काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रविरुद्ध चार वटा उजुरी दर्ता भएको छ।
बुधबार अन्तिम समयसीमा रहेकोमा उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको हो। मिश्रमाथि एनसेलको कर छुटदेखि हाँडीगाउँको जग्गासम्मको उजुरी परेको स्रोतले जनाएको छ।
उजुरीकर्ताको एक समूहले मिश्र संलग्न भएका विभिन्न मुद्दाहरुमा फैसला र आदेश गरेको विषयमा स्पष्टीकरण माग गर्दै उजुरी हालेको छ।
प्रधानन्यायाधीशमा सिफारिस मिश्रविरुद्ध चार वटा उजुरी, एनसेलदेखि हाँडीगाउँको जग्गासम्म

रञ्जन कोइरालाको मुद्दामा झगडिया झिकाउने आदेशको आधार के हो? एनसेल प्रकरणमा जिम्मेवार को हो? हाँडीगाउँको सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्ने फैसलाको आधार के हो? विश्वविद्यालयको नियम अनुसार प्रवीणता प्रमाणपत्र तहको माइग्रेसन खोइ? उक्त प्रमाणको समकक्षता खोइ? जस्ता प्रश्न खडा गरी सुनुवाइ समितिमा उजुरी दिइएको छ।
यसरी उजुरी दिनेमा सामाजिक अभियन्ता सावित्री सुवेदी लगायत छन्।
यसअघि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाइ समितिबाट अस्विकृत भएपछि परिषद्ले भदौ ७ गते मिश्रको नाम सिफारिस गरेको थियो। संवैधानिक परिषदको सिफारिसपछि संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो। १० दिन म्याद सहितको सूचनामा मिश्रमाथि ४ थान उजुरी परेको हो। उक्त उजुरीमाथि २२ गतेदेखि सुनुवाइ समितिले अध्ययन गर्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।