काठमाडौं– संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन घिमिरेलाई सिफारिस गरेको छ।
उनी हाल अख्तियारका कार्यबाहक प्रमुख आयुक्त हुन्।
बुधबार बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको हो।
यसअघि प्रमुख आयुक्त रहेका दीप बस्नेतले अवकाश पाएपछि घिमिरे कार्यबाहक प्रमुख रहँदै आएका थिए। उनले २०७४ फागुन २ देखि कार्यबाहक प्रमुखको पद सम्हालेका थिए।
घिमिरे सहित अन्य आयुक्तहरुले केही समयअघि मात्रै सर्वोच्च अदालतबाट योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका थिए।
घिमिरे २०७१ चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।