• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १७, २०८२ Mon, Nov 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एक महिनामै देशको व्यापार घाटा एक खर्ब नाघ्यो, भारतसँगको घाटा मात्रै ७२ अर्ब ७६ करोड

64x64
कल्पना घिमिरे बुधबार, भदौ ६, २०८०  २०:१७
1140x725

काठमाडौं – एक महिनामै देशको व्यापार घाटा एक खर्ब नाघेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा  १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ। यस अवधिमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएकोमा निर्यात १३ अर्ब ५२ करोड रुपैयाँ भएको केन्द्रीय भन्सार विभागले जनाएको छ। 

नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.४८ प्रतिशत छ भने आयातको हिस्सा ९०.५२ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको पहिलो महिनाको आयात गत आर्थिक वर्षको यसै महिनाको तुलनामा १.५६ प्रतिशत कम हो। गत वर्ष साउनमा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। 

निर्यातमा ८.६५ प्रतिशतको कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा १४ अर्ब ८० करोड रुपैयाँको निर्यात भएको थियो। आयात र निर्यात दुवैमा आएको गिरावटले चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक व्यापारमा गिरावट आएको देखिन्छ।

अघिल्लो वर्ष साउनमा कुल १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँको वैदेशिक व्यापार घाटा भएको थियो। यो चालु आर्थिक वर्षको तुलनामा २.२८ प्रतिशत बढी हो। उक्त अवधिमा कुल १ खर्ब ४६ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो। 

एक महिनामै २२ अर्बको पेट्रोल आयात
चालु आर्थिक वर्षको साउन महिनामा झण्डै २२ अर्बको पेट्रोल आयात भएको छ। २१ अर्ब ९८ करोड ४४ लाख ९० हजार रुपैयाँको पेट्रोलीयम पदार्थको आयात भएको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षको भन्दा यो कम हो। अघिल्लो वर्ष साउनमा पेट्रोलियम पदार्थ २५ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको थियो। 

Ncell 2
Ncell 2

यसैगरी आइरन र स्टिलको १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयात भएको छ। यस आर्थिक वर्षमा आइरन र स्टिलको आयात बढेको देखिन्छ। गत वर्षको साउनमा ११ अर्ब २३ करोड रुपैयाँ बराबरको आइरत र स्टिल आयात भएको थियो।

यस्तै साढे २ अर्ब रुपैयाँको तरकारीजन्य वस्तुको आयात भएको छ। गत वर्षको पहिलो महिनामा २ अर्ब ८१ करोडको औषधि आयात भएको छ। जसअनुसार तरकारीजन्यवस्तु आयातमा पनि गिरावट  देखिएको छ। ४ अर्ब २९ करोड रुपैयाँको सवारी साधन र यसको पार्टपुर्जा आयात भएको छ। गत वर्षको पहिलो महिनामा यस्तो वस्तुको आयात ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको भएको थियो।

साढे एक अर्बको चिया-कफी निर्यात
चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट १ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ बराबरको चिया-कफी निर्यात भएको छ। त्यसपछि १ अर्ब १९ करोड ४४  लाख बराबरको फलाम-स्टिल निर्यात भएको छ। ७४ करोड ६७ लाख रुपैयाँ बराबरको पशुको आहारा निर्यात र ४८ करोड २० लाख रुपैयाँ बराबरको नेपाली धागो निर्यात भएको छ। ३८ करोड १५ लाख रुपैयाँ बराबरको तेलजन्य वस्तुको बीउ नेपालले निर्यात गरेको छ।

भारतसँग मात्रै
नेपालको सबैभन्दा ठूलो व्यापार भारतसँग हुँदै आएको छ। चालु आर्थिक वर्षको साउन महिनामा भारतबाट ८१ अर्ब २४ करोडको आयात भएको छ। ८ अर्ब ४ करोड रुपैयाँको निर्यात भएको छ। भारतसँग मात्र ७२ अर्ब ७६ करोड रुपैयाँको व्यापार घाटा रहेको छ।

चीनबाट २१ अर्ब ९४ करोडको वस्तु आयात हुँदा ३९ करोड रुपैयाँको मात्र निर्यात भएको छ। साउनमा १०९ मुलुक भन्दा बढीसँग वैदेशिक व्यापार भएको भन्सार विभागको तथ्यांक छ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल मूल्य बढेर आएकाे र डिजेलको मूल्य घटेर आएको जानकारी दिएको हो । शुक्रबार, कात्तिक १४, २०८२
फेरि बढ्यो सुनको मूल्य यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ... शुक्रबार, कात्तिक १४, २०८२
नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढ्यो कारोबारका क्रममा दिउँसो ११ ः ४६ बजे र १२ ः २१ बजे नेप्सेले २६ सय अंक पार गरे पनि टिक्न सकेन। आज परिसूचक घटे पनि कारोबार रकम बढेको छ।... बुधबार, कात्तिक १२, २०८२
ताजा समाचारसबै
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
रोल्वालिङ क्षेत्रमा हिमपहिरो: ३ जना पर्यटकको मृत्यु, ८ बेपत्ता सोमबार, कात्तिक १७, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय सोमबार, कात्तिक १७, २०८२
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक सोमबार, कात्तिक १७, २०८२
कर्मचारी र सुरक्षा निकायका प्रमुखलाई  प्रधानमन्त्रीले दिएको १४ बुँदे निर्देशन यस्तो छ (पूर्णपाठ) सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र आइतबार, कात्तिक १६, २०८२
सुरु भयो कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक जित्यो विश्वकप सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्