• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सेलिब्रिटीमा बढ्दो मानसिक समस्या, ‘अटेन्सन सिक’ प्रकोप र ‘नेपालमा केही हुँदैन’ सिन्ड्रोम!

64x64
डिबी खड्का आइतबार, साउन २८, २०८०  ०७:४४
1140x725

काठमाडौं– रोजिशा शाही ठकुरी,  सन् २०१३ को मिस अर्थ विजेता हुन्। अर्थात् मिस नेपालको फस्ट रनरअप। त्यसपछि उनले अनमोल केसी स्टारर फिल्म ‘ग्याङस्टार ब्लुज’लगायतमा काम गरिन्। ग्ल्यामर्स दुनियाँलाई उनले त्योभन्दा बढी अंगाल्न चाहिनन्। 

अहिले उनी आफूले अध्ययन गरेको मनोविज्ञानलाई लिएर काम गरिरहेकी छिन् मनोविद्का रुपमा। ‘हेल्थी माइन्डस नेपाल’ भनेर आफ्नै परामर्श केन्द्र चलाउँछिन्। कलेजहरूमा मनोविज्ञान पढाउँछिन् र विभिन्न सामाजिक संस्थाहरूले मनोविज्ञानसँग जोडिएर आयोजना गर्ने कार्यक्रममा सहभागी बनेर चेतना प्रसार गर्छिन्।

सामाजिक सञ्जाल ‘टिकटक’मार्फत् पनि उनी मानसिक स्वास्थ्यका विषयमा ‘टिप्स’ दिइरहन्छिन्। मानसिक स्वास्थ्यका विषयलाई लिएर त्यहाँ धेरै हेरिनेमध्येकी एक हुन् उनी। उनले विशेषगरी किशोर/किशोरी र युवालाई लक्षित गरेर मानसिक समस्याका बारेमा जानकारी बाँडिरहेकी हुन्छिन्। 

मनोरञ्‍जन क्षेत्रलाई मिस अर्थ र हिरोइनका रुपमा नजिकबाट नियालेकी उनीसँग त्यही क्षेत्रको मनोदशाबाट हामीले संवादको सुरुवात गर्‍यौं। किनभने भर्खरै एकजना युवा अभिनेताले आत्महत्या गरेको खबर सेलाएको छैन। अर्की अभिनेत्रीले आफूले भोगेको मानसिक समस्या र त्यसबाट बाहिर निस्किन गरेको संघर्ष सहकर्मीसँग 'पोडकास्ट'मार्फत् बाँडेकी छन्। 

सेलिब्रिटी र मानसिक दबाब
रोजिशाका अनुसार अहिले मानसिक स्वास्थ्यको समस्‍या समाजमै बढ्दो छ। त्यसैमाथि सेलिब्रिटी 'पब्लिक फिगर' हुन्। उनीहरुको लवाइखवाइ, बोलीभाषा र जीवनशैली आमजनको आँखाबाट दूर हुँदैन। रोजिशा थप्‍छिन्, 'सानो कुरामा पनि टिप्पणी गरिन्छ।

बोलेका कुरामा 'कन्ट्रोभर्सी' सिर्जना गर्न खोजिन्छ। मिम बनाइन्छ। त्यसैमाथि सेलिब्रिटी भएका कारण आफूलाई सम्हाल्नुपर्ने प्रेसर सदा रहन्छ।' 

यहीँनेर जोडिन्छ- मानसिक स्वास्थ्यलाई लिएर आमजनमा रहेको चेतनाको अभाव। उनीहरुले आफ्ना कुरा राख्न खोज्यो भने आमजनको प्रतिक्रिया हुन्छ- यसले अटेन्सन खोज्यो।

उनले अहिले सेलिब्रिटीहरू दबाबमा हुनुका अन्य कारण पनि पहिल्याएकी छन्। त्यसमा एउटा हो, कामको अभाव। अन्य क्षेत्रमा पनि छन्। यो क्षेत्रमा अझ बढी छन। उनले देखे-भोगेको कुरा हो,  'मनोरञ्जन क्षेत्रलाई विलाशिताका रुपमा लिइन्छ। आर्थिक संकटमा सवैभन्दा पहिले कटौतीमा पर्ने मनोरञ्जन क्षेत्र नै हो।'

