काठमाडौं– सन् १९९९ मा रिलिज भएको फिल्म ‘द ब्लेयर विच प्रोजेक्ट’ डेनियल मिरिक र एडुआर्डो सान्चेज द्वारा सह-निर्देशित अमेरिकी अलौकिक डरावनी फिल्म हो।
यो फिल्म असाधारण गतिविधिमा बनेको सबैभन्दा सफल चलचित्र मध्ये एक हो।
यो फिल्म तीन युवाको कथा हो, जो एक प्रोजेक्टको लागि गएर सनसनीपूर्ण रूपमा बेपत्ता हुन्छन्।
एक वर्षपछि मात्रै यी विद्यार्थीहरूको क्यामेरा फेला परेपछि उनीहरूलाई के भयो भन्ने फुटेजले खुलासा गर्छ। फिल्ममा हेदर डोनाहु, माइकल विलियम्स र जोशुआ लियोनार्ड मुख्य भूमिकामा थिए।
यो फिल्म मात्र ४९ लाखमा बनेको थियो। तर फिल्मले विश्वभर २० अर्ब रुपैयाँ भन्दा बढी कमाइ गर्यो।
यो फिल्म ओटीटी प्लेटफर्म एमेजन प्राइममा उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।