबद्धता सुनिश्चत गर्न आर्थिक स्रोत व्यवस्थापन वा बजेट विनियोजन गरेर सडक सुरक्षाका लागि पूर्ण उत्तरदायी निकायलाइ निर्देशन गर्न अनुरोध गरिएको छ।

संयुक्त राष्ट्रसंघको महासभा
संयुक्त राष्ट्रसंघको  ७८औं  महासभामा नियमित प्लेनरी बैठकहरूका अतिरिक्त उच्चस्तरीय बैठकहरूको पनि योजना छ। सेप्टेम्बर १८ र १९ (असोज १ र २ ) मा दिगो विकास लक्ष्यसम्बन्धी उच्चस्तरीय राजनीतिक मंचको बैठक भैरहेको छ भने सेप्टेम्बर २१ (असोज ४ गते) स्वास्थ्यमा सर्वव्यापी पहुँच (युनिभर्सल हेल्थ कभरेज) विषयमा उच्चस्तरीय बैठक हुनेछ। यी दुबै विषयहरू क्रमशः सडक दुर्घटना रोकथाम र दुर्घटना-पश्चात घाइतेको स्वास्थ्य उपचारसँग प्रत्यक्ष सम्बन्धित छन्। दिगो विकास लक्ष्यको सूचक ३.६ ले सदस्य राष्ट्रहरुलाई  सन् २०३० सम्ममा सडक दुर्घटनामा मृत्यु र गंभीर घाइते हुनेको संख्यालाई आधा घटाउने लक्ष्य दिएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो अनुमानअनुसार सन् २०१९ मा नेपालमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या झन्डै ४,००० देखि ५,३६७  को बीचमा रहेको जनाएको छ। 

Xtrem
Xtrem

त्यसैगरी दिगो विकास लक्ष्यको सूचक ११.२ ले सन् २०३० सम्म जोखिममा रहेका सडक प्रयोगकर्ताहरू, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र वृद्ध व्यक्तिहरूको आवश्यकतालाई विशेष ध्यान दिएर, सबैका लागि सुरक्षित, किफायती, पहुँचयोग्य र दिगो यातायात प्रणालीमा पहुँच प्रदान गर्ने, सडक सुरक्षामा सुधार गर्दै विशेष गरी सार्वजनिक यातायातको विस्तार गर्नुपर्ने अर्को लक्ष्य पनि दिएको छ। यसै लक्ष्यले पैदलयात्रीका लागी सुरक्षित फुटपाथहरू, साइकलयात्रीहरूको सुरक्षा र मोटरसाइकल चालक र यात्रीको सुरक्षासँग पनि सम्बन्ध राख्दछ। 

सडक दुर्घटनापश्चातको उद्धार र प्राथमिक उपचार एवम् घाइतेलाई सुरक्षित अस्पताल पुर्‍याउने कार्यको सुनिश्चितताका लागि  स्वास्थ्य क्षेत्रको अग्रसरतामा केयर सेवाको विस्तार गरी घाइतेको जीवनरक्षाका लागि उपचारात्मक कार्यक्रमको विस्तार गर्न युनिभर्सल हेल्थ कभरेजले म्यान्डेट दिएको छ।

यस पटकको महासभामा सडक सुरक्षाका लागि  महत्त्वपूर्ण ३ वटा विषयमा छलफल हुने भएको छ। तर विगतको अनुभवअनुसार संयुक्त राष्ट्रसंघमा यी विषयमा नेपालको तर्फबाट फितलो प्रस्तुति रहने गरेको छ। विश्वका कतिपय अन्य देशहरूले पनि सडक सुरक्षालाई  महत्त्व नदिएकाले सडक सुरक्षाका लागि  कार्यको पहिलो दशक (२०११-२०२०) मा सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्या घटाउन संयुक्त राष्ट्रसंघले राखेको लक्ष्य प्राप्त हुन सकेको थिएन।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश
सम्बन्धित सामग्री
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले नेम्वाङ र राईलाई पक्राउ गर्न पुर्जी जारी गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध... शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको ह... शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार साँझ उक्त सडक खण्डमा झन्डै १०० मिटर भाग चर्किएको र २० मिटर सडक खण्ड भासिएपछि सवारी आवागमन रोकिएको हो । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको आदेश शुक्रबार, असोज २३, २०८३
जसपा नेपालका केन्द्रीय सदस्य यादवले दिए राजीनामा शुक्रबार, असोज २३, २०८३
परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको छ शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्