• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
अदालतको आदेश लत्याउँदै दक्षिणकाली हाटबजारमा धनगढी उपमहानगरको डोजर
64x64
शेरबहादुर ऐर बुधबार, भदौ १३, २०८०  २०:५१
1140x725

धनगढी– कैलाली जिल्ला अदालतको अन्तरिम आदेशलाई लत्याउँदै धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको छ।

सो हाटबजारमा सम्झौता विपरीत कुनै पनि कार्य नगर्न/नगराउन अदालतको आदेश विपरीत उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको हो।

371151105_613382034274926_2577171986814612461_n1693408897.jpg

जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबीच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौता विपरीतको कुनै पनि कार्य नगर्नू/नगराउनू भनी मुलुकी देवानीसहित २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयूक्त आदेश जारी गरि दिएको छ। आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनू।’

dhangadi upamanagar dojar (3)1693407836.jpg

तर, उपमहानगरपालिकाले सम्झौता मिति सकिएको भन्दै त्यहाँ व्यवसाय गरिरहेका व्यापारीहरुलाई अन्यत्र पठाउने गरी डोजर चलाएको थियो। ठेक्का सम्झौता गरेका ओम पाठकले भने, ‘अदालतको आदेश आएपछि त्यहाँ ढुक्कसँग व्यवसायीहरुले आफनो व्यापार गरिरहेका थिए। अदालतको आदेशलाईसमेत अटेर गर्दै एक्कासी उपमहानगरपालिकाले डोजर चलाएर बनेका संरचनामा क्षति पुर्‍याएको छ।’

उपमहानगरपालिकाले पौसमा सम्झौता मिति सकिएको भन्दै सूचना जारी गरेपछि उनी न्यायका लागि अदालतमा पुगेका थिए। उनले भने, ‘त्यो ठाउँमा मैले स्थायी रुपमा ठेक्का लग्ने होइन। मैले सम्झौता गरेको अवधिसम्म आफनो कारोबार गर्न पाउनुपर्छ मात्र भनिरहेको छु। उपमहानगरपालिकाले म माथि अन्याय गरेको छ।’

dhangadi upamanagar dojar (3)1693407836.jpg

Ncell 2
Ncell 2

के हो विवाद?
धनगढी उपमहानगरपालिका र दक्षिणकाली हाटबजारबीचको विवाद छैन। सो हाटबजार सञ्चालनका लागि उपमहानगरपालिकाले ठेकेदार ओम पाठकसँग २०६७ साल चैतमा सञ्चालनका लागि सम्झौता गरेको थियो।

सम्झौता पत्रमा भनिएको छ, ‘यो सम्झौता कुनै कारण वस रद्द नभएमा सम्झौता अवधि १५ वर्षको हुने छ। जसमध्ये बढीमा एक वर्ष निर्माण अवधि कायम गरिएको छ।’

धनगढी उपमहानगरपालिकाले निजी साझेदारी अन्तर्गत सो हाटबजारमा १५ वर्षको अवधिमा ठेक्का सम्झौता गरेका व्यक्तिले निर्धारित जग्गाभित्र न्यूनतम ३५ वटा तरकारी, १४ वटा फलफूल, १० वटा मासुको खुद्रा बजार, एक बायो ग्यास प्लान्ट, स्लटर हाउस पिसिओ र चिया पसल निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

dhangadi upamanagar dojar (7)1693407834.jpg

बजार व्यवसायीहरुका लागि कोल्ड स्टोर सहितको दुईवटा रात्रिकालीन भण्डारण कक्षको निर्माण तथा सञ्चालन गर्नुपर्ने उल्लेख छ। सम्झौता अवधि सकिएपछि सम्बन्धित व्यक्तिले बनेका संरचना उपमहानगरपालिकालाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ।

यसअनुसार उनले अझै दुई वर्ष सो हाट बजार सञ्चालन गर्न पाउने अवधि रहेको भए पनि उपमहानगरपालिकाले मनोमानी ढंगले सो हाटबजारमा डोजर चलाएको उनको भनाइ छ।

