• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बीपीमाथि विज्ञहरुको टिप्पणी- बीपीको जस्तो चेतना भएको व्यक्ति नेपाली राजनीतिमै छैन

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, भदौ २४, २०८०  १७:३५
1140x725

काठमाडौं- कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ११०औं जन्म जयन्तीको अवसरमा आइतबारदेखि पार्टी मुख्यालय सानेपामा बीपी महोत्सव आयोजना गरिएको छ। पहिलो पटक महोत्सव आयोजना गरेको कांग्रेसले विभिन्न विधाका विज्ञहरुलाई बोलाएर बीपी जीवन, दर्शन, साहित्यक र राजनीतिक लगायतका विषयमा विचार विमर्श गरिरहेको छ। 

कांग्रेसलाई बीपीको विचार आत्मसात गर्न नसकेको आरोप लागिरहँदा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा पार्टी मुख्यालयमै बीपी महोत्सव आयोजना गरिएको हो।

पार्टी सभापति शेरबहादुर देउवाले ११० वटा बेलुन उडाएर उद्घाटन गरेको उक्त महोत्सवमा पार्टीका शुभचिन्तक, शुभेच्छुक मात्रै नभई बीपीका अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको छ। 

महोत्सवमा आइतबार ‘बीपीका दृष्टिमा बीपी’ नामक कार्यक्रम सञ्चालन गरियो। महामन्त्री विश्वप्रकाश शर्माले सञ्चालन गरे‍को उक्त कार्यक्रममा भुवन ढुंगाना, कृष्ण खनाल र सीके लाल वक्ताका रुपमा रहेका थिए।

बीपी एक प्रतिभा अनेक
साहित्यकार भुवन ढुंगानाले भोटो र कात्रोको विषय उठाउँदै लोकतन्त्रसँग यसको सम्बन्धका बारेमा प्रष्ट पारिन्। उनले भनिन्, ‘भोटो र कात्रोको विषय बीपीले आफ्नो आत्मकथामा उल्लेख गर्नुभएको छ। आफ्ना बुबा र महात्मा गान्धी बीपीका रोल मोडेल हुनुहुन्थ्यो। १२/१३ वर्षकै उमेरमा बीपीका बुबाले पठाएका लुगाहरुमध्ये भोटोको विषय बीपीको आत्मकथामा समेटिएको छ।’ 

कात्रोबारे प्रष्ट पार्दै उनले भनिन्, ‘मोहन शमशेरको चाहना बीपीले जेल मुक्त हुनका लागि माफी माग्नु पर्ने थियो। तर उहाँकी आमा दिव्या कोइरालाले माफी होइन, मरेपछि म कात्रो चाहिँ पठाउँछु भन्ने ठूलो साहस सहितको सन्देश दिनुभएको थियो।’

साहित्यकार ढुंगानाले बीपी एक, प्रतिभा अनेक भएका व्यक्ति भएको उल्लेख गरिन्। बीपीको भनाइ उदृत गर्दै उनले भनिन्, ‘बीपीको साहित्यमा निकै लगाव थियो। उहाँ आफैंले राजनीतिबाट छुट्टी पाएँ भने साहित्यमा लाग्ने प्रण गर्नुभएको थियो।’

उनले बीपीका अधिकांश साहित्यक सिर्जना जेल भित्र भएको बताइन्। ढुंगानाले आफूले बीपी जेलमा रहँदा दुई पटक भेट्ने अवसर प्राप्त गरेको स्मरण गर्दै भनिन्, ‘बीपीलाई मैले सुन्दरीजलको जेलमा दुई पटक भेटेकी थिएँ। एउटा सानो कोठामा चारैतिर आर्मीहरुले घेरेर राखिएको थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

बीपीले जेलमा लेखेका उपन्यासहरु सबै उहाँको स्मरण शक्तिमा आधारित रहेको टिप्पणी समेत ढुंगानाले गरिन्। उनले थपिन्, ‘बीपीको स्मरण शक्ति बेजोडको थियो। १२/१३ वर्षकै उमेरमा उहाँ भारतको टेडी भन्ने ठाउँमा निर्वासित हुनुपर्‍यो। उहाँले त्यहाँ नरेन्द्र दाइ उपन्यास लेख्नुभयो। उहाँका उपन्यासका ती सबै सजीव पात्रहरु हुन्। ती सबै पात्रहरु त्यहाँ थिए। मेरो आमाले उनीहरुलाई चिनेर भन्नुहुन्थ्यो- त्यो मुनरिया पनि थिई। गौरी पनि थिई। उनीहरु कुनै काल्पनिक पात्र होइनन।’ उनले बीपी साहित्य र राजनीति दुवै पक्षमा उत्तिकै अब्बल रहेको बताइन्। 

