• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

१३ वर्षपछि महराले स्वीकारे– प्रचण्डलाई प्रधानमन्त्री बनाउन ५० करोडको कुराकानी

64x64
किशोर दहाल सोमबार, भदौ ११, २०८०  १४:०८
1140x725

काठमाडौं– ‘मैले हाम्रो अध्यक्षसँग कुराकानी गरेँ। उहाँले भन्नुभयो- प्रधानमन्त्रीको निर्वाचन आउन केवल ४ दिन बाँकी छ। हामीलाई ५० सभासद् आवश्यक छ। त्यसका लागि प्रति सभासद् एक करोड रुपैयाँ चाहिन्छ।’

२०६७ भदौ १८ गते पहिलो पटक भारतमा कार्यालय रहेको च्यानल ‘नेपाल वान’ले एमाओवादीका अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख कृष्णबहादुर महरा र चिनियाँ भनिएका एक व्यापारीबीचको फोन संवाद प्रशारण गरेको थियो। त्यसलाई पछि भारतकै अन्य र नेपालका टिभी च्यानलदेखि पत्रिकासम्मले प्रशारण-प्रकाशन गरेका थिए।

यो संवाद र महराको मागको प्रसंग जोडिन्छ- प्रधानमन्त्रीका लागि निरन्तर भइरहेका निर्वाचनसँग।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६७ असारमा राजीनामा दिएपछि साउन ५ गतेदेखि निर्वाचन सुरु भएको थियो। प्रतिस्पर्धामा थिए- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल। तीन उम्मेदवारमध्ये खनालका निम्ति पार्टीले कठोर सर्त राखिदिएको थियो- ४०१ (दुई तिहाइ) मत पाउने सुनिश्चित नभए उम्मेदवारी फिर्ता लिने।

पहिलो दिन प्रचण्ड र पौडेलले आवश्यक बहुमत (३०१) पाउन सकेनन्। खनालको उम्मेदवारी नै फिर्ता भएकाले मतदान प्रक्रियामै गएन।

त्यसपछिका केही चरण प्रचण्ड र पौडेलबीच मात्रै प्रतिस्पर्धा भइरह्यो। त्यतिबेला प्रधानमन्त्री निर्वाचनमा प्रत्येक उम्मेदवारीलाई निर्णयार्थ प्रस्तुत गरिन्थ्यो र बहुमत नपाए अर्को निर्वाचन गरिन्थ्यो। त्यसैले चरणबद्ध निर्वाचन भएका थिए।

साउन ७ मा दोस्रो, साउन १७ मा तेस्रो, साउन २१ मा चौथो, भदौ ७ मा पाँचौँ चरणको निर्वाचन सम्पन्न भइसकेका थिए। भदौ २१ मा छैटौँ चरणको निर्वाचन हुँदै थियो। त्यसअघि भदौ १८ मा महराको अडियो टेप सार्वजनिक भएको थियो।

पहिलो चरणको निर्वाचनबाटै एमाले तटस्थ बसेको थियो। यसबीच प्रधानमन्त्रीका दुई उम्मेदवारले नै अन्य दललाई आफ्नो पक्षमा ल्याउने अनेक प्रयत्न गरिरहेका थिए। नेकपा माले त विभाजन नै भएको थियो। माले महासचिव सीपी मैनालीले प्रचण्डले पार्टी विभाजन गरिदिएको आरोप नै लगाएका थिए। मधेश केन्द्रित दलहरुमा उस्तै किचलो उत्पन्न भएको थियो। ती दलभित्र पनि आफू अनुकूलका सांसदलाई प्रभावित गरेर दललाई आफ्नो पक्षमा मत दिन तयार पार्ने प्रयत्न भइरहेको थियो। तर कुनै प्रयासले सफलता पाएको थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डलाई प्रधानमन्त्री निर्वाचित गरियोस् भन्ने प्रस्तावमा प्रचण्डलाई ५०/६० मत अपुग देखिन्थ्यो। जस्तो कि, साउन ५ गते उनको पक्षमा २४२, साउन ७ गते २४२, साउन १७ गते २५९, साउन २१ गते २१३, भदौ ७ मा २४६ मत खसेको थियो।

आफू प्रभावित हुने र अरुलाई पनि प्रभावित पार्न सक्ने कम्तीमा ५० जना सांसदलाई ‘किन्न’ सकिए बाँकी मत जुटाउन सकिन्छ भन्ने एमाओवादी विश्लेषण हुनसक्थ्यो, जसको संकेत महराको अडियो टेपमा सुन्न सकिन्छ।

अडियोमा महरासँग बोल्ने अर्को व्यक्तिले आफ्नो एक जना साथीले प्रचण्डलाई सहयोग गर्ने सोचेको र त्यसका लागि नेपाल बाहेक अन्य कुनै ठाउँमा भेट्ने प्रस्ताव राखेका छन्। त्यही क्रममा चीन, हङकङ हुँदै सिंगापुरसम्मका विषय उठेको सुन्न सकिन्छ। संवादकै क्रममा महराले अध्यक्षसँग पनि कुराकानी गरेको भन्दै प्रति सभासद् एक करोडका दरले ५० करोड रुपैयाँ आवश्यक पर्ने माग गरेका छन्।

त्यतिबेला महराले सो अडियो आफ्नो नभएको भन्दै प्रतिवाद गरेका थिए। भदौ १८ गते नै एक विज्ञप्ति प्रकाशित गरेर उनले आफू र आफ्नो पार्टीको चरित्र हत्या गर्ने उद्देश्यबाट नक्कली टेप प्रशारण गरेको बताएका थिए। साथै विभिन्न सञ्चार माध्यमलाई दिएको प्रतिक्रियामा उनले टेप कपोलकल्पित र कृतिम भएको बताएका थिए। उनले राजनीतिक र वैचारिक रुपमा प्रतिवाद गर्न नसकेपछि परिवर्तन नचाहने शक्तिले षडयन्त्रको साहरा लिएको बताएका थिए।

