काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन्।
संसदमा बोल्दै सिंहले सरकार कानुनी राज्य अनुरुप नचलेका आरोप लगाए। संविधानको उल्लंघन गर्ने सरकारको औचित्य नभएको बताउँदै उनले सरकारले राजीनामा माग गरे। उनले भने, 'प्रधानमन्त्रीको राजीनामा माग्छु। सरकार कानुनी राज्य अनुरुप चल्नुपर्छ। स्वेच्छाचारी हुनुहुँदैन।’
सरकारलाई स्वेच्छाचारी नहुन चेतावनी दिँदै उनले थपे, ‘राजा बनाएको होइन, प्रधानमन्त्री बनाएको हो।’
एयरपोर्टमा तत्कालीन माओवादीका पूर्व बालसैनिक लेलिन विष्टलाई रोकिएको प्रति रोष प्रकट गरेका सिंहले सरकारले जारी गरेको पासपोर्टमा बिना रोकटोक जान दिनुपर्ने उल्लेख गरिएको पढेर सुनाए।
'सरकार, कर्मचारी, सुरक्षा निकायले संविधान मान्नुपर्छ कि पर्दैन?' उनले प्रश्न गरे। संसद मूकदर्शक भयो भने लोकतन्त्र समाप्त हुने चेतापनी दिए।
बाँकेमा कालो झन्डा लिएको व्यक्तिलाई हिरासतमा लिइएको प्रति सरकारको आपत्ति जनाएका सिंहले 'कस्टडीको अर्थ जिम्मा लिने हो, कैद होइन' भन्दै सरकारलाई जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।