काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा पाँच वटा वार्षिक प्रतिवेदन पेस गरेका छन्।
गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७३/७४ को २७औं वार्षिक प्रतिवेदन, निर्वाचन आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेस गरे।
त्यसैगरी, नेपाल सरकारको आव २०७३/७४ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७३/७४ को नेपाल सकरारको वार्षिक प्रतिवेदन पनि उनले पेस गरेका छन्।
आजको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालतको आव २०७३/७४ को वार्षिक प्रतिवेदन, महान्यायाधिवक्ताको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र न्याय परिषद् र न्याय सेवा आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेस गर्ने तय भए पनि पछि कार्यसूचीबाट हटाइएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक भदौ २१ गते ३ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।