काठमाडौं– जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरिलाई सफाइ दिएको छ।
न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले गिरिको अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ पाउने फैसला सुनाएको हो। यसअघि उच्च अदालतले उक्त फैसला पुनर्विचार गर्न भनी जिल्लामै फर्काएको थियो।
दोस्रो पटक आएको उक्त मुद्दालाई जिल्लाले सफाइ दिएको हो। बुधबार जिल्ला अदालतले मागदाबी नपुग्ने भन्दै आरोप सफाइ दिएपछि सरकारी पक्षले उच्च अदालतका पुन: निवेदन दिने बताएको छ।
चतराधामका धार्मिक गुरू सिद्धबाबाविरूद्ध २०७९ असार १४ मा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सोही मुद्दाको सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी नपुग्ने र गिरीलाई आरोपबाट सफाइ दिने फैसला सुनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।