काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) बिहानैदेखि देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। आइतबार बिहान १०:३० बजेसम्म बर्दिया, सिन्धुली र मकवानपुरमा भारी वर्षा भइरहेको छ।
आइतबार दिउँसो पनि धेरै ठाउँमा भारी तथा अति भारी वर्षा हुने विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार ईलाम, झापा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट र आसपास भएर बहने केही साना तथा ठूला नदीहरुमा आकस्मिक बहावको जोखिम छ। यस्तै, पर्सा, बारा, चितवन, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहूँ, बाग्लुङ, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पुर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, दाङ, बाँके, बर्दिया, कालीकोट, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा पनि बाढीको जोखिम छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार सुर्खेत, दैलेख, अछाम, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा बाढीको उच्च जोखिम छ। ती जिल्ला र आसपासका नदीहरुमा आइतबार आकस्मिक बाढी आउने उच्च जोखिम रहेको महाशाखाले जनाएको छ।
साथै, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, दोलखा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कास्की, स्याङजा, पर्वत, म्याग्दी, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा र आसपास भए बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।