काठमाडौं– अभिनेता नवाजुद्दीन सिद्दिकीको आगामी फिल्म ‘सेक्सन १०८’ को टिजर रिलिज भएको छ।
यस फिल्ममा नवाजुद्दीन रेजिना क्यासान्ड्राको अपोजिटमा देखिनेछन्।
टिजरमा रेजिनालाई शिखा सक्सेनाको रूपमा देखाइएको छ, जसले सनराइज इन्स्योरेन्सको प्रतिनिधित्व गर्छिन् र नवाजुद्दीनको मद्दत खोज्छिन्।
फिल्ममा नवाजले तहुर खानको भूमिका निभाइरहेका छन्। टिजरको सुरुवात शिखा सक्सेनाको परिचयबाट हुन्छ।
त्यसपछि उनी नवाजकहाँ केस लिएर आउँछिन् र नवाजले त्यो केस सुल्झाउन थाल्छन्।
यो फिल्म ०२ फेब्रुअरी २०२४ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।