• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
मैले पहिलो प्रेम आमा र दोस्रो कामलाई गरेँ : दिव्या दत्त
64x64
नेपाल लाइभ शुक्रबार, भदौ १५, २०८०  १९:११
1140x725

काठमाडौं- बलिउड अभिनेत्री दिव्या दत्तले करिब ३ दशकको करियरमा भाग 'मिल्का भाग', 'वीरजारा', 'दिल्ली–६', 'ब्याकमेल', 'जिप्पी'लगायत थुप्रै सफल सिनेमामा अभिनय गरेकी छन्। उनका दुई संस्मरण पनि प्रकाशित छन्। नेपाली सिनेमा ‘वसन्ती’ र ‘माया नमार’मा समेत उनले छोटो भूमिकामा अभिनय गरेकी थिइन्। काठमाडौंमा आयोजित कलिङ साहित्य महोत्सवको पहिलो दिन शुक्रबार सुमित शर्मासँगको ‘दिव्या दत्तको सिनेमा यात्रा’सत्रमा दिव्याले आफ्नो अभिनय यात्रालाई फर्किएर हेरेकी थिइन्। दिव्याले सुनाएको संस्मरणका सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ। ‍

म चार वर्षकी थिएँ, त्यो समय नै अमिताभ बच्चनसँग निकै प्रभावित थियो। मजस्तै धेरै उनको जस्तै सिनेमाको संसारमा जान चाहन्थे। त्यो सम्झना अझै मलाई ताजा छ। त्यतिखेरै मलाई पहिलो पटक म बच्चनको संसारमा हुन चाहन्छु भन्ने थियो। तर त्यो भनेको के हो थाहा थिएन। सायद मनले बाटो देखाउँछ भनेको यही होला।

मेरो घरमा फिल्म म्यागजिन आउँथ्यो। त्यसकै सुचनाका आधारमा मैले ट्यालेन्ट हन्टको फर्म भरेकी थिएँ। मसँग फोटो थिएन त्यतिबेला। मैले मेरो भाइलाई व्यावसायिक फोटोग्राफरले जसरी ग्ल्यामरस फोटो खिच्न लगाएँ। त्यतिबेला साइकलसँगै छतमा उभिएर भाइले फोटो खिचिदियो। मलाई त्यसपछि के हुन्छ भन्ने थाहा थिएन। यसले मलाई खुसी बनाउँथ्यो। तर म त्यसमा छनोट भएँ। त्यसपछि मैले आमालाई एक्टिङबारे भन्नैपर्ने भयो। म १८ वर्षकी थिएँ। भाइ र म आमालाई एक्टिङमा जाने निर्णय सुनाउन गयौँ। उहाँ क्लिनिकमा हुनुहुन्थ्यो। भाइ र म एकअर्काको हात जोडले समाएर उभिएका छौँ। मैले सहज तरिकाले भनेँ, ‘म एक्टिङ प्रतिस्पर्धामा छनोट भएँ। म एक्टर बन्न चाहन्छु।’ त्यसपछि मौनता छायो। हामी दिदीभाइको होस उड्यो। जमिन भासिएर भुँइमा छिरेको जस्तो भयो।

मेरो आमाबुबा चिकित्सक हुनुहुन्थ्यो। म पनि  डाक्टर हुन चाहन्थेँ। मेरो पढाइ निकै राम्रो थियो। त्यो बेलाको समाजमा राम्रो नम्बर ल्याउनेले विज्ञान पढ्नुपर्छ भन्ने धारणा थियो। अलिक कम नम्बर ल्याउनेले कमर्श र नम्बरै नल्याउनेले मात्र आर्टस् पढ्थे। मेरो निकै राम्रो नम्बर आयो  तैपनि मलाई अंग्रेजी साहित्य, मनोविज्ञान, दर्शन पढ्न मन थियो। मलाई त्यतिबेला म कहिले, कसरी अभिनयमा आउने भन्ने नै ध्याउन्न थियो।

