• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

खाण पक्राउ पर्दा सुशासनको पक्षमा, शर्मा पक्राउ पर्दा आरोपितको पक्षमा

64x64
किशोर दहाल मंगलबार, साउन ३०, २०८०  २०:३४
1140x725

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा गत वैशाख २७ गते पूर्व गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परे। त्यसपछि उनलाई पार्टीबाट निलम्बित गर्नुपर्छ वा पर्दैन भन्नेमा कांग्रेस नेतृत्व नै दुई धारमा विभाजित भयो। सार्वजनिक मतमतान्तर जारी रहेकै बेलामा साउन २ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा यो विषयको प्रवेश कसरी होला, सदस्यहरुले कस्तो मत व्यक्त गर्लान् भन्ने चासो थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका भनेर चिनिएका केन्द्रीय सदस्यहरुले त खाणको बचाउमा बोले। उनलाई साथ दिनुपर्ने धारणा राखे। जुन अपेक्षित नै थियो। शेखर कोइराला-गगन थापा पक्षका केही नेताहरुले आरोपित स्वयंले जवाफदेही हुनुपर्ने भन्दै खाणको पक्षमा पार्टी उभिन नहुने मत राखे। त्यस्तै मत राख्नेमध्येका एक थिए, अजयबाबु शिवाकोटी। साउन ४ गतेको बैठकमा बोलेका उनले खाणमाथि अन्याय भयो भन्ने लागेको हो भने सरकारबाट हट्नुपर्ने नत्र उनलाई निलम्बित गरिनुपर्ने मत राखे। 

शिवाकोटीले खाणलाई निलम्बन नगरिए जनमानसमा कांग्रेस रक्षात्मक हुने प्रष्ट पारे। 'सरकार र साथीमध्ये एक के रोज्ने हो। यो बैठकले टुंगो लगाउनुपर्छ,’ शिवाकोटीको निष्कर्ष थियो, 'तर मलाई खाने बाघले तँलाई पनि खाला भन्ने डर जस्तो भाष्य स्थापित गर्ने प्रयास गरेर जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस्।'

शेखर कोइरालाले पनि समग्रतामा यो विषयलाई जोडे। यद्यपि, उनले खाणको नाम भने लिएनन्। साउन ७ गतेको सम्बोधनमा उनले भ्रष्टाचार र सुशासन दुई विपरीत दिशामा हिँड्ने भन्दै कांग्रेसले भ्रष्टाचारीको संरक्षण गर्न नहुने धारणा राखे। उनको भनाइ थियो, 'कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा गएर भोट माग्न सक्ने अवस्था हामीसँग छैन।'

कांग्रेसभित्रको गुटगत पक्षधरता र धारणाको प्रसारमा कोइराला, शिवाकोटी वा यो पक्षका नेताहरुको अभिव्यक्ति स्वाभाविक थियो। उनीहरुले सुशासनको पक्षमा आफूलाई उभ्याएर स्वयंलाई सुशासनको पक्षधर कांग्रेसीको पहिचान दिलाउने प्रयत्न गरेका थिए। कांग्रेस केन्द्रीय समितिमा देउवा पक्षका सदस्यहरू प्रचुर रहेको परिप्रेक्ष्यमा खाणलाई निलम्बन गरिँदैन भन्ने त प्रष्ट नै थियो। तैपनि, लाइभ भइरहेको बैठकमा केही सदस्यले राखेको धारणाकै कारण जनमानसमा त्यहाँ भित्रको मनस्थितिलाई छर्लंग पार्न भूमिका खेलेको थियो।

बैठक सकिएको दुई हप्तापछि कांग्रेसका एक जना सांसद सुनिल शर्मा पक्राउ परे। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा उनलाई साउन २५ गने गोल्फुटारबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। सीआईबीले शर्मालाई थुनामै राखेर अनुसन्धान गर्दै भोलिपल्ट जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो। तर न्यायाधीश दण्डपाणी शर्माको एकल इजलासले थुनामुक्त राखेरै अनुसन्धान गर्न आदेश दियो। उनी त्यसै दिन थुनामुक्त भएका थिए। 

तर, केन्द्रीय कार्यसमिति बैठकमा सुशासनको पक्षमा उभिएका नेताहरु भने यस पटक आरोपित शर्माको पक्षमा उभिए। जसरी खाणको बचाउमा उत्रिएका नेताहरुले सरकारले उनीमाथि प्रतिशोध साँधेको भनेर तर्क गर्थे, शर्मा पक्षका नेताहरुले उसैगरी उनको पक्राउलाई प्रतिशोधको रुपमा स्थापित गर्ने प्रयत्न गरे। यो पक्षका नेताहरुलाई यतिबेला सुशासनभन्दा पनि शर्माप्रति विश्वास देखियो। उनीहरुले आफूलाई आरोपितको पक्षमा प्रस्तुत गरे। कोइराला स्वयंले नै सुन काण्डबारे बोल्दा सरकारले शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाए। कांग्रेसभित्र शर्मालाई कोइराला पक्षका नेताकै रुपमा चिनिन्छ।

