काठमाडौं– आयुष्मान खुराना, अनन्या पाण्डे, परेश रावल र राजपाल यादवको मुख्य भूमिका रहेको ‘ड्रिम गर्ल २’ले रिलिजको पहिलो दिन बक्स अफिसमा १० करोड कलेक्सन गरेको छ।
शनिबार फिल्मको कमाइ सन्तोषजनक छ।
फिल्मले दोस्रो दिन १३ करोड कमाएको छ। फिल्मको हालसम्मको कमाइ २३.५ करोड पुगेको छ।
आइतबार फिल्मको कमाइ अझै बढ्ने अनुमान गरिएको छ। ‘ड्रिम गर्ल २’ को पहिलो साताको अन्त्यमा ३५ देखि ३७ करोडसम्मको कलेक्सन हुने अपेक्षा फिल्म व्यापार विज्ञहरूले गरेका छन्।
'गदर २' बाट चुनौती
‘गदर २’ को दुई सातादेखि बक्सअफिसमा दबदबा छ। अगस्ट ११ मा रिलिज भएको फिल्मले उत्कृष्ट कमाइ गरेको छ।
फिल्मले तेस्रो हप्तामा पनि बक्स अफिसमा वर्चस्व कायम राखेको छ। ‘ड्रिम गर्ल २’ लाई ‘गदर २’ बाट कडा चुनौती मिलिरहेको छ।
तर पनि फिल्मको ओपनिङ राम्रो भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।