• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बलात्कार र हत्या : राहत रकमले झस्काउँछ पीडित परिवार

64x64
नेपाल लाइभ बिहीबार, भदौ २१, २०७५  १३:२९
1140x725

धनगढी- बलात्कारपछि हत्या भएका पीडितका आफन्तले संघ, प्रदेश तथा स्थानीय सरकारले घोषणा गरेको राहत रकमप्रति आशंका व्यक्त गरेका छन्। सरकारले पैसा दिएर दोषीलाई उन्मुक्ती त गर्ने हो की भन्ने आशंकाले आफन्तहरुले घोषणा गरिएको राहत रकम लिन हिच्किच्याएको बताएका छन्।

कैलालीको गैरीगंगा नगरपालिका वडा नं. ११ कि २१ वर्षिया माया विकको असार १२ गते वलात्कार पछि हत्या भएको थियो। हत्या भएको केही दिनमै नगरपालिकाले पीडितका आफन्तलाई एक लाख रकम दिने घोषणा गरेको मायाका ठुल बुवा खडक विकले बताए। ‘नगरपालिकाले रकम उपलब्ध गराउने घोषणा गर्यो तर, लिन मन लागेको छैन्’ ठुलबुवा खडकले भने ‘कतै पैसा दिएर दोषीलाई उन्मुक्ती त गराईने हो की भन्ने मनमा शंका लाग्छ।’ उनले दोषीलाई आजीवन काराबास नभएसम्म घोषणा गरिएको रकम लिन मन नभएको बताए।

माया विकको हत्यामा संलग्न रहेका गौरीगंगा वडा नम्बर ११, शिवपुरका ३० वर्षीय गणेश बडुवाल, २७ वर्षीय मनोज बोगटी, २० वर्षीय भूवन खाती, १९ वर्षका तपेन्द्र बोगटी र सोही नगरपालिका एैठाका २१ वर्षका सुरज चौधरी अहिले पुर्पक्षका लागि कैलाली कारागारमा पुगे। ठुल बुवा खडकले भने ‘दोषीहरुलाई सासभित्र लास बाहिर होस्।’

मायाका बुवा हर्क विकले भने ‘सरकारले क्षतिपुर्ति दिने घोषणा गरेको छ राम्रो हो तर, पहिले दोषीहरुलाई आजीवन काराबास गर्नुपर्छ।’ उनले दोषीहरुलाई फा“सीको सजाय दिनुपर्ने पनि माग गरे। माया विकको परिवारलाई प्रदेश ७ सरकारले भदौ ११ गतेको मन्त्री परिषदको बैठकले पा“च लाख उपलब्ध गराउने निर्णय गरेको थियो।

यस्तै बैठकले साउन १० गते भिमदत्त नगरपालिका वडा नं. २ वस्ने १३ वर्षिया वालिकालाई वलात्कार पछि हत्या गरिएको र भदौ ८ गते भिमदत्त नगरपालिका वडा नं. १८ वस्ने १४ वर्षिय सन्नी खुनाको आन्दोलनका क्रममा मृत्यु भएकोले आफन्तलाई पाँच लाख दिने निर्णय गरेको थियो।

माया विकका परिवारलाई भने संघीय सरकारले अहिलेसम्म क्षर्तिपुर्ति उपलब्ध गराउने भन्ने बारे घोषणा गर्न सकेको छैन।

निर्मलाकी बुबा यज्ञराज पन्तले भने ‘हामीलाई अहिले क्षतिपुर्ति भन्दा पनि वास्तविक दोषी पत्ता लगाई कारबाही गर्न जरुरी छ।’ उनले छोरीको बलात्कारपछि हत्या गर्ने दोषीलाई कानुनी कारबाही दायरामा ल्याएको हेर्ने रहर रहेको बताईन्। ‘छोरीको हत्या गर्नेलाई पहिचान गरि आजीवन काराबास या फा“सीको सजाय दिनुपर्छ’ उनले भनिन्।

कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको भएपनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन्। कञ्चनपुर प्रहरी प्रमुख कुवेर कडायतले निर्मला पन्तको हत्याबारे प्रहरीले अनुसन्धान जारी राखेको बताए। ‘हामीले घटनामा संलग्न धेरै व्यक्तीमाथि शंका गरेका छौं’ उनले भने ‘तर, प्रमाण नहुँदा समस्या भएको छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै सनी खुनाका आफन्तले पनि राहत रकम भन्दा पनि सनीलाई गोली लागेको स्थानमा सालिक बनाउनुपर्ने र गोली चलाउने व्यक्तीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

विभेद भएको आरोप
संघीय सरकारले एकै प्रवृतिका घटनामा राहत रकम उपलब्ध गराउ“दा विभेद गरेको पीडितहरुले आरोप लगाएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त, कैलालीको गौरिगंगा नगरपालिकाकी माया विक र कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी कविता विष्टको बलात्कारपछि हत्या भएको थियो।

तर, संघीय सरकारले निर्मला पन्तका आफन्तलाई मात्र १० लाख रकम उपलब्ध गराउने घोषणा गरेको थियो।

विकका ठुलबुवा खडक विकले भने ‘एउटै प्रवृतिको घटना छ तर, सरकारले राहत उपलब्ध गराउनमा विभेद गरेको छ।’ उनले राहत पाउन पनि आन्दोलन गर्नुपर्ने होकी भन्ने प्रश्न गरे। मायाका परिवारलाई प्रदेश सरकारले पा“च लाख उपलब्ध गराउने निर्णय गरेको छ।

कञ्चनपुरकै कृष्णपुर नगरपालिका ८ की कविता विष्टको परिवारलाई केन्द्र र प्रदेश दुवै सरकारले अहिलेसम्म कुनै पनि राहत उपलब्ध गराएको छैन। स्थानीय सरकारले पनि त्यससम्बन्धी पहल गरेको छैन्।

विष्टको गएको असार ३२ गते लालझाडी गाउ“पालिका ५ को जंगलमा शव फेला परेको  थियो। असार २६ गतेदेखि हराइरहेकी विष्टको लालझाडी जंगलको आमखैया नजिकै बलात्कारपछि हत्या गरेको अवस्थामा शव भेटिएको थियो।  

सबैको बलात्कारपछि हत्या भएको छ। तर उस्तै प्रकृतिका घटनामा सरकारले दिने राहतमा भने विभेद गरिएको छ।

राहत र न्याय दिलाउने सवालमा राज्यले कुनै विभेद गर्न नहुने महिला अधिकारकर्मीहरुले बताएका छन्। उनीहरुले आन्दोलन र चर्का आवाज गरेकै आधारमा राहत पाइने रहेछ भन्ने परिपाटी भविष्यमा विकसित होला कि भन्ने आशंका व्यक्त गरिरहेका छन्।
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित दुई पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
काठमाडौंका २६ सय ८७ घरमा डोजर चलाउँदा १५ हजार बढी विस्थापित बिहीबार, वैशाख २४, २०८३
देव खनालको अर्धशतकीय पारीमा नेपाल ‘ए’ले दियो स्कटल्यान्डलाई २७८ रनको बलियो लक्ष्य बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्