• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सेलिब्रिटीमा बढ्दो मानसिक समस्या, ‘अटेन्सन सिक’ प्रकोप र ‘नेपालमा केही हुँदैन’ सिन्ड्रोम!
64x64
डिबी खड्का आइतबार, साउन २८, २०८०  ०७:४४
1140x725

काठमाडौं– रोजिशा शाही ठकुरी,  सन् २०१३ को मिस अर्थ विजेता हुन्। अर्थात् मिस नेपालको फस्ट रनरअप। त्यसपछि उनले अनमोल केसी स्टारर फिल्म ‘ग्याङस्टार ब्लुज’लगायतमा काम गरिन्। ग्ल्यामर्स दुनियाँलाई उनले त्योभन्दा बढी अंगाल्न चाहिनन्। 

अहिले उनी आफूले अध्ययन गरेको मनोविज्ञानलाई लिएर काम गरिरहेकी छिन् मनोविद्का रुपमा। ‘हेल्थी माइन्डस नेपाल’ भनेर आफ्नै परामर्श केन्द्र चलाउँछिन्। कलेजहरूमा मनोविज्ञान पढाउँछिन् र विभिन्न सामाजिक संस्थाहरूले मनोविज्ञानसँग जोडिएर आयोजना गर्ने कार्यक्रममा सहभागी बनेर चेतना प्रसार गर्छिन्।

सामाजिक सञ्जाल ‘टिकटक’मार्फत् पनि उनी मानसिक स्वास्थ्यका विषयमा ‘टिप्स’ दिइरहन्छिन्। मानसिक स्वास्थ्यका विषयलाई लिएर त्यहाँ धेरै हेरिनेमध्येकी एक हुन् उनी। उनले विशेषगरी किशोर/किशोरी र युवालाई लक्षित गरेर मानसिक समस्याका बारेमा जानकारी बाँडिरहेकी हुन्छिन्। 

मनोरञ्‍जन क्षेत्रलाई मिस अर्थ र हिरोइनका रुपमा नजिकबाट नियालेकी उनीसँग त्यही क्षेत्रको मनोदशाबाट हामीले संवादको सुरुवात गर्‍यौं। किनभने भर्खरै एकजना युवा अभिनेताले आत्महत्या गरेको खबर सेलाएको छैन। अर्की अभिनेत्रीले आफूले भोगेको मानसिक समस्या र त्यसबाट बाहिर निस्किन गरेको संघर्ष सहकर्मीसँग 'पोडकास्ट'मार्फत् बाँडेकी छन्। 

सेलिब्रिटी र मानसिक दबाब
रोजिशाका अनुसार अहिले मानसिक स्वास्थ्यको समस्‍या समाजमै बढ्दो छ। त्यसैमाथि सेलिब्रिटी 'पब्लिक फिगर' हुन्। उनीहरुको लवाइखवाइ, बोलीभाषा र जीवनशैली आमजनको आँखाबाट दूर हुँदैन। रोजिशा थप्‍छिन्, 'सानो कुरामा पनि टिप्पणी गरिन्छ।

बोलेका कुरामा 'कन्ट्रोभर्सी' सिर्जना गर्न खोजिन्छ। मिम बनाइन्छ। त्यसैमाथि सेलिब्रिटी भएका कारण आफूलाई सम्हाल्नुपर्ने प्रेसर सदा रहन्छ।' 

यहीँनेर जोडिन्छ- मानसिक स्वास्थ्यलाई लिएर आमजनमा रहेको चेतनाको अभाव। उनीहरुले आफ्ना कुरा राख्न खोज्यो भने आमजनको प्रतिक्रिया हुन्छ- यसले अटेन्सन खोज्यो।

उनले अहिले सेलिब्रिटीहरू दबाबमा हुनुका अन्य कारण पनि पहिल्याएकी छन्। त्यसमा एउटा हो, कामको अभाव। अन्य क्षेत्रमा पनि छन्। यो क्षेत्रमा अझ बढी छन। उनले देखे-भोगेको कुरा हो,  'मनोरञ्जन क्षेत्रलाई विलाशिताका रुपमा लिइन्छ। आर्थिक संकटमा सवैभन्दा पहिले कटौतीमा पर्ने मनोरञ्जन क्षेत्र नै हो।'

