• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्ता पक्षका विवादित सांसदको बचाउमा प्रमुख प्रतिपक्षी एमालेको शक्ति खर्च

64x64
नेपाल लाइभ आइतबार, साउन २८, २०८०  १७:१४
1140x725

काठमाडौं- सत्ताधारी नेपाली कांग्रेसका सांसद सुनिल शर्मा गत साउन २५ गने गोल्फुटारबाट पक्राउ परे। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको थियो। उनले एमबीबीएस पढ्दा पेस गरेको आईएस्सीको प्रमाणपत्र नै नक्कली रहेको बताइएको छ।

सीआईबीले शर्मालाई थुनामै राखेर अनुसन्धान गर्दै भोलिपल्ट जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो। तर न्यायाधीश दण्डपाणी शर्माको एकल इजलासले थुनामुक्त राखेरै अनुसन्धान गर्न आदेश दियो। अन्य पाँच चिकित्सकलाई भने थुनामै राखेर अनुसन्धान गर्न आदेश भएको छ। आदेशपछि शर्मा भने त्यसै दिन बेलुका रिहा भएका थिए।

रिहा भएका शर्माले सरकार विरुद्ध आक्रोश पोख्नु स्वाभाविक थियो। उनले संसद्‌मा र बाहिर आफ्नो पक्षमा उभिने सत्तापक्ष र विपक्षी पार्टीका सांसदलाई पनि धन्यवाद दिए। रोचक चाहिँ, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरे।

'मेरो पिताजीसरह रोल निर्वाह गरिदिनुभएको, राष्ट्रनायकको रुपमा उहाँले आफूलाई उभ्याउनुभएको, केपी शर्मा ओली', शर्माले थपे, 'मैले अस्ति पनि केही गुणहरु केपी शर्मा ओलीको राम्रा छन् भनेको थिएँ, उहाँ र उहाँको पार्टीलाई, म फरक पार्टीको मान्छे भए तापनि, म हृदयको अन्तस्करणबाट धन्यवाद दिन चाहन्छु। म उहाँलाई भेट्छु पनि। उहाँले यसरी हामीसँग बुबुराहरु, जो फरक पार्टीमा रहेर, डेमोक्रेसीको पक्षमा लडिरहेका छौँ, यो देश बनाउने पक्षमा लडिरहेका छौँ,  यसरी नै राष्ट्रनायकहरुले सधैं हामीलाई बचाउँदै जानुपर्छ।'

ओलीले हौसला प्रदान गरेको भन्दै शर्माले संसद्‌मा एमालेको तर्फबाट खेलिएको भूमिकाको पनि चर्चा गरे। 'मैले पार्लियामेन्टमा पनि देखेँ। धेरैपछि मेरो मन रोयो', उनले भने।

विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माका विवादका विषयमा अनेक प्रसंग यसअघि नै सार्वजनिक भइसकेका छन्।

शर्मा रिहा हुनुभन्दा अघि त्यसै दिन दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा एमालेले उनकै विषय उठायो। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेर संसद् अवरोध गर्दै आएको एमालेका तर्फबाट बोलेकी ज्वालाकुमारी साहले त्यो समितिको आवश्यकताको विषयमा ध्यानाकर्षण गराइन्। त्यसपछि शर्माको पक्राउको विषयमा विरोध जनाइन्।

'नेपाली कांग्रेसका माननीय सुनिल शर्मा, जसले सुन काण्डमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ भनेर आवाज उठाइरहनुभएको थियो। त्यस्तो व्यक्तिलाई कुन हिसाबबाट समातिएको छ? यो कानुनले मिल्दैन,’ साहको भनाइ थियो, 'उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ। यसको घोर आपत्ति व्यक्त गर्न चाहन्छु।'

Ncell 2
Ncell 2
nimb
nimb

साहले शर्मा पक्राउको विरोध गरिरहँदा एमालेका सांसदहरु भने टेबल ठोकिरहेका थिए।

त्यसै दिन ओलीले 'पुरुष परीक्षा' नामक पुस्तक विमोचनमा पनि शर्माकै पक्ष लिएका थिए। 'सुनिल शर्माको सर्टिफिकेट फेक हो भने, यो दुई दिनमा बनाएको हो? सरकारको आलोचना गरेपछि यही दुई दिनमा बनाएको हो? अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा गर भनेपछि? यसमा कमजोरी देखियो भनेपछि?', उनले थपे, 'सुनिल शर्मालाई तत्काल पक्रिएको नि, यदि थियो भने किन लुकाउनुभयो अस्तिअस्ति? जाली सर्टिफिकेट भएको मान्छे किन लुकाउनुभयो? अस्तिअस्ति किन उम्मेदवार बनाउनुभयो? चेपेर राखेको रहेछ नि त। होइन भने किन समात्या? यस्तो कपटकपूरण खेल खेल्नुहुँदैन। विकनेस थियो भने अस्तिअस्ति किन लुकाएको? साँचै हो भने किन अस्ति नै लुकाएको? साँचै हो भने पनि अहिल्यै पक्राउ पर्नुपर्ने, दुई दिन बोलेपछि त्यसपछि 'बोल त, अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छु', त्यही हो सन्देश।'

