काठमाडाैं- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु अस्पताल भर्ना भएका छन्। मन्त्री लिम्बु शनिबार वीर अस्पतालमा भर्ना भएका हुन्।
उनी मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किएका थिए। स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल पुगेका थिए। चेकजाँचका क्रममा उनलाई डेंगु संक्रमण पुष्टि भएकाे जानकारी अस्पतालले दिएकाे छ।
अस्पतालको भीआइपी कक्षमा डा ध्रुव गैरेको टिमले उनकाे उपचार गरिरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।