Ncell 2
Ncell 2
nimb
nimb

यसका बाबजुद पनि आफूलाई चुस्तदुरुस्त राख्नुपर्ने सामाजिक दबाब, व्यक्तिगत छविलाई लिएर आफैंभित्र चलिरहेको अन्तरद्वन्द्व व्यवस्थापन र खुट्टा तान्ने प्रवृत्तिका कारण पनि यो क्षेत्रमा रहेकाहरुको मानसिक अवस्था जर्जर बन्दै गइरहेको उनले महशुस गरेकी छन्। 

केही सेलिब्रिटीहरु मानसिक स्वास्थ्यका विषयमा बोल्ने आँट जुटाउँछन्। जस्तो, भर्खरै पूर्व मिस नेपाल तथा टिभी पर्सनालिटी माल्भिका सुब्बाले जुटाइन्। आफूले भोगेको कुराबाट अरु सचेत होऊन् भन्ने प्रसिद्ध उद्देश्यका कारण उनले गरेको आँटलाई सम्मान गर्ने एउटा पंति हुन्छ- तर सानो। रोजिशा भन्छिन्, ‘बोल्नुअघि अर्को डर पनि सँगै रहन्छ- श्रीमान् छाडिन्, अटेन्सन सिक गर्न खोजिन् भन्नेहरु पनि हुन्छन्। त्यो सहेर बोल्नुभएको छ। जसले आम मान्छेलाई समेत हिम्‍मत दिएको छ। सेलिब्रिटी यसरी बोलिदिँदा चेतना फैलाउन सजिलो हुन्छ।’

सेलिब्रिटी वा चिनिएका मान्छेहरू यस्ता कुरामा बोल्न किन डराउँछन्?  रोजिशाको उत्तर छ,  'मानसिक स्वास्थ्यलाई लिएर आमजनको बुझाइ छ-  'फेमस हुनका लागि बोल्यो। अटेन्सन खोज्यो। नाम छ, धन छँदैछ, यसलाई पनि डिप्रेशन हुन्छ र? मानसिक समस्या हुन्छ र?’

रोजिशाको सिधा-सोझो उत्तर छ, ‘कोहीपनि मानसिक समस्याबिरुद्धको कवज लिएर जन्मेका छैनौं। त्यसैले कुनै न कुनै समयमा हुन्छ। त्यसलाई सामान्य रुपमा लिनुपर्छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अटेनसन सिक प्रकोप
मान्छेहरूले भन्नेलाई सजिलै भनिदिन्छन्, ‘अटेन्सन सिक' गर्‍यो।’ अटेन्सन खोजिरहने बानी पनि कुनैदिन मानसिक स्वास्थ्‍यका लागि हानिकारक बन्ने सक्छ भन्ने धेरैलाई थाहा हुँदैन। 

सामान्यतया मान्छेले अटेन्सन वा आफूप्रति अरु आकर्षित भएकै रुचाउँछ। रोजिशाले पढेको मनोविज्ञानले भन्छ, 'सामान्यतया हामी माया रुचाउँछौँ। तिमी राम्री छौ भन्दा खुसी हुन्छौं। यस्तो गरेको रहेछौ भन्दा दंग पर्छौं। तपाईंले टिकटक हेरें भन्दा पनि खुसी भएँ म। यो स्वभाव हो तर जब सधैं प्रशंसाकै लागि लागिपर्ने वा आफूतिर जसरी भएपनि आकर्षित गर्ने बानी पर्‍यो भनेचाहिँ समस्या हुन्छ।'

रोजिशाले अहिले सामाजिक सञ्जालका कारण मौलाइरहेको 'अटेन्सन सिकिङ'लाई संवादका क्रममा उठाइन्। जसले केही किशोरावस्थाकालाई मात्रै होइन,  वयष्कलाई समेत गाँजेको देखिन्छ। उनीहरुले आफूतिर ध्यानाकर्षण गराउन सामाजिक सञ्‍जालमा (अ)सामाजिक गतिविधिहरु समेत प्रस्तुत गरेको देखिन्छ।