सो हाट बजार भुपू सैनिक सहकारी संस्थाले व्यवस्थापन गरिरहेको छ। त्यसका लागि ठेक्का सम्झौता पाएका ओम पाठकसँग सहकारीले सम्झौता गरेको छ। हाटबजारबाट संकलन हुने भाडा सहकारी र कैलाली उद्योग वाणिज्य संघको संयूक्त खातामा संकलन हुने गरिरहेको छ।

उपमहानगरपालिकाले सो भाडा आफ्नो खातामा आउनुपर्ने भन्दै हाटबजार हटाउने रणनीति अपनाएको आरोप लागेको छ। ‘अहिले हाट बजारमा व्यवसाय गरिरहेका व्यापारीलाई गोपाल हमालले व्यक्तिगत रुपमा भेटघाट गर्दै भाडा उपमहानगरपालिकाको खातामा हाल्न लगाउने र नहाले डोजर चलाउने भन्दै व्यापारीलाई धम्की दिइरहेका छन्’, पाठकले भने।

dhangadi upamanagar dojar (6)1693407833.jpg

उपमहानगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ४१७०१००३०३०००००२ मा भदौ १० गते सबै व्यवसायीहरुले दाखिला गरिसक्नुपर्ने निर्णय एकलौटी रुपमा गरिएको छ।

बजार नहेरी हटाइँदै
धनगढी उपमहानगरपालिकाका खुद्रा तथा थोक पसलहरुलाई आवश्यक तरकारी सोही हाट बजारबाट लगेर बिक्री वितरण गर्दै आएका छन्।

dhangadi upamanagar dojar (5)1693407832.jpg

बजारमा तरकारी अभाव हुन नदिन सो हाट बजार सञ्चालनमा आए पनि अहिले नगर प्रमुख हमालले त्यसलाई व्यवस्थित गर्नुभन्दा हटाउने रणनीति अघि बढाएका छन्। हाट बजारमा बनेका संरचना भत्काएपछि त्यहाँका व्यवसायीहरु कहाँ व्यापार गर्ने भन्ने अन्योलमा छन्।

पालिका र निजी साझेदारीमा सम्झौता गरी बनाइएका संरचना अवधि नसकिँदै भत्काउने प्रयास उपयूक्त नभएको स्थानीयले बताएका छन्। आफ्नै संरचनालाई भत्काएर व्यापारिक भवन बनाउने प्रयास नगर प्रमुख हमालको रहेको जनाइएको छ। यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी थालनी भइरहेको उपमहानगरपालिकाले जनाएको छ।

dhangadi upamanagar dojar (1)1693407835.jpg

दक्षिणकालीमात्र होइन, धनगढीको मुख्य सडकमा रहेको हाट बजारभित्र पनि उपमहानगरपालिकाले तरकारी,फलफूलका होलसेल पसल सञ्चालन बन्द गरेको छ। उपमहानगरपालिकाले त्यहाँ परिचयपत्र वितरण गर्दै स्थानीय कृषकले मात्र बिक्री वितरण गर्न पाउने प्रावधान बनाएको छ।

स्थानीय उत्पादन र आयातको तुलना नगरी उपमहानगरपालिकाले आफ्नै बनेका संरचनाको प्रवर्द्धन गर्नुभन्दा भत्काई निजी  क्षेत्रलाई प्रशय दिने प्रयास भइरहेको छ।

dhangadi upamanagar dojar (2)1693407835.jpg

धनगढीमा अहिले व्यापारिक भवन रहेको चौलानी डिपार्टमेण्टल स्टोरले निजी जग्गा लिजमा लिई तरकारी तथा फलफूलको होलसेल पसल सञ्चालन गरिसकेको छ।

अन्य लगानीकर्ता पनि यहाँको मागका आधारमा व्यापार विस्तार गर्ने सोचमा रहेका छन्। यसरी निजीकरण हुँदै गए उपमहानगरपालिकाका उपभोक्ताहरुले महँगो मूल्यमा तरकारी, फलफूल तथा माछामासु खरिद गर्नुपर्ने अवस्था आउने छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्