यसले मलाई खुसी बनाउँथ्यो। तर म त्यसमा छनोट भएँ। त्यसपछि मैले आमालाई एक्टिङबारे भन्नै पर्ने भयो। म १८ वर्षकी थिएँ। भाइ र म आमालाई एक्टिङमा जाने निर्णय सुनाउन गयौँ। उहाँ क्लिनिकमा हुनुहुन्थ्यो। भाइ र म एकअर्काको हात जोडले समाएर उभिएका छौँ। मैले सहज तरिकाले भनेँ, ‘म एक्टिङ प्रतिस्पर्धामा छनोट भएँ।

एकछिनको मौनतापछि उहाँले ‘म तिम्रो साथमा छु’ भन्नुभयो । तर पहिले पढाइ सिध्याऊ, एक्टिङ पनि सँगै गर भन्नुभयो। आमाले मेरो सपनाको विश्वास गर्नु भयो, यसले मलाई निकै ठूलो साहस दियो।

यसरी मेरो प्रारम्भिक यात्रा सुरु भयो। मैले त्यो प्रतिस्पर्धामा राम्रो गरेँ। अनि मेरो जीवन परिवर्तन भयो। मैले त्यो बेला ठूलाठूला स्टारहरूलाई भेट्न पाएँ। त्यो मध्ये सम्झना भएको पहिलो व्यक्ति मनिषा कोइराला थिइन्। मेरो अनुहार मनिषाको जस्तो देखिन्थ्यो भन्थे मानिसहरू। मनिषाजस्तो देखिने केटी कहाँ छे भनेर मेरो खोजी हुन थाल्यो।

यसरी मैले 'अग्नी साक्षी' भन्ने सिनेमा पाएँ। यसले मेरो यात्राको सुरुवात गर्यो। तर मलाई मनिषाको छाया हुनु थिएन। केही गम्भीर काम गर्न मन थियो।  त्यसपछि मैले 'ट्रेन टु पाकिस्तान' खेल्न पाएँ। यो फिल्मले मेरो अरुअरु प्रकारको फिल्मका लागि ढोका खोल्यो।

Ncell 2
Ncell 2

मलाई लाग्छ, साहसले नै मार्ग पहिल्याउन डोहोर्‍याउँछ। मेरो मनले मलाई सधैँ भन्थ्यो, यो नै मैले हिँड्न चाहेको बाटो हो भनेर। यो सहज पेशा थिएन। भोलिले के लिएर आउँछ भनेर थाहै हुँदैन। मेरो कोही 'गड फादर' थिएन, म निर्माताको सन्तान पनि थिइनँ। मलाई ४–५ वर्ष बलिउडमा सिनेमा कसरी पाइन्छ भनेर जान्नै लाग्यो। त्यसमाथि सही फिल्म कसरी लिने भनेर त थाहा पाउन त अझै धेरै समय लाग्यो।

मेरो सिने यात्रालाई अर्को मोडमा पुर्‍याइदिने सिनेमा थियो 'वीरजारा'। मेरो सपना थियो यस चोपडाको हिरोइन बन्ने। उहाँले 'वीरजारा'को फिल्म बनाउने घोषणा गरेपछि मलाई फोन आयो। आदित्य र यस चोपडा दुवैले मलाई यसको कथा सुनाए। यो सिनेमामा अमिताभ बच्चन, साहरुख खान, हेमा मालिनी, प्रिटी जिन्टा, रानी मुर्खजी, मनोज बाजपेय सबै थिए। मलाई हिरोइनको साथीको रोल दिइयो। मलाई प्रायः हिरोइनको साथीको रोल दिइन्थ्यो र मेरो इमेज नै हिरोइनको साथीको जस्तो भएको थियो। मैले यो कुरा घरमा आमालाई सुनाए। उहाँले भन्नुभयो, 'तिमीले म राम्रो एक्टर हुँ भनेर कसरी उनीहरुलाई बताउछौ? यदि तिमीले पाएको रोल पनि लिएनौ भने घरमै यसै बस्नु पर्छ।' 

