काठमाडौं– प्रतिनिधि सभा अन्तर्गत रहेको उधोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नजिकिँदै गरेको चाडपर्व लक्षित सुपथ मूल्यका पसल खोल्न सरकारलाई निर्देशन दिएको छ।
आइतबार बसेको समितिको बैठकले नजिकिँदै गरेको दसैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गर्दै विभिन्न स्थानमा सुपथ मूल्यका पसल खोली सस्तो, सुलभ र गुणस्तरिय सामानहरु उपलब्ध गराउन निर्देशन दिएको हो।
दैनिक उपभोग्य वस्तु चिनी, चामल लगायतका खाद्य वस्तुको आपूर्ति व्यवस्थापन गर्नका लागि राष्ट्रिय उपभोक्ता मञ्चबाट प्राप्त निवेदनमाथि छलफल गर्दै सरकारलाई उक्त निर्देशन दिएको हो।
चाडवाडका अवसरमा बजारको माग अनुसारको परिणाममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मागअनुसार मूल्य अभिवृद्धि कर पूरै छुट र एक प्रतिशत मात्रै भन्सार महसुल लिने गरी व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ।
त्यस्तै उपभोग्य वस्तुमा भइरहेको मिसावट, कृतिम अभाव, कालोबजारी गैरकानुनी भण्डार, अस्वभाविक मूल्य वृद्धि नियन्त्रण गर्नका लागि उधोग मन्त्रालयलाई निर्देशन दिएको छ।
यसका साथै देशका विभिन्न स्थानमा अनुगमनलाई तीव्रता दिने र समितिका सभापति अब्दुल खानको नेतृत्वमा चार जना सांसदहरु र सचिवालयका कर्मचारीसहितको टोलीले अनुगमन गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
![377883541_856232059189697_5051373980992021848_n1694951861.jpg](https://nepallive.net/uploads/posts/377883541_856232059189697_5051373980992021848_n1694951861.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।