काठमाडौं– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो सूचीमा परेका ६ जना व्यवसायीलाई हटाएको छ। मंगलबार बसेको बोर्ड बैठकले समितिले सोधेको स्पष्टिकरण नबुझाउने ६ जनालाई हटाउने निर्णय गरेको हो।
व्यवसायीहरु मोहम्मद जुनैद, इसराफिल कवारी, पुरुषोत्तम राई, पार्वती श्रेष्ठ, रामबहादुर खड्का र बिष्णुकुमार बस्नेतलाई बजार क्षेत्रबाट हटाइएको हो। रातो सूचीमा परेका बाँकी ९२ जना व्यवसायीले बुझाएको स्पष्टिकरणमा अध्ययन गर्न ५ सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलले भदौ २३ गते प्रतिवेदन बुझाउनेछ र २४ गते बोर्ड बैठक बसेर उनीहरुको बारेमा निर्णय हुनेछ।
कार्यदलमा कृषि मन्त्रालय, किसान आयोग, व्यवसायी, किसान र समितिका तर्फबाट एक–एक जना प्रतिनिधि सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।