त्यसैले यो रोलमा तिमीले लिऊ भनेर हौस्याउनु भयो। तर तिमी यसरी एक्टिङ गरकी मानिसले तिम्रो बारे लेख्छन्। वास्तवमै यो भयो पनि। 'वीरजारा' रिलिज भएपछि मेरोबारे लेखियो। म एकाएक स्टार भएँ। आफूसँग भएको अवसरको अधिकतम उपयोग गर्न सक्नु जीवनको सबैभन्दा सुन्दर कुरा हो।

यसपछि मलाई ठूला ब्रान्डका फिल्मको अफर आउन थाल्यो। तर मैले कुनै पनि स्वीकार गरिनँ। आमाले यति राम्रो फिल्म मिलिरहेको छ किन तिमीले नखेलेको भनेर सम्झाउनु भयो। यदि म आफ्नो रोललाई  लिएर झ्याउ मानिरहेको छु भने दर्शकलाई पनि लाग्नेछ। यदि मभित्र उत्साह र आगो छ भने मेरो दर्शकलाई पनि त्यसले छुन्छ।

shivam cement

shivam cement

उनीहरूमा पनि त्यो भावना पुग्छ। त्यसको एक वर्षपछि मलाई 'दिल्ली ६'को अफर आयो। हिरोइनको साथीको इमेज परिवर्तन गर्ने मौका थियो यो मेरो लागि। त्यसपछि मैले 'भाग मिल्का भाग' गरेँ, 'बदलापुर' गरेँ। यसरी मैले आफूलाई फरकफरक भूमिका निर्वाह गर्न सक्ने एक्टरको रुपमा परिचय बनाएँ। 

नयाँ नयाँ पात्रको भूमिका गर्दै गएँ। आफूलाई बाहिर राखेर पात्रभित्र प्रवेश गर्नु, उनीहरूको जीवन भोगाइलाई स्पर्श गर्न पाउनु मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हो। यस अर्थमा म निकै भाग्यमानी छु।

पछि म लेखक पनि भएँ। पहिलो पुस्तक ‘मि एन्ड मा’मा मैले आमासँगको मेरो सम्बन्धलाई उतारेकी छु। एकदिन चन्डीगढको विमानस्थलमा मलाई एकजना महिलाले बोलाइन्। मैले सायद फिल्मको बारेमा कुरा गर्न होला भन्ने ठानेको थिएँ। तर उनले भनिन्, 'तपाईंको आमासँगको सम्बन्धको किताब पढेँ, त्यसले मलाई आमालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्यायो। आमालाई मैले कति ‘टेकन फर ग्यान्टेट’ लिएको रहेछु। किताब पढेपछि मैले आमालाई ‘अइ लभ यू’ भनेँ, धन्यवाद दिव्या।'

मेरो माध्यम बदलियो। तर मुख्य कुरा दर्शकलाई ‘कनेक्ट’ गर्न सक्नुपर्छ र मलाई लाग्छ मैले पूरै मनले यसका लागि प्रयत्न गरेको छु।

मैले यसै पत्रिकामा कोलम लेख्न थालेको थिएँ। पछि त्यो पत्रिका र पाठकले मन पराइदिए। सुटिङमा व्यस्त भएर लेख्न छोड्दा पनि मेरो खोजी हुन थाल्यो। ७ वर्षको हुँदा मैले बुबा गुमाएकी थिएँ। आमा एक्लैले म र भाइलाई हुर्काउनुभयो। म कतै पुगेपछि, आमाको यात्रालाई पनि समेटनुपर्छ भन्ने लाग्यो। मेरो सबैभन्दा मिल्ने साथी हुन् आमा। मेरो गल्ती, कमजोरी सबै मैले आमाको अगाडि निर्धक्कसँग भन्ने गर्छु, र उहाँले कहिले पनि मलाई ‘जज’ गर्नुभएन। 

