काठमाडौं– शाहरुख खानको आगामी फिल्म ‘जवान’ भारतीय बक्स अफिसमा पहिलो दिन ७० देखि ९० करोड कमाउने ट्रेड एनालिस्टहरूको अनुमान छ। दुई दिनमा ‘जवान’ घरेलु बक्स अफिसमा सय करोड क्लबमा सजिलै सामेल हुन्छ।
तपाईंलाई थाहा छ? शाहरुख खानको करिअरको पहिलो १०० करोड क्लबमा प्रवेश गरेको फिल्म कुन हो?
शाहरुखले बलिउड फिल्मी करिअरको सुरुवात फिल्म ‘दिवाना’बाट गरेका थिए। यो फिल्म सन् १९९२ मा आएको थियो। यसपछि शाहरुखले धेरै उत्कृष्ट फिल्म दिए। तर आफ्नो पहिलो १०० करोडको फिल्मका लागि उनले १९ वर्ष कुर्नुपरेको थियो।
त्यो चलचित्र ‘रावण’ हो, जुन सन् २०११ मा रिलिज भएको थियो। रिपोर्टका अनुसार यो फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन १८.५० करोड कमाएको थियो। यस फिल्मको लाइफटाइम कलेक्सन ११४.२९ करोड थियो।
रावणअघि शाहरुखको कुनै पनि फिल्मले भारतीय बक्स अफिसमा १०० करोडको आँकडा पार गरेको थिएन।
रावणमा शाहरुखसँग करिना कपूर र अर्जुन रामपाल जस्ता स्टारहरू देखिएका थिए। फिल्मलाई अनुभव सिन्हाले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।