Ncell 2
Ncell 2

यसका बाबजुद पनि आफूलाई चुस्तदुरुस्त राख्नुपर्ने सामाजिक दबाब, व्यक्तिगत छविलाई लिएर आफैंभित्र चलिरहेको अन्तरद्वन्द्व व्यवस्थापन र खुट्टा तान्ने प्रवृत्तिका कारण पनि यो क्षेत्रमा रहेकाहरुको मानसिक अवस्था जर्जर बन्दै गइरहेको उनले महशुस गरेकी छन्। 

केही सेलिब्रिटीहरु मानसिक स्वास्थ्यका विषयमा बोल्ने आँट जुटाउँछन्। जस्तो, भर्खरै पूर्व मिस नेपाल तथा टिभी पर्सनालिटी माल्भिका सुब्बाले जुटाइन्। आफूले भोगेको कुराबाट अरु सचेत होऊन् भन्ने प्रसिद्ध उद्देश्यका कारण उनले गरेको आँटलाई सम्मान गर्ने एउटा पंति हुन्छ- तर सानो। रोजिशा भन्छिन्, ‘बोल्नुअघि अर्को डर पनि सँगै रहन्छ- श्रीमान् छाडिन्, अटेन्सन सिक गर्न खोजिन् भन्नेहरु पनि हुन्छन्। त्यो सहेर बोल्नुभएको छ। जसले आम मान्छेलाई समेत हिम्‍मत दिएको छ। सेलिब्रिटी यसरी बोलिदिँदा चेतना फैलाउन सजिलो हुन्छ।’

सेलिब्रिटी वा चिनिएका मान्छेहरू यस्ता कुरामा बोल्न किन डराउँछन्?  रोजिशाको उत्तर छ,  'मानसिक स्वास्थ्यलाई लिएर आमजनको बुझाइ छ-  'फेमस हुनका लागि बोल्यो। अटेन्सन खोज्यो। नाम छ, धन छँदैछ, यसलाई पनि डिप्रेशन हुन्छ र? मानसिक समस्या हुन्छ र?’

रोजिशाको सिधा-सोझो उत्तर छ, ‘कोहीपनि मानसिक समस्याबिरुद्धको कवज लिएर जन्मेका छैनौं। त्यसैले कुनै न कुनै समयमा हुन्छ। त्यसलाई सामान्य रुपमा लिनुपर्छ।’ 

अटेनसन सिक प्रकोप
मान्छेहरूले भन्नेलाई सजिलै भनिदिन्छन्, ‘अटेन्सन सिक' गर्‍यो।’ अटेन्सन खोजिरहने बानी पनि कुनैदिन मानसिक स्वास्थ्‍यका लागि हानिकारक बन्ने सक्छ भन्ने धेरैलाई थाहा हुँदैन। 

सामान्यतया मान्छेले अटेन्सन वा आफूप्रति अरु आकर्षित भएकै रुचाउँछ। रोजिशाले पढेको मनोविज्ञानले भन्छ, 'सामान्यतया हामी माया रुचाउँछौँ। तिमी राम्री छौ भन्दा खुसी हुन्छौं। यस्तो गरेको रहेछौ भन्दा दंग पर्छौं। तपाईंले टिकटक हेरें भन्दा पनि खुसी भएँ म। यो स्वभाव हो तर जब सधैं प्रशंसाकै लागि लागिपर्ने वा आफूतिर जसरी भएपनि आकर्षित गर्ने बानी पर्‍यो भनेचाहिँ समस्या हुन्छ।'

रोजिशाले अहिले सामाजिक सञ्जालका कारण मौलाइरहेको 'अटेन्सन सिकिङ'लाई संवादका क्रममा उठाइन्। जसले केही किशोरावस्थाकालाई मात्रै होइन,  वयष्कलाई समेत गाँजेको देखिन्छ। उनीहरुले आफूतिर ध्यानाकर्षण गराउन सामाजिक सञ्‍जालमा (अ)सामाजिक गतिविधिहरु समेत प्रस्तुत गरेको देखिन्छ।

