काठमाडौं– गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
समिप इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा स्व. पूर्ण गुरुङको शब्द तथा संगीत रहेको छ।
निर्देशक दिलिपले सुनिल र बिनाको जोडीलाई फिल्मी शैलीमा प्रस्तुत गरेका छन्।
भिडिओमा रोशनको कोरियोग्राफी छ भने हरि हुमागाईंको सिनेमाटोग्राफी छ। भिडिओलाई नहकुल खड्काले सम्पादन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।