महराले त्यतिबेला खण्डन गरे पनि यो प्रकरण उनका निम्ति बदनामीको प्रमुख सूचक भएर रहिरह्यो। यद्यपि उनले सो संवादलाई स्वीकार गर्दै सार्वजनिक अभिव्यक्ति भने दिएका थिएनन्। आइतबार हिमालय टेलिभिजनमा प्रशारित ‘यक्ष प्रश्न’ नामक कार्यक्रममा भने महराले आफूले त्यतिबेला चीनमा बस्ने हङकङका बासिन्दासँग कुराकानी गरेको खुलाएका छन्। तर पैसा मागेको शब्दावली प्रयोग गर्न भने चाहेनन्। ‘मैले मागेको होइन। हामीसँग ५० जना सांसद पुग्दैन। तर अरुले ५० जना सांसद किनबेच गर्छन् भन्नुलाई मागेको अर्थ लाग्दैन,’ अन्तर्वार्तामा उनले भनेका छन्।

त्यसरी कुराकानी भएता पनि पैसा भने ‘पाँच पैसा’ पनि नआएको उनले बताए। यो विषय त्यतिबेला संसद्‌मा पनि उठेको र संसदीय समिति बनेको तर पुष्टि नभएको बताए। ‘छानबिन समितिले टुंगो लगायो। सिद्धियो,’ उनले भने।

महराको अडियो टेप सार्वजनिक भएपछि प्रचण्डले छैटौं र सातौं चरणको निर्वाचनमा प्रतिस्पर्धा गरे। र आठौं चरणको निर्वाचनअघि उम्मेदवारी फिर्ता लिए। बाँकी १६औँ चरणको निर्वाचनसम्म पौडेल एकल उम्मेदवार भएर पराजित भइरहे। पछि पौडेलको उम्मेदवारी पनि फिर्ता भयो।

सोही वर्ष माघ २० गते प्रधानमन्त्रीका लागि नयाँ निर्वाचन भयो। त्यसका लागि झलनाथ खनाल, रामचन्द्र पौडेल, पुष्पकमल दाहाल प्रचण्ड र विजयकुमार गच्छदारले उम्मेदवारी दिए। तर अन्तिम क्षणमा प्रचण्डले उम्मेदवारी फिर्ता लिएर खनाललाई सघाए। र खनाल प्रधानमन्त्रीमा निर्वाचित भए।
०००
यस्तो छ, हिमालय टेलिभिजनमा प्रशारित यक्ष प्रश्न कार्यक्रममा कृष्णबहादुर महरासँग राजेन्द्र बानियाँले गरेको कुराकानीको एक अंशः
तपाईंले पचास करोड पचास सिट जित्नका लागि माग्नुभएको थियो नि। त्यो टेलिफोन बनाएको त होइन नि?
त्यो पनि होइन।

त्यो गफै गर्नुभएको तपाईं होइन?
गफ त गरेको हो।

५० करोड माग्नुभएको होइन?
त्यो पनि चाइनिज नागरिक होइन, चाइनामा बस्ने हङकङको बासिन्दा। त्यतिबेला नेपालमा प्रधानमन्त्रीका लागि प्रचण्ड उठ्नुएको थियो। (उनले) ‘प्रचण्ड प्रधानमन्त्री किन हुनुहुन्न?’ भनेपछि ५० जना सांसद हामीलाई पुग्दैन (भनेर मैले) अरु मान्छेले पैसाको चलखेल गर्छन्। करौडौँ रुपैयाँको चलखेल गर्छन्। हामीसँग पैसा छैन। पैसा नभएपछि उनले जित्ने सम्भावना कम भएको छ भनेको हो।

तपाईंले फिफ्टी-फिफ्टी भन्नुभएको होइन?
फिफ्टी त भनेँ। फिफ्टी होइन, करोड भनेको हो। करोड भनेको पचास जना सांसद हाम्रा छैनन्, पुग्दैनन्। एक जनालाई एक करोड खेल हुन्छ यहाँ। त्यो हो।

अब स्वीकार्नुभयो तपाईंले। प्रचण्ड आउन सक्नुहुन्न। म जहाँ बोलायो, त्यहीँ आउँछु भन्नुभएको छ।
तपाईंले जे भन्नुभयो। त्यो कुरा त त्यतिबेला संसद्‌मा समिति बनाएर टुंगिसक्यो। पुष्टि भएन।

तपाईं आफैंले स्वीकार गर्नुभएको छ- मैले भनेको हो, एक सांसद एक करोड मागेको हो भन्नुभएको छ।
पुष्टि भएन नि। पाँच पैसा पनि ल्याएको होइन नि। पैसा त पाँच पैसा भा होइन नि फेरि।

त्यतिबेला तपाईंलाई उहाँ(प्रचण्डले) बचाउनुभयो नि?
त्यतिखेरको टेलिफोन वार्ताको कुरा केवल वार्ता मात्रै भएको हो। पैसा त पाँच पैसा पनि आएको होइन।… पाँच पैसा पनि आएको होइन। त्यो कुरा संसद्‌मा उठ्यो। छानबिन समिति बन्यो। छानबिन समितिले टुंगो लगायो। सिद्धियो। … मैले मागेको होइन। हामीसँग ५० जना सांसद पुग्दैन। तर अरुले ५० जना सांसद किनबेच गर्छन् भन्नुलाई मागेको अर्थ लाग्दैन।

‘यक्ष प्रश्न’ हेर्नुहोस्-

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्