काठमाडौं– नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनिस्थित मायादेवी मन्दिर जीर्णोद्धारका लागि सात करोड रकम दिने भएका छन्।
शुक्रबार बसेको विकास कोषको बैठकमा लामाले सरकार र दाताहरुको सहयोगबिना नै मन्दिरको जीर्णोद्धारका लागि व्यक्तिगत रुपमा सहयोग गर्ने प्रस्ताव गरेका हुन्।
उनले आफूले मन्दिर जीर्णोद्धारका लागि सात करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गरेका छन्। बैठकले उक्त प्रस्तावलाई स्वीकृतसमेत गरेको छ।
हाल मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने अवस्था छ। कुनै पनि बेला मन्दिर भत्किन सक्ने जोखिममा रहेकाले कोष खडा गरेर यसको जीर्णोद्धार गरिने उपाध्यक्ष लामाले बताएका छन्। बैठकले कोषको सम्पर्क कार्यालय काठमाडौंमा राख्न अर्को बैठकमा प्रस्ताव पेस गर्ने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।