'सुन काण्डमा नेपाली कांग्रेसका एक जना सांसद (सुनिल शर्मा)ले उपप्रधानमन्त्री (नारायणकाजी श्रेष्ठ) र अर्थमन्त्री (प्रकाशशरण महत)को राजीनामा माग्नुभयो। उहाँले गल्ती/कमजोरी गर्नुभएको होला। त्यसमा मलाई केही भन्नु छैन। गल्ती कमी-कमजोरी भएका छन् भने दोषी हुनुपर्छ। दण्डित हुनुपर्छ। तर प्रतिशोधको भावना लिएर अगाडि बढ्दाखेर हामी कहाँ पुग्छौँ?', भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले आयोजना गरेको क्षेत्रीय सभामा बोल्दै उनले भनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय समिति बैठकमा सुशासनको पक्षमा उभिएका शिवाकोटीले पनि शर्मा पक्राउ पर्नासाथै सामाजिक सञ्जालमा स्टाटस लेखेर असन्तुष्टि व्यक्त गरेका थिए। उनको आसय पनि सुन तस्करीको विषयमा बोल्दै आएकाले शर्मालाई पक्राउ गरिएको भन्ने थियो। 'केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो? संसद् चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन्? कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै एकजुट भएका हुन्?', उनको प्रश्न थियो। 

जसरी देउवा पक्षका सांसदले खाणलाई अप्ठ्यारो परेका बेलामा मद्दत गर्नुपर्ने भनेर धारणा राखेका थिए, कोइराला लगायतका नेताहरु पनि शर्माको पक्षमा त्यसैगरी उभिए। आफू र आफूले प्रतिनिधित्व गर्ने पक्षको यस किसिमको दोहोरो शैलीका सम्बन्धमा शिवाकोटीले प्रतिक्रिया दिन असमर्थता व्यक्त गरे। देउवा पक्षका एक नेताले भने अर्को पक्ष (खाणको निलम्बन र शर्माको बचाउ गर्ने) दुईथरी रबैयाप्रति हाँस्दै टिप्पणी गरे। 'त्यतिबेला उहाँहरु कहाँ सुशासनको पक्षमा उभिनुभएको थियो र? खाणको विपक्षमा उभिनुभएको मात्रै हो', उनले भने।

शर्मा पक्राउ परेपछि कोइराला पक्षले सुशासनको पक्षधरको रुपमा आफ्नो निरपेक्ष अडान गुमाएको मात्रै होइन, उनलाई सकेको 'सहयोग' पनि गरेका थिए। २६ गते साँझ थुनामुक्त हुँदा शर्माले त्यसरी सहयोग गर्नेहरुको सूची नै प्रस्तुत गरे। जहाँ कोइरालादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मको नाम थियो। 'म कस्टडीमा भएको बेलामा मलाई धेरै मद्दत गर्नुहुने डा शेखर कोइराला, गगन थापाजी, अर्जुननरसिंह केसी दाइहरू लगायत मेरो हृदयको अन्तस्करणबाट मेरो पिताजीको जस्तै… भूमिका निर्वाह गरिदिनुभएको, राष्ट्र नायकको रुपमा आफूलाई उभ्याउनुभएको केपी शर्मा ओली, उहाँ र उहाँको पार्टीको मान्छेलाई म फरक पार्टीको मान्छे भएता पनि धन्यवाद दिन चाहन्छु', शर्माले भनेका थिए।

साउन १० गते सार्वजनिक केन्द्रीय कार्यसमिति बैठकका निर्णयको एउटा वाक्यमा भनिएको छ- भ्रष्टाचारको कुनै जात, धर्म, लिङ्ग, वर्ण, सम्प्रदाय वा राजनीतिक दल हुँदैन।' तर खाणको सन्दर्भमा देउवा पक्ष र शर्माको सन्दर्भमा कोइराला पक्षका नेताहरुले व्यक्त गरेको शैलीले प्रष्ट पारेको छ- कसुरको गुट चाहिँ हुन्छ।

यो पनि पढ्नुहोस

 

सत्ता पक्षका विवादित सांसदको बचाउमा प्रमुख प्रतिपक्षी एमालेको शक्ति खर्च


 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्