• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर ९, २०८३ Wed, Nov 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एयर एसियाले किन गर्‍यो काठमाडौं उडान बन्दको निर्णय?

64x64
नेपाल लाइभ बिहीबार, भदौ २१, २०७५  ०९:४७
1140x725

काठमाडौं– मलेसियन निजी एयर कम्पनी ‘एयर एसिया’ले ६ वर्षदेखि क्‌वालालम्पुर–काठमाडौं–क्‌वालालम्पुर गर्दै अाएकाे उडान बन्द गर्ने निर्णय गरेको छ।

एयरलाइन्सले यात्रु अभावको कारण देखाउँदै एक वर्ष उडान बन्द गर्नेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पत्राचार गरेको छ। बजेट एयरलाइन्सको रुपमा चर्चित एयर एसियाले सातामा ४ वटा उडान गर्दै आएको थियो।

तर, एयरलाइन्सले अक्टोबर १ अर्थात् असोज १५ गतेबाट उडान बन्द गर्न सूचना दिएको हो। एयरलाइन्सले भने जस्तै नेपालबाट मलेसियाको रोजगारीमा जाने कामदार बन्द भएसँगै यात्रु संख्यामा भने कमी आएको थियो। राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स र नेपालकै निजी हवाई कम्पनी हिमालय एयरलाइन्सले पनि उडान कटौती गरेका थिए।

तर, सबै एयरलाइन्सले उडान कटौती गरिरहेको बेला मलेसियाकै निजी हवाई सेवा प्रदायक मालिन्दो एयरलाइन्सले भने उडान बढाउँदै आक्रामक बजार विस्तार गरिरहेको छ।
 
यसरी सुरु भएको थियो एयर एसियामाथि संकट
नियमित उडान गरिरहेको एयर एसियाले लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई विमानस्थल विकास शुल्क तथा पर्यटन बोर्डलाई बुझाउनुपर्ने पर्यटन शुल्क बापतको रकम बुझाएको थिएन।

यो रकम एयरलाइन्सको टिकट खरिदमा यात्रुसँग नगद नै लिने गर्थ्यो। विमानस्थल कार्यालयको माथिल्लो तहका कर्मचारीको मिलोमतोमा लामो समयदेखि तिर्नुपर्ने रकम नै नतिरी उडान गरिरहेको थियो।

उडान सुचारु गरिरहेको अवस्थामा एयरलाइन्सले विमानस्थल कार्यालयलाई तिर्नुपर्ने रकम साँवा मात्रै २७ करोड रुपैयाँ पुगेको थियो। त्यसमा पनि विलम्ब शुल्क १३ करोड थप भइसकेको थियो। साँवा र विलम्ब शुल्कसहित एयर एसियाले विमानस्थल कार्यालयलाई झन्डै ४० करोड रुपैयाँ बुझाउनुपर्ने भइसकेको थियो। यो विषयमा मिडियामा आउन थाले।

एयर एसियाको नेपाल एजेन्ट हरिमान लामाले पटकपटक विमानस्थल कार्यालयलाई कहिले १५ दिन त कहिले एक महिनामा बाँकी बक्यौता रकम दाखिला गर्ने सहमति गरे। तर, रकम तिरेनन्। यसपछि कदम चालेका विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा एयर एसियाको कम्पनीलाई रकम नतिरे उडान बन्द गरिदिने चेतावनी सहितको पत्र काटे।

पत्र काटेलगत्तै एयरलाइन्सका प्रतिनिधि नेपाल आए। दुईपक्षीय छलफलमा एयरलाइन्स कम्पनीले मासिक ५ देखि साढे ५ करोड रुपैयाँका दरले रकम तिर्ने  लिखित सम्झौता गर्‍यो। तर, एयरलाइन्सका प्रतिनिधिले विलम्ब शुल्क भने छुट गरिदिनुपर्ने माग गरेका थिए। कम्पनीको प्रस्तावलाई विमानस्थल कार्यालयका प्रमुख क्षेत्रीले भने शुल्क छुट नहुने जवाफ दिए। त्यसपछि कम्पनीले अप्रिल, मे र जुन महिनामा गरी १६ करोड रुपैयाँ बक्यौता दाखिला गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, एयरलाइन्स कम्पनीले जुलाईको किस्ता तिर्न ढिलाइ गरेपछि विमानस्थल कार्यालयका प्रमुखले बेलाबेला कम्पनीको उडान कहिले ३० मिनेट त कहिले ४० मिनेट बन्द गरिदिएका थिए। उडानमा अवरोध गर्न थालेपछि एयरलाइन्स कम्पनीले जुलाई महिनाको बक्यौता चुक्ता गर्दै उडान बन्द गर्ने अनौपचारिक खबर दिएको थियो।

यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमा शोषण भएको भन्दै गत जेठ ३ गतेबाट रोजागारीमा जान प्रतिबन्ध लगाइदिए।मलेसिया जाने युवासँग विभिन्न नामको संस्था खडा गरी अवैध शुल्क संकलन गरिरहेका व्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गर्न थाल्यो। कामदारमाथि थप आर्थिक भार पार्ने भिएलएन, बायोमेट्रिक स्वास्थ्य परीक्षण संस्था, माइग्राम, आइएसी र ओएसी जस्ता अवैधानिक संस्था पनि बन्द भए।

