काठमाडौं– अभिनेता सुशिल सिटौला निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन्।
निर्देशक भट्टराइले फिल्ममा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए। सुशिलले यसअघि अभिनय गरेका ‘होस्टेल रिटर्न्स’, ‘ गाजा बाजा’, ‘रणवीर’, ‘जुलेबी’, ‘एैँचो पैँचो’बाट आप्नो कामको निकै प्रशंसा पाएका थिए।
निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार फिल्म निर्माणको घोषणा गरेका थिए।
फिल्ममा भट्टराई स्वयम्को कथा रहनेछ।
क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ।
फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ। फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ।
दिवाकरले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।