• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

मैले पहिलो प्रेम आमा र दोस्रो कामलाई गरेँ : दिव्या दत्त

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १५, २०८०  १९:११
1140x725

काठमाडौं- बलिउड अभिनेत्री दिव्या दत्तले करिब ३ दशकको करियरमा भाग 'मिल्का भाग', 'वीरजारा', 'दिल्ली–६', 'ब्याकमेल', 'जिप्पी'लगायत थुप्रै सफल सिनेमामा अभिनय गरेकी छन्। उनका दुई संस्मरण पनि प्रकाशित छन्। नेपाली सिनेमा ‘वसन्ती’ र ‘माया नमार’मा समेत उनले छोटो भूमिकामा अभिनय गरेकी थिइन्। काठमाडौंमा आयोजित कलिङ साहित्य महोत्सवको पहिलो दिन शुक्रबार सुमित शर्मासँगको ‘दिव्या दत्तको सिनेमा यात्रा’सत्रमा दिव्याले आफ्नो अभिनय यात्रालाई फर्किएर हेरेकी थिइन्। दिव्याले सुनाएको संस्मरणका सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ। ‍

म चार वर्षकी थिएँ, त्यो समय नै अमिताभ बच्चनसँग निकै प्रभावित थियो। मजस्तै धेरै उनको जस्तै सिनेमाको संसारमा जान चाहन्थे। त्यो सम्झना अझै मलाई ताजा छ। त्यतिखेरै मलाई पहिलो पटक म बच्चनको संसारमा हुन चाहन्छु भन्ने थियो। तर त्यो भनेको के हो थाहा थिएन। सायद मनले बाटो देखाउँछ भनेको यही होला।

मेरो घरमा फिल्म म्यागजिन आउँथ्यो। त्यसकै सुचनाका आधारमा मैले ट्यालेन्ट हन्टको फर्म भरेकी थिएँ। मसँग फोटो थिएन त्यतिबेला। मैले मेरो भाइलाई व्यावसायिक फोटोग्राफरले जसरी ग्ल्यामरस फोटो खिच्न लगाएँ। त्यतिबेला साइकलसँगै छतमा उभिएर भाइले फोटो खिचिदियो। मलाई त्यसपछि के हुन्छ भन्ने थाहा थिएन। यसले मलाई खुसी बनाउँथ्यो। तर म त्यसमा छनोट भएँ। त्यसपछि मैले आमालाई एक्टिङबारे भन्नैपर्ने भयो। म १८ वर्षकी थिएँ। भाइ र म आमालाई एक्टिङमा जाने निर्णय सुनाउन गयौँ। उहाँ क्लिनिकमा हुनुहुन्थ्यो। भाइ र म एकअर्काको हात जोडले समाएर उभिएका छौँ। मैले सहज तरिकाले भनेँ, ‘म एक्टिङ प्रतिस्पर्धामा छनोट भएँ। म एक्टर बन्न चाहन्छु।’ त्यसपछि मौनता छायो। हामी दिदीभाइको होस उड्यो। जमिन भासिएर भुँइमा छिरेको जस्तो भयो।

मेरो आमाबुबा चिकित्सक हुनुहुन्थ्यो। म पनि  डाक्टर हुन चाहन्थेँ। मेरो पढाइ निकै राम्रो थियो। त्यो बेलाको समाजमा राम्रो नम्बर ल्याउनेले विज्ञान पढ्नुपर्छ भन्ने धारणा थियो। अलिक कम नम्बर ल्याउनेले कमर्श र नम्बरै नल्याउनेले मात्र आर्टस् पढ्थे। मेरो निकै राम्रो नम्बर आयो  तैपनि मलाई अंग्रेजी साहित्य, मनोविज्ञान, दर्शन पढ्न मन थियो। मलाई त्यतिबेला म कहिले, कसरी अभिनयमा आउने भन्ने नै ध्याउन्न थियो।

यसले मलाई खुसी बनाउँथ्यो। तर म त्यसमा छनोट भएँ। त्यसपछि मैले आमालाई एक्टिङबारे भन्नै पर्ने भयो। म १८ वर्षकी थिएँ। भाइ र म आमालाई एक्टिङमा जाने निर्णय सुनाउन गयौँ। उहाँ क्लिनिकमा हुनुहुन्थ्यो। भाइ र म एकअर्काको हात जोडले समाएर उभिएका छौँ। मैले सहज तरिकाले भनेँ, ‘म एक्टिङ प्रतिस्पर्धामा छनोट भएँ।

एकछिनको मौनतापछि उहाँले ‘म तिम्रो साथमा छु’ भन्नुभयो । तर पहिले पढाइ सिध्याऊ, एक्टिङ पनि सँगै गर भन्नुभयो। आमाले मेरो सपनाको विश्वास गर्नु भयो, यसले मलाई निकै ठूलो साहस दियो।

