काठमाडौं– फिल्म ‘एक भगवत् गीता’को नाम परिवर्तन गर्ने सहमति भएसँगै विवाद टुंगिएको छ। अब फिल्मको परिवर्तित नाम ‘एक भागवत् र एक गीता’(सामाजिक कथा) रहनेछ।
चलचित्र विकास बोर्डमा आइतबार बोर्ड अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, फिल्मका निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र धार्मिक संगठनका प्रतिनिधिहरू लगायतको छलफलपश्चात् उक्त नाम राख्ने सहमति भएको हो।
यससँगै विकास बोर्डले अब फिल्मलाई सेन्सर अनुमति दिने भएको छ।
छलफलमा निर्देशक दिपेन्द्र के खनाल, कलाकार खगेन्द्र लामिछाने, कलाकार दीपकराज गिरी, अभिनेत्री सुहाना थापा लगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।