काठमाडौं– इंग्लिस क्लब ब्राइटनका मिडफिल्डर मोइसेज काइसेडोलाई चेल्सीले अनुबन्धन गरेको छ। काइसेडोलाई चेल्सीले ११५ मिलियन पाउण्डमा अनुबन्धन गरेको हो।
शुक्रबार मात्रै लिभरपुलले २१ वर्षीय इक्वेडर खेलाडी काइसेडोका लागि १११ मिलियन पाउण्ड तिर्न तयार भएको थियो। तर लिभरपुललाई उछिन्दै चेल्सीले ११५ मिलियन बाउन्डमा काइसेडोलाई भित्र्यायो।
योसँगै चेल्सीले दुई पटक ब्रिटिस रेकर्ड तोड्दै खेलाडी अनुबन्धन गरेको छ। यसअघि चेल्सीले १०७ मिलियन पाण्डमा इन्जो मार्टिनेजलाई खरिद गरेको थियो। मार्टिनेजको त्यो रेकर्ड तोड्दै अहिले ११५ मिलियनमा काइसेडोलाई खरिद गरेको हो।
सम्झौता भएसँगै चेल्सीले काइसेडोको मेडिकल प्रक्रिया अघि बढाउन सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।