जर्मनी– जर्मनीको चेम्निज शहरमा कट्टर दक्षिणपन्थी आप्रबासी विरोधी र समर्थक समूहहरूले गरेका प्रदर्शनमा १८ जना घाइते भएका छन्।
गत आइतबार शङ्कास्पद एक सिरियाली र एक इराकी नागरिकले चक्कु आक्रमण गरेको भन्ने समाचारलाई लिएर चेम्निज हप्ताभर अशान्त रह्यो।
पूर्वी जर्मनीमा रहेको दक्षिणपन्थी दल एएफडी र इस्लाम धर्म विरोधी पिइजीआइडीएले हजारौँको संख्या प्रदर्शन गरेका थिए।
तर, उक्त प्रदर्शनको विरोध गर्दै कम्युनिस्ट प्रभाव रहेको शहरमा ग्रीन पार्टी र सोसल डेमोक्रेटिक पार्टीका सांसदहरूले नै नेतृत्व गरेको प्रदर्शनमा जातियता र धर्मको आधारमा कसैलाई समर्थन र विरोध गर्नु गलत हुने भन्दै सोही संख्यामा शान्तिपूर्ण र्याली निकालिएको थियो।
प्रहरीले दुवै समूहमा दश हजारभन्दा बढीको सङ्ख्यामा सहभागीता रहेको जनाएको छ। उनीहरूबिच झडपका घटनाहरू भएपछि प्रहरीले बल प्रयोग गरेका थियो।
प्रदर्शनपछि पक्ष विपक्षमा साना समूहमा विवाद हुँदा भएका घटनामा केही नागरिक घाइते भएको प्रहरीले जनाएको छ।
समाजवादी पार्टीका सांसद सोयरेन बार्तोलले मावर्ग समुदायमाथि नाजीले आक्रमण गरेकाले प्रतिकारका क्रममा केही आफ्ना साथीहरू पनि घाइते भएका बताए। शान्तिपूर्ण प्रदर्शनपछि बस चढ्न स्टेसनतर्फ हिँडेको समयमा घटना भएको उनले बताए।
प्रहरीले कम्तीमा ३७ सम्भावित भडपका घटनालाई टारेको र केही मानिस घाइते भएको आइतबार जारी विज्ञप्तिमा जनाइएको छ।
चेम्निज सहरबाट टाढा एक जना अफगानी नागरिकलाई नकावधारी चार जनाको समूहले आक्रमण गरेको जनाउँदै उनीहरू प्रदर्शनकारी भए नभएको प्रहरीले अनुसन्धान सुर गरेको बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।