साउन २ गते त्रिभुवन विमानस्थलको सम्पूर्ण जाँच प्रक्रिया पूरा गरी झन्डै एक क्विन्टल सुन बाहिरिएको थियो। त्यसलाई सिनामंगल छेउबाट राजस्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेपछि एमालेले गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता बिना त्रिभुवन विमानस्थलको सुरक्षा प्रणाली र भन्सारबाट सुन बाहिरिन सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समितिको माग गरेको थियो। एमालेले साउन १० गतेको प्रतिनिधि सभा बैठकमा यो विषयलाई जोड दिएर उठाएको थियो। सोही बैठकमा कांग्रेस सांसद शर्माले पनि मन्त्रीद्वयको राजीनामा माग गरेका थिए। 

'उहाँहरुले समय लिने हो भने तीन दिन, पाँच दिन, सात दिन लिएर भन्नसक्नुपर्छ, यसको मुख्य नाइके पक्रिन्छौँ। होइन भने उहाँहरुले यो अनुसन्धानको प्रक्रियालाई सहज बनाउनका निम्ति अहिलेलाई कमसे कम सुनको मुख्य मालिक पत्ता नलागुञ्जेलसम्मका निम्ति राजीनामा गरेर प्रजातान्त्रिक पद्धति र अभ्यासलाई कदर गर्नुपर्छ', उनले भने।

त्यतिबेला देशबाहिर रहेका प्रधानमन्त्री फर्किएपछि उनले अनसन बस्ने चेतावनी समेत दिएका थिए। 'प्रधानमन्त्री फर्किएपछि पनि सुनको भरिया नभई मुख्य व्यक्ति पक्राउ नपर्ने हो भने सदनभित्रबाट आमरण अनसन घोषणा गर्न चाहन्छु', उनले भने।

शर्मा आइतबार (आज) बिहान ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए। त्यसबारे पत्रकारले सोध्दा उनले 'बाले भनिहाल्नुहुन्छ नि!' भन्दै ओलीतिर संकेत गरेका थिए। ओलीले भने शर्मा भेट्न आएकोमा आफूलाई खुसी लागेको बताए। उनले न्यायको विषय भएकाले आफू शर्माको पक्षमा उभिएको पनि बताए।

ओलीले आइतबार (आज) आयोजना गरेको पत्रकार सम्मेलनमा पनि पटकपटक शर्माको प्रसंग निकाले। उनले शर्माको सर्टिफिकेटका बारेमा आफू जाँचकी नभएको भने तर यतिबेला किन छानबिन गरेको भन्दै प्रश्न पनि उठाए। शर्माले मन्त्रीको राजीनामाको कुरा उठाएकाले नै पक्राउ गरिएको ओलीले दोहोर्‍याए।

ओलीले शर्मामाथि जाली मुद्दा लगाइएको पनि बताए। 'गठबन्धनकै सांसद (सुनिल शर्मा) पनि बोलेमा समाइदिन्छु, थुनिदिन्छु, भनाइ मात्रै होइन व्यवहारमा समाउने र थुन्ने, जाली मुद्दा लगाउने, अहिले प्रमाणित नभएसम्म त्यो मुद्दा जाली नै हो, प्रमाणित भएछ भने भोलि अर्को रहेछ भनौँला। अनि यस ढंगले अडान लिनुको पछाडि के छ?', उनको प्रश्न थियो।

शर्मालाई समाउनै नहुने ओलीको तर्क थियो। उनको प्रश्न थियो, 'के सुनिल शर्मा जत्तिको, हस्पिटल चलाएको, मेडिकल कलेज चलाएको, अरु विभिन्न गतिविधिहरु गरिरहेको, एउटा जननिर्वाचित सांसद यस्ता कुरामा के देश छाडेर भाग्ला? अनि हतारहतार उसलाई गिरफ्तार गरेर कारबाही गर्नुपर्ला?'

एमालेका सचेतक महेश बर्तौलाले राज्यले सरकारको विषयमा प्रश्न उठाउनेप्रति बदलाभावमा उत्रिन खोज्यो भन्ने प्रसंगमा अध्यक्ष ओलीले आफ्नो अभिव्यक्ति दिएको बताए। 'न्यायको कुरामा, सत्यको कुरामा तेरो र मेरो भन्ने नहुन सक्छ। सत्य कुरा बोल्नुपर्छ', उनले भने, 'यसमा बोल्नै हुँदैन। यसमा बोल्दा एमालेको सारा साख समाप्त भयो भन्ने होइन। अध्यक्षले आफ्ना पार्टीका कार्यकर्ताको बारेमा मात्रै होइन, तीन करोड नेपालीको विषयमा पनि बोल्नुपर्ने हुनसक्छ। शेरबहादुर देउवा वा प्रचण्डकै बारेमा पनि बोलिदिनुपर्ने हुनसक्छ।'

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्