पाठकहरुले यो किताबलाई मन पराइदिनुभयो। धेरैले मलाई अर्को किताब कहिले आउँछ भनेर सोध्ने थाले। अनि लाग्यो, धन्न म एउटै मात्र किताबको लेखक भइनँ। आमापछि मेरो अर्को प्रिय कुनै चिज थियो भने त्यो हो मेरो काम। र ती मानिसहरु, जसले मेरो काम, यात्रालाई सुन्दर बनाइदिए। ‘द स्टार्स इन माइ स्काइ’तीनै प्रियजनका लागि मेरोतर्फबाट उपहार हो। मैले मेरो यात्राको दौरान, जुन काम जतिखेर गर्नुपर्ने थियो, त्यो पूरै मनले गरेँ। यसले मलाई चाहिएकै बेलामा चाहिएकै जस्तो खुसी दियो। यदि सोच सही छ भने आफूले चाहेको ढिलो चाँडो मिल्छ नै।

प्रविधिको बदलिँदो समयमा पनि भावना भावना हुन्छ, मुटुको भाषालाई प्रविधिले रोक्न सक्दैन। आँखाले बोल्ने भाका उही हुन्छ। तर त्यो मन जुन छ, त्यो मनै रहन्छ, प्रविधिले त्यसलाई परिवर्तन गर्न सक्दैन। प्रविधिको विस्तारसँगै माध्यम परिवर्तन हुँदै छ समयलाई समाउन म ओटीटीमा पनि उपस्थित छु। केही महिनामै मनिषा कोइरालासँगै मेरो चलचित्र पनि आउँदैछ। र, यो मेरो उनीसँगको चौथो चलचित्र हो। कहिलेकाहीँ म आफूलाई ऐनामा हेर्दै भन्ने गर्छु, तँ फेरि पनि समयसँगै उभिएकी छेस् र केही फरक गर्न खोजिरहेकी छेस्। 

यो मेरो लागि निकै महत्वपूर्ण छ, किनभने मेरो उत्साहको कारण नै मेरो यात्रा सम्भव भएको हो। अनि त्यो उत्साह नै म दर्शकसम्म पुर्‍याउन प्रयास गरिरहेको हुन्छु, सधैँ। म हतारमा हुन्छु तर मलाई म खुसी हुनुपर्छ भन्ने लाग्छ र मेरो दर्शक पनि।  

एउटा कलाकारका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो धैर्य, लगाव र निरन्तरता। जब यो तीनै चिज भएपछि मात्र कलाकारितामा टिकिरहन सकिन्छ। किनभने यो क्षेत्र निकै अनिश्चत छ। भोलि के हुन्छ, कसैलाई थाहा हुन्न। सायद भोलि केही पनि नहुन पनि सक्छ। तर आफ्नो मनलाई जे कुराले खुसी बनाउँछ, त्यो काम भने गर्न छाड्नुहुन्न।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध?
सम्बन्धित सामग्री
‘हेल्लो काँशीराम’को अर्को गीत ‘खैजेडीको घेरो’सार्वजनिक (भिडियोसहित) दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ। चलचित्रका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीराम... सोमबार, वैशाख २९, २०८२
कान्स मार्केटमा स्टल राख्ने पहिलो नेपाली फिल्म बन्दै ‘एक्लो’ यस वर्ष कान्स फेस्टिभलको प्रतिस्पर्धामा कुनै नेपाली फिल्म छनोट नभए पनि नेपालको प्रतिनिधित्व गर्दै प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो... आइतबार, वैशाख २८, २०८२
चलचित्र ‘राजकुमारी’को निर्माण घोषणा चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गर्दै छन्। निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’को रूपमा लिएको बताए । शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोवार ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्