जसका कारण मासिक १० हजारको हाराहारीमा मलेसिया जाने कामदारको संख्या ठप्प भयो। त्यसमा पनि एयर एसियाका लागि एजेन्टका रुपमा टिकट काट्ने भिएलएन नेपालका राम श्रेष्ठ पक्राउ परे। उनले लिँदै आएको जिम्मा पूरा हुन सकेन। श्रेष्ठ अदालतबाट धरौटीमा छुटे तर मलेसियाको रोजागारी बन्द भइसहेको थियो। श्रेष्ठले पहिलेको जस्तै फेरि एयर एसियालाई सहयोग गरेनन्।

उनले मालिन्दो एयरलाइन्सलाई सहयोग गर्न थाले। जसको प्रत्यक्ष असर एयर एसियाले भोग्नुपर्‍यो। एयर एसियाले मलेसियाबाट काठमाडौं आउँदा ८० देखि ९० प्रतिशत 'अकुपेन्सी'मा नै आइरहेको थियो। तर, काठमाडाैंबाट जाँदा भने ३ सय यात्रु क्षमताको जहाजमा ३० देखि ४० यात्रु लिएर गइरहेको थियो। जसका कारण अन्ततः एयरलाइन्सले १ वर्षका लागि नेपालबाट उडान बन्द गर्ने निर्णय गर्न बाध्य भयो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बक्यौता रकम के हुन्छ अब ?
एयरलाइन्स कम्पनीले अब साँवा बापतको ५ करोड र विलम्ब शुल्क १३ करोड रुपैयाँ विमानस्थल कार्यालयलाई बुझाउन बाँकी छ। एयरलाइन्सले उडान बन्द गरे पनि बक्यौता रकम तिर्नैपर्ने बताउँछन्, विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्री।

‘अबको एक-दुई दिनमै एयरलाइन्स कम्पनीले अगस्ट महिनाको किस्ता तिर्नेछ,' क्षेत्रीले भने, ‘बाँकी बक्यौता जहाज रोकेरै भए पनि संकलन गर्छु। जेट एयरलाइन्सले नेपाल उडान बन्द गर्नु राम्रो भने होइन। यसले नेपालको सकारात्मक सन्देश दिँदैन।'

नेपालले सन् २०२० लाई भिजिट नेपाल वर्षको रुपमा मनाउँदै गरेको अवस्थामा आफूहरु कसरी बढी पर्यटक भित्र्याउन सकिन्छ भनेर लागिपरिरहेको उनले बताए। 'एयर एसियाको उडान बन्द गर्ने निर्णयको नकारात्मक सन्देश जान पनि सक्छ,’ क्षेत्रीले भने।

कानुनमा के छ ?
विमानस्थल सेवा शुल्क नियमावली २०६७ को  नियम ३० मा  विमानस्थल कार्यालय प्रमुखले वायुयान कम्पनीले समयमै रकम दाखिला नगरेको अवस्थामा कारोबार रोक्कादेखि तत्काल उडान बन्द गराउन सक्ने उल्लेख छ।

नियमावलीको  नियम ३० को १ मा नियमावली बमोजिम बुझाउनुपर्ने शुल्क समयमा नबुझाउने व्यक्ति वा संस्थालाई विमानस्थलबाट जारी भएको अनुमतिपत्र, सम्झौतापत्र वा अन्य कुनै कारोबार गर्न दिएको अनुमति विमानस्थल प्रमुखले स्थगन गरी विमानस्थलमा रहेको निजको सम्पत्ति रोक्का राखी निजको काम कारबाही वा व्यवसायमा रोक लगाउन सक्ने उल्लेख छ। साथै त्यसरी रोक लगाएको सूचना अविलम्ब प्रधान कार्यालयमा पठाउनुपर्ने हुन्छ।

नियम २ मा कुनै व्यक्ति वा निकायले बिल जारी भएको मितिले ६० दिनसम्म पनि विमानस्थलसँग सम्बन्धित शुल्क नबुझाएमा विमानस्थलको प्रमुखले त्यस्तो व्यक्ति वा संस्थालाई विमानस्थलमा व्यवसाय गर्न रोक लगाउँदै वायुसेवाको हकमा उडानमा तत्काल रोक सक्ने उल्लेख छ।

नियम ३० को ३ मा प्राधिकरणले यस नियमावली बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएमा वा प्राधिकरणसँग भएको सम्झौता उल्लंघन गर्ने व्यक्ति तथा संस्थाका सञ्चालकलाई भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको कामकारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्न सक्नेसमेत नियमावलीमा उल्लेख छ।

नियमावलीका ४ मा समयमा शुल्क नबुझाउने व्यक्ति वा संस्थाउपर समयमै नियम बमोजिमको कारबाही प्रक्रया सुरु नगर्ने विमानस्थल प्रमुखउपर विभागीय कारबाही गरिने पनि उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित)
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ?
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
६० एसपीको सरुवा : १७ जिल्लामा नयाँ प्रहरी प्रमुख, को कहाँ पुगे ? (सूचीसहित) मंगलबार, मंसिर ८, २०८३
अमेरिकी कार्यवाहक राजदूतले किन भेटिन् प्रहरी आइजीपी ? मंगलबार, मंसिर ८, २०८३
रशिदको पाँच विकेट खेर गयो, पाकिस्तानसँग ९६ रनले हार्दै नेपाल प्रतियोगिताबाट बाहिरियो मंगलबार, मंसिर ८, २०८३
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध, सात जना पक्राउ मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
कर्णालीमा राष्ट्रिय खेलकुदको रौनक, ११ टोलीका खेलाडी मैदानमा मंगलबार, मंसिर ८, २०८३
सुदन र सुनिलबाहेक प्रधानमन्त्री बालेनले अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग खिचेको फोटोको अर्थ के हो? मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्