यसरी मेरो प्रारम्भिक यात्रा सुरु भयो। मैले त्यो प्रतिस्पर्धामा राम्रो गरेँ। अनि मेरो जीवन परिवर्तन भयो। मैले त्यो बेला ठूलाठूला स्टारहरूलाई भेट्न पाएँ। त्यो मध्ये सम्झना भएको पहिलो व्यक्ति मनिषा कोइराला थिइन्। मेरो अनुहार मनिषाको जस्तो देखिन्थ्यो भन्थे मानिसहरू। मनिषाजस्तो देखिने केटी कहाँ छे भनेर मेरो खोजी हुन थाल्यो।

यसरी मैले 'अग्नी साक्षी' भन्ने सिनेमा पाएँ। यसले मेरो यात्राको सुरुवात गर्यो। तर मलाई मनिषाको छाया हुनु थिएन। केही गम्भीर काम गर्न मन थियो।  त्यसपछि मैले 'ट्रेन टु पाकिस्तान' खेल्न पाएँ। यो फिल्मले मेरो अरुअरु प्रकारको फिल्मका लागि ढोका खोल्यो।

Ncell 2
Ncell 2
nimb
nimb

मलाई लाग्छ, साहसले नै मार्ग पहिल्याउन डोहोर्‍याउँछ। मेरो मनले मलाई सधैँ भन्थ्यो, यो नै मैले हिँड्न चाहेको बाटो हो भनेर। यो सहज पेशा थिएन। भोलिले के लिएर आउँछ भनेर थाहै हुँदैन। मेरो कोही 'गड फादर' थिएन, म निर्माताको सन्तान पनि थिइनँ। मलाई ४–५ वर्ष बलिउडमा सिनेमा कसरी पाइन्छ भनेर जान्नै लाग्यो। त्यसमाथि सही फिल्म कसरी लिने भनेर त थाहा पाउन त अझै धेरै समय लाग्यो।

मेरो सिने यात्रालाई अर्को मोडमा पुर्‍याइदिने सिनेमा थियो 'वीरजारा'। मेरो सपना थियो यस चोपडाको हिरोइन बन्ने। उहाँले 'वीरजारा'को फिल्म बनाउने घोषणा गरेपछि मलाई फोन आयो। आदित्य र यस चोपडा दुवैले मलाई यसको कथा सुनाए। यो सिनेमामा अमिताभ बच्चन, साहरुख खान, हेमा मालिनी, प्रिटी जिन्टा, रानी मुर्खजी, मनोज बाजपेय सबै थिए। मलाई हिरोइनको साथीको रोल दिइयो। मलाई प्रायः हिरोइनको साथीको रोल दिइन्थ्यो र मेरो इमेज नै हिरोइनको साथीको जस्तो भएको थियो। मैले यो कुरा घरमा आमालाई सुनाए। उहाँले भन्नुभयो, 'तिमीले म राम्रो एक्टर हुँ भनेर कसरी उनीहरुलाई बताउछौ? यदि तिमीले पाएको रोल पनि लिएनौ भने घरमै यसै बस्नु पर्छ।' 

त्यसैले यो रोलमा तिमीले लिऊ भनेर हौस्याउनु भयो। तर तिमी यसरी एक्टिङ गरकी मानिसले तिम्रो बारे लेख्छन्। वास्तवमै यो भयो पनि। 'वीरजारा' रिलिज भएपछि मेरोबारे लेखियो। म एकाएक स्टार भएँ। आफूसँग भएको अवसरको अधिकतम उपयोग गर्न सक्नु जीवनको सबैभन्दा सुन्दर कुरा हो।

यसपछि मलाई ठूला ब्रान्डका फिल्मको अफर आउन थाल्यो। तर मैले कुनै पनि स्वीकार गरिनँ। आमाले यति राम्रो फिल्म मिलिरहेको छ किन तिमीले नखेलेको भनेर सम्झाउनु भयो। यदि म आफ्नो रोललाई  लिएर झ्याउ मानिरहेको छु भने दर्शकलाई पनि लाग्नेछ। यदि मभित्र उत्साह र आगो छ भने मेरो दर्शकलाई पनि त्यसले छुन्छ।

उनीहरूमा पनि त्यो भावना पुग्छ। त्यसको एक वर्षपछि मलाई 'दिल्ली ६'को अफर आयो। हिरोइनको साथीको इमेज परिवर्तन गर्ने मौका थियो यो मेरो लागि। त्यसपछि मैले 'भाग मिल्का भाग' गरेँ, 'बदलापुर' गरेँ। यसरी मैले आफूलाई फरकफरक भूमिका निर्वाह गर्न सक्ने एक्टरको रुपमा परिचय बनाएँ। 

नयाँ नयाँ पात्रको भूमिका गर्दै गएँ। आफूलाई बाहिर राखेर पात्रभित्र प्रवेश गर्नु, उनीहरूको जीवन भोगाइलाई स्पर्श गर्न पाउनु मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो। यस अर्थमा म निकै भाग्यमानी छु।

