काठमाडौं– फिल्म ‘जात्रा’ र ‘जात्रैजात्रा’पछि नयाँ सिक्वेल बन्ने भएको छ।
प्रदीप भट्टराईको निर्देशनमा नयाँ फिल्म ‘महाजात्रा’ घोषणा गरिएको छ।
फिल्ममा अघिल्ला शृंखलाका विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा र वर्षा राउतकै मुख्य भूमिका रहनेछ।
यो शृंखलामा भने कलाकार हरिवंश आचार्यको पनि अभिनय रहनेछ। फिल्म आगामी चैत्र ९ गते रिलिज गर्ने निर्माण टिमको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।