काठमाडौँ– कल्पना देवकोटा पौडेलको स्वर तीज गीत ’हाई भन्यो मायाले’को भिडिओ सार्वजनिक भएको छ।
भिडिओमा परदेशमा रहेका नेपाली महिलाहरूको मनस्थितिलाई चित्रण गरिएको छ।
गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत छ।
गीतमा बावुल गिरीले संगीत भरेका छन्। पशुपति बस्यालको छायाँकन, पदम सुवेदीको सम्पादन तथा शिव विकको निर्देशनमा तयार पारिएको भिडिओमा प्रियङका कार्की, शिवहरी पौडेल, खेम शर्मा र रुवी पौडेलको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।