काठमाडौं– गीतकार दिनेशराज पुरीको रचनामा तीज गीत ‘यो साल नि परदेशमै तीज’ सार्वजनिक भएको छ।
विदेशमा रहेका नेपाली चेलीहरुको मनोभावना उनिएको उक्त गीतमा दीपकराज विश्वकर्माको संगीत/संगीत संयोजन रहेको छ भने गायिका रचना रिमालले आवाज दिएकी छिन्।
गीतमा रचना रिमाल, आभा थापा, अनिशा ओली, अन्जना बराइली र एलिना रानालाई फिचरिङ गरिएको छ भने विक्रम चौहानको निर्देशन छ।
प्रकाश खरेलको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त गीतलाई प्रकाश खड्का र टीमले खिचेका हुन्। गीत रचना रिमाल अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ।
अबका तीज गीतले नेपाली चेलीको दु:ख सुख बोल्नुपर्ने बताउँदै गीतकार पुरी यस गीतमा आफूले सोही अभ्यास गरेको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।