पछि म लेखक पनि भएँ। पहिलो पुस्तक ‘मि एन्ड मा’मा मैले आमासँगको मेरो सम्बन्धलाई उतारेकी छु। एकदिन चन्डीगढको विमानस्थलमा मलाई एकजना महिलाले बोलाइन्। मैले सायद फिल्मको बारेमा कुरा गर्न होला भन्ने ठानेको थिएँ। तर उनले भनिन्, 'तपाईंको आमासँगको सम्बन्धको किताब पढेँ, त्यसले मलाई आमालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्यायो। आमालाई मैले कति ‘टेकन फर ग्यान्टेट’ लिएको रहेछु। किताब पढेपछि मैले आमालाई ‘अइ लभ यू’ भनेँ, धन्यवाद दिव्या।'

मेरो माध्यम बदलियो। तर मुख्य कुरा दर्शकलाई ‘कनेक्ट’ गर्न सक्नुपर्छ र मलाई लाग्छ मैले पूरै मनले यसका लागि प्रयत्न गरेको छु।

मैले यसै पत्रिकामा कोलम लेख्न थालेको थिएँ। पछि त्यो पत्रिका र पाठकले मन पराइदिए। सुटिङमा व्यस्त भएर लेख्न छोड्दा पनि मेरो खोजी हुन थाल्यो। ७ वर्षको हुँदा मैले बुबा गुमाएकी थिएँ। आमा एक्लैले म र भाइलाई हुर्काउनुभयो। म कतै पुगेपछि, आमाको यात्रालाई पनि समेटनुपर्छ भन्ने लाग्यो। मेरो सबैभन्दा मिल्ने साथी हुन् आमा। मेरो गल्ती, कमजोरी सबै मैले आमाको अगाडि निर्धक्कसँग भन्ने गर्छु, र उहाँले कहिले पनि मलाई ‘जज’ गर्नुभएन। 

पाठकहरुले यो किताबलाई मन पराइदिनुभयो। धेरैले मलाई अर्को किताब कहिले आउँछ भनेर सोध्ने थाले। अनि लाग्यो, धन्न म एउटै मात्र किताबको लेखक भइनँ। आमापछि मेरो अर्को प्रिय कुनै चिज थियो भने त्यो हो मेरो काम। र ती मानिसहरु, जसले मेरो काम, यात्रालाई सुन्दर बनाइदिए। ‘द स्टार्स इन माइ स्काइ’तीनै प्रियजनका लागि मेरोतर्फबाट उपहार हो। मैले मेरो यात्राको दौरान, जुन काम जतिखेर गर्नुपर्ने थियो, त्यो पूरै मनले गरेँ। यसले मलाई चाहिएकै बेलामा चाहिएकै जस्तो खुसी दियो। यदि सोच सही छ भने आफूले चाहेको ढिलो चाँडो मिल्छ नै।

प्रविधिको बदलिँदो समयमा पनि भावना भावना हुन्छ, मुटुको भाषालाई प्रविधिले रोक्न सक्दैन। आँखाले बोल्ने भाका उही हुन्छ। तर त्यो मन जुन छ, त्यो मनै रहन्छ, प्रविधिले त्यसलाई परिवर्तन गर्न सक्दैन। प्रविधिको विस्तारसँगै माध्यम परिवर्तन हुँदै छ समयलाई समाउन म ओटीटीमा पनि उपस्थित छु। केही महिनामै मनिषा कोइरालासँगै मेरो चलचित्र पनि आउँदैछ। र, यो मेरो उनीसँगको चौथो चलचित्र हो। कहिलेकाहीँ म आफूलाई ऐनामा हेर्दै भन्ने गर्छु, तँ फेरि पनि समयसँगै उभिएकी छेस् र केही फरक गर्न खोजिरहेकी छेस्। 

यो मेरो लागि निकै महत्वपूर्ण छ, किनभने मेरो उत्साहको कारण नै मेरो यात्रा सम्भव भएको हो। अनि त्यो उत्साह नै म दर्शकसम्म पुर्‍याउन प्रयास गरिरहेको हुन्छु, सधैँ। म हतारमा हुन्छु तर मलाई म खुसी हुनुपर्छ भन्ने लाग्छ र मेरो दर्शक पनि।  

एउटा कलाकारका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो धैर्य, लगाव र निरन्तरता। जब यो तीनै चिज भएपछि मात्र कलाकारितामा टिकिरहन सकिन्छ। किनभने यो क्षेत्र निकै अनिश्चत छ। भोलि के हुन्छ, कसैलाई थाहा हुन्न। सायद भोलि केही पनि नहुन पनि सक्छ। तर आफ्नो मनलाई जे कुराले खुसी बनाउँछ, त्यो काम भने गर्न छाड्नुहुन्न।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
कंगाल करोडपति’को शुभ-मुहूर्त, बाढीपीडितलाई आर्थिक सहयोग प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह,... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्