काठमाडौं– एट्ली निर्देशित ‘जवान’ ले पहिलो दिन ६५ करोडको व्यापार गरेर सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।
फिल्मले आइतबार घरेलु बक्स अफिसमा अहिलेसम्म ८२ करोड भारु कलेक्सन गरेको छ। यो तथ्यांक अहिलेसम्मकै उच्च सङ्कलन हो।
फिल्मले तीन दिनमै चार सय करोडको आँकडा छुने अनुमान विज्ञहरूको छ। फिल्मले हालसम्म विश्वभर ३८४.६९ करोड कमाइसकेको छ।
शाहरुख खान, दीपिका पादुकोण, विजय सेतुपथ र नयनथारा अभिनित ‘जवान’ बिहीबार रिलिज भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।