बलिउडमा यस्ता धेरै फिल्म बनेका छन्, जुन ठूलो बजेट र ठूला स्टारकास्ट भए पनि फ्लप छन्।
त्यसो त केही यस्ता फिल्म पनि थिए, जसले कम बजेटमा मेगा कलेक्सन गरेर कीर्तिमान बनाए। चलचित्र उद्योगमा यस्ता चलचित्र विरलै देखिएका छन्, जसमा नायिकाले मुख्य भूमिकामा बक्स अफिसमा राम्रो कमाइ गरेका छन्।
यस्तै एउटा चलचित्र सन् २०११ मा आएको थियो। यस फिल्ममा दुई अभिनेत्री मुख्य भूमिकामा थिए। जसको दमदार अभिनयका कारण दर्शकहरू हलसम्म पुगेका थिए।
रानी मुखर्जी र विद्या बालन अभिनित फिल्म ‘नो वन किल्ड जेसिका’ मा देखिएका थिए। यो जेसिका लालको वास्तविक हत्या प्रकरणमा आधारित बायोग्राफिकल थ्रिलर फिल्म थियो। यो फिल्म पाँचवटा फिल्मफेयर अवार्डका लागि मनोनयनमा परेको थियो।
यस फिल्मबाट निर्देशक राजकुमार गुप्ताले उत्कृष्ट निर्देशकको अवार्ड जिते भने विद्या बालनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।
‘नो वन किल्ड जेसिका’ २०११को १०औं सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म घोषित भयो। फिल्मले विश्वभर १.३ बिलियन कमाएको थियो।
९ करोडको एकदमै कम बजेटमा बनेको यो फिल्मले घरेलु बक्स अफिसमा १ सय ४ करोड कमाएको थियो, जुन आफैमा कुनै रेकर्डभन्दा कम थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।