रोजिशाले त्यसलाई पनि नजिकबाट हेरेकी छन्। जस्तो, टिकटकमा बढी भिडियो बनाउने र त्यसैमा भुलिरहने लतले केहीलाई गाँजेको छ। आफूलाई 'सेक्सुअल वे'मा प्रस्तुत गर्ने गरेका छन्। उमेर भन्दा बढी लाग्ने पहिरनमा देखिने गरेका छन्। 

उदाहरणका लागि १५ वर्षकी किशोरीले २५ वर्षको युवतीझैं आफूलाई एक्पोज गरेर प्रस्तुत गरेकी छन्। अर्को मुख्य समस्या भनेको आफूले चाहेको माया नपाउँदा हात नै काट्ने गरेका छन्। उनीहरुलाई लाग्छ, ‘त्यसपछि आफूले जे भन्यो त्यही उसले गर्छ। गर्नुपर्छ।’

उनले कारण बताइन्,  ‘अहिले सामाजिक सञ्जालमा सानैदेखि एक्सपोजर छ। त्यहाँ गरिने गतिविधिबाट तत्कालै प्रशंसा प्राप्ति भइहाल्छ। त्यसपछि झन् चाहना बढ्छ। त्यसले समस्याको रुप लिन सक्छ। अहिलेको पुस्तामा यो समस्या बढी छ।’

बढ्दो प्रोक्र्यास्टिनेसन
सामाजिक सञ्जालकै कुरा गर्दा त्यसले बढाएको अर्को मानसिक स्वास्थ्यमा ल्याउने समस्या हो,  प्रोक्र्यास्टिनेसन अर्थात् टालटुले बानी।

सामाजिक सञ्जालका कारण निर्दृष्ट कार्यमा एकोहोरिने बानी हट्न थालेको छ। स्क्रिन टाइम बढेको छ। त्यसैमाथि सूचनाको 'ओभरडोज' छ। रोजिशा भन्छन्, 'धेरैले मैले गर्ने काममा अन्तिममा मात्रै मन जान्छ भनिरहेका हुन्छन्। अहिले डिस्ट्र्याक्सन बढी छ। सामाजिक सञ्जालको सजिलै उपभोग गर्ने पाउने हुँदा लत लाग्छ। धेरै समय टिकटक चलाउने बानी पर्न थालेको छ।

बिहान उठ्नेवित्तिकैबाट बेलुकीसम्मै मोबाइलमा व्यस्त हुन्छौं। यसले गर्दा नियमित कामलाई टालटुल गर्ने बानी समस्याका रुपमा निस्किएको छ।'

'नेपालमा केही हुँदैन' सिन्ड्रोम!
र, अहिले युवा र वयष्कलाई अर्को एउटा समस्याले गाँजेको छ, 'नेपालमा केही हुँदैन' सिन्ड्रोम। परामर्शका रोजिशाकहाँ आउनेहरूमा युवा र वयस्कले करियरलाई लिएर उत्पन्न तनावका विषयमा कुरा गर्छन्।

उनले भनिन्,  'विदेश जाने र नजानेबारे बढी देखिन्छ। विदेश जान पाइएन भने करियर नै सकियो भन्ने खालको सोच अभिभावक र विद्यार्थी दुवै देखिन्छ। पैसा कमाउनु नै अन्तिम लक्ष्य जस्तो भएको छ। जसले समस्या सिर्जना गरेको छ।'

मनो परामर्शदाताका रुपमा उनी भनिरहन्छिन्- 'पैसा थोरै भयो भने गाह्रो हुन्छ तर धेरै पैसा भएपछि मानसिक समस्या नहुने होइन। त्यो बुझ्नुपर्छ।'

किनभने उनीकहाँ मानसिक समस्या लिएर आउने त विदेश पुगेर घरगाडी किनेर टन्न पैसा कमाएकाहरु पनि छन्। उनीहरु मानसिक रुपमा जिर्ण भएपछि भन्छन्, ‘परिवारबाट टाढा भइयो। एक्लै महशुस गरिरहेको छु। परिवारको साथ सहयोग छैन। वर्किङ आवर बढी भयो।’

उनले दोहोर्‍याएर भन्ने गरेकी छिन्, 'मानसिक रोगको कवच हुँदैन। मानसिक समस्या नहुने देश हुँदैन।'

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्