रोजिशाले त्यसलाई पनि नजिकबाट हेरेकी छन्। जस्तो, टिकटकमा बढी भिडियो बनाउने र त्यसैमा भुलिरहने लतले केहीलाई गाँजेको छ। आफूलाई 'सेक्सुअल वे'मा प्रस्तुत गर्ने गरेका छन्। उमेर भन्दा बढी लाग्ने पहिरनमा देखिने गरेका छन्। 

उदाहरणका लागि १५ वर्षकी किशोरीले २५ वर्षको युवतीझैं आफूलाई एक्पोज गरेर प्रस्तुत गरेकी छन्। अर्को मुख्य समस्या भनेको आफूले चाहेको माया नपाउँदा हात नै काट्ने गरेका छन्। उनीहरुलाई लाग्छ, ‘त्यसपछि आफूले जे भन्यो त्यही उसले गर्छ। गर्नुपर्छ।’

उनले कारण बताइन्,  ‘अहिले सामाजिक सञ्जालमा सानैदेखि एक्सपोजर छ। त्यहाँ गरिने गतिविधिबाट तत्कालै प्रशंसा प्राप्ति भइहाल्छ। त्यसपछि झन् चाहना बढ्छ। त्यसले समस्याको रुप लिन सक्छ। अहिलेको पुस्तामा यो समस्या बढी छ।’

बढ्दो प्रोक्र्यास्टिनेसन
सामाजिक सञ्जालकै कुरा गर्दा त्यसले बढाएको अर्को मानसिक स्वास्थ्यमा ल्याउने समस्या हो,  प्रोक्र्यास्टिनेसन अर्थात् टालटुले बानी।

सामाजिक सञ्जालका कारण निर्दृष्ट कार्यमा एकोहोरिने बानी हट्न थालेको छ। स्क्रिन टाइम बढेको छ। त्यसैमाथि सूचनाको 'ओभरडोज' छ। रोजिशा भन्छन्, 'धेरैले मैले गर्ने काममा अन्तिममा मात्रै मन जान्छ भनिरहेका हुन्छन्। अहिले डिस्ट्र्याक्सन बढी छ। सामाजिक सञ्जालको सजिलै उपभोग गर्ने पाउने हुँदा लत लाग्छ। धेरै समय टिकटक चलाउने बानी पर्न थालेको छ।

बिहान उठ्नेवित्तिकैबाट बेलुकीसम्मै मोबाइलमा व्यस्त हुन्छौं। यसले गर्दा नियमित कामलाई टालटुल गर्ने बानी समस्याका रुपमा निस्किएको छ।'

'नेपालमा केही हुँदैन' सिन्ड्रोम!
र, अहिले युवा र वयष्कलाई अर्को एउटा समस्याले गाँजेको छ, 'नेपालमा केही हुँदैन' सिन्ड्रोम। परामर्शका रोजिशाकहाँ आउनेहरूमा युवा र वयस्कले करियरलाई लिएर उत्पन्न तनावका विषयमा कुरा गर्छन्।

उनले भनिन्,  'विदेश जाने र नजानेबारे बढी देखिन्छ। विदेश जान पाइएन भने करियर नै सकियो भन्ने खालको सोच अभिभावक र विद्यार्थी दुवै देखिन्छ। पैसा कमाउनु नै अन्तिम लक्ष्य जस्तो भएको छ। जसले समस्या सिर्जना गरेको छ।'

मनो परामर्शदाताका रुपमा उनी भनिरहन्छिन्- 'पैसा थोरै भयो भने गाह्रो हुन्छ तर धेरै पैसा भएपछि मानसिक समस्या नहुने होइन। त्यो बुझ्नुपर्छ।'

किनभने उनीकहाँ मानसिक समस्या लिएर आउने त विदेश पुगेर घरगाडी किनेर टन्न पैसा कमाएकाहरु पनि छन्। उनीहरु मानसिक रुपमा जिर्ण भएपछि भन्छन्, ‘परिवारबाट टाढा भइयो। एक्लै महशुस गरिरहेको छु। परिवारको साथ सहयोग छैन। वर्किङ आवर बढी भयो।’

उनले दोहोर्‍याएर भन्ने गरेकी छिन्, 'मानसिक रोगको कवच हुँदैन। मानसिक समस्या नहुने देश हुँदैन।'

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्