बीपीको जस्तो चेतना भएको व्यक्ति नेपाली राजनीतिमै छैन
प्रा कृष्ण खनालले बीपी एक असल सोच र चरित्र भएको व्यक्तित्व भएको टिप्पणी गरे। ठूलो होइन, असल बन्नु भन्ने प्रेरणा बीपीमा सानैदेखि रहेको स्मरण गर्दै उनले भने, ‘बीपीको एउटा सोच बनिरहेको थियो, असल बन्नुपर्छ भन्ने कुरा उहाँले बाल्यकालमै बुझ्नु भयो।’

बीपीले २०१७ साल पुस १ गतेको घटनालाई महाभारतको रुपमा लिएको बताउँदै खनालले बीपी मौलिकता भएको लेखक रहेको बताए।

बीपीले ‘मोदी आइन’को कल्पना गरेर त्यसमा आफूले भोगिराखेको कथामा ठूलो होइन, बिम्वको प्रयोग गरेर कसरी मानिस असल बन्न सक्छ भन्ने कुरा प्रष्ट पारेको बताए। उनले बीपी आफैंले प्रथम विश्वयुद्धमा जन्मेकाले उहाँ युद्धका साक्षी व्यक्तिको रुपमा रहेको टिप्पणी गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बीपीले आफू प्रधानमन्त्री हुँदा पत्रकारहरुलाई निवासमै बोलाएर आफ्नो कमजोरी केलाउन आग्रह गरेको विषयलाई इंगित गर्दै खनालले अहिलेको नेपाली राजनीति प्रश्नबाट डराएको टिप्पणी गरे। उनले भने, ‘बीपीले भनेका कुरा के नेपाली कांग्रेसमा लागू हुन्छ? कांग्रेसका नेताहरु त्यसलाई सुन्न चाहन्छन्? मलाई लाग्दैन। कांग्रेस सहित राजनीति गर्नेहरुमा मैले जति कसैले जानेको छैन, तिमीले त मेरो फलो गर्ने हो, मैले भनेको नमान्ने? भन्ने जस्तो अहंकार छ।’

के हो बीपीको चेत जसले बीपीलाई बीपी बनायो? यस विषयको धरातल कसैले बुझ्न नसकेके टिप्पणी गर्दै खनालले थपे, ‘आज मैले त्यो चेतना भएको मान्छे नेपालको राजनीतिमा देखेको छैन। म त प्रधानमन्त्री भएँ, पार्टीको सभापति भएँ, म ठूलो नेता भएँ, यत्रा मान्छे मेरो पछि आउँछन्, ताली पिट्छन् भन्ने दम्भ नेपालको राजनीति चलिरहेको छ।’

खनालले बीपी आफैंमा चेतना र चरित्र भएको बताउँदै उनले अहिलेका चरित्र गुमाएका पात्रहरुसँग बीपीको कुरा गर्नुको कुनै औचित्य नभएको उल्लेख गरे।

राजनीति गर्नेहरुसँग प्रश्नको सामना गर्ने भय 
राजनीतिक विश्लेषक सीके लालले बीपी बहु प्रतिभा भएको व्यक्तित्व रहेको बताए।  काम गर, फलको आस नगर भन्ने बीपी कोइराला आफैं जटिल पात्रको रुपमा रहेको टिप्पणी उनको थियो। लालले भने, ‘बीपी आफैंमा एक जटिल पात्र हुन्। उनले आफ्नो आत्मकथामा भनेका छन्, अध्यात्मवादमा म रहस्यवाद हुँ। साहित्यमा म छायावादी रोमान्टिक हुँ। राजनीतिमा गान्धीको म आनन्दवादी हुँ। उहाँको रहस्यवाद, रोमाञ्चकवाद र आनन्दवादले जीवनलाई तीन रुपमा बुझ्न सकिन्छ।’

बीपी आर्दश र उद्देश्यका लागि लड्ने व्यक्ति भएको उल्लेख गर्दै उनले आफू केही गर्नका लागि जन्मिएको भन्ने ज्ञान भएको व्यक्तिको रुपमा अर्थ्याए। साथै उनका रचनामा फ्रायडवाद झल्किने भएकाले हरेक प्रेमी क्रान्तिकारी हो, हरेक क्रान्तिकारी प्रेमी हुन् भन्ने कुरा देखिने गरेको उल्लेख गरे। 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्