काठमाडौँ- नेपाली बजारमा सोमबार सुनको मूल्य थप बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो।
यस्तै छापावाल सुन १० ग्रामको २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।