• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

चामलदेखि गोलभेडासम्ममा ठगिँदै उपभोक्ता, कसले बढाइरहेछ महँगी?

64x64
कल्पना घिमिरे शुक्रबार, साउन २६, २०८०  ०६:५६
1140x725

काठमाडौं – ‘गोलभेडा कसरी छ?’ 

‘पाउको ४० रुपैयाँ।’

‘पाउको ४०? के साह्रो भाउ बढेको? पहिले त ४० रुपैयाँमा किलो आउँथ्यो।’

‘हामीलाई नै किलोको  १९० पर्छ। १० रुपैयाँ त नाफा राख्नुपर्‍यो नि।’

‘यस्तो महँगो गोलभेडा नखाए नि मरिँदैन। बरु कागती लैजान्छु।’

बुधबार साँझ कुलेश्वरको फुटपाथमा गाढामा तरकारी बेच्दै गरेकी महिला र तरकारी किन्न आएकी अर्की महिलाबीचको संवाद हो यो। हातमा उठाएको महँगो गोलभेडा गाढामै राखेर कागती उठाएर ती महिलाले बाटो तताइन्।

असारको पहिलो साता २ रुपैयाँ किलो पनि नबिकेको भन्दै कालिमाटी तरकारी बजारका पसलेहरूले बाटैमा टमाटार फ्याकेर विरोध गरे। यद्यपि, किसानबाट बढी टमाटार सप्लाई भएपछि केही टमाटर फ्याकेर मूल्यवृद्धि गर्न खोजेको आरोप व्यापारीलाई लागेको थियो। किनभने यसो गर्दा व्यापारीलाई दुई फाइदा हुन आउँथ्यो। एक– बजारमा मूल्य छैन भनेर किसानले सस्तोमा टमाटार सप्लाई गर्थे। र दोस्रो– कृत्रिम अभाव खडा गरी व्यापारीले टमाटरको मूल्यवृद्धि गर्न सक्थे।

नभन्दै त्यसको दुई सातापछि गोलभेडाको भाउ ह्वात्तै बढ्यो। उक्त मूल्य बढ्दै गएर अहिले बजारमा प्रतिकिलो टमाटरको मूल्य २ सय रुपैयाँसम्म पर्ने गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गोलभेडाको मूल्य आकाशिनुको अर्को कारण हो भारतमा यसको मूल्य बढ्नु। नेपालमा गोलभेडाले मूल्य नै नपाइरहेको बेला भारतमा यसको मूल्य भारु २ सय सम्म पुग्यो। जसकारण अवैध बाटोबाट नेपालको गोलभेडा भारत जान थाल्यो। यसरी एकातर्फ कृत्रिम बजारको अभाव, त्यसपछि टमाटरको अभाव अनि भारत निर्यातका कारण नेपाली बजारमा पनि यसको मूल्य बढ्दै गयो। अहिले उत्पादन घट्दै गएको र किसानले गोलभेडा भारत पठाउन थालेपछि अभाव भएर मूल्य बढेको होलसेल व्यापारीहरू बताउँछन्। यता खुद्राव्यापारीहरूको कथन भने होलसेलमै बढेकाले आफूले मूल्य बढाउन बाध्य भएको छ।

गोलभेडाको मूल्य बढेसँगै यतिबेला भान्सामा उपभोग हुने अधिकांश वस्तुको मूल्य बढेको छ। भान्सा महँगो भएपछि उपभोक्ताहरू मारमा परेका छन्। भान्सामा अत्यधिक प्रयोग हुने चामल, गोलभेडा र जिरा (मसला) यी ३ वस्तुको मूल्य आकाशिएको छ। 

करिब तीन महिनाअघि ४५० रुपैयाँ प्रति किलोमा बिक्री हुँदै आएको जिरा एक्कासी बजारमा तेब्बरले मूल्य बढेको छ। अहिले जिराको मूल्य प्रति किलो १२ सय रुपैयाँ पुगेको छ।

भारतले गैरबासमती चामल निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपाली बजारमा चामलको भाउ आकाशिएको हो। २५ किलो परिमाण भएको एक बोरा चामलमा दुई सय रुपैयाँ भन्दा बढि मूल्य बढाइएको पाइएको छ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्यले भारतले निर्यातमा रोक लगाउने निर्णय गरेपछि आयातकर्ताले जिरा मासिनो र सोना मन्सुली चामलको मूल्य बढाएको बताए। बोरामा दुई सय रुपैयाँदेखि २५० रुपैयाँसम्म आयातकर्ताले मूल्य बढाएपछि बजारमा चामलको मूल्य चर्को भएको जानकारी उनले दिए।

चामलको आयात नरोकिँदै सल्बलाए कालाबजारी
व्यापारीले चामलको आयात रोकिएको भनेर मूल्य बढाए पनि भारतले नेपाललाई कुनै पनि चामल निर्यातमा हालसम्म रोक नलगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी प्रवक्ता राधिका अर्याल बताउँछिन्।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादमा पनि नेपालका लागि चामल निर्यात रोक नलगाउने समझदारी भएको जानकारी उनले दिइन्।

‘भारतले विश्वभरी निर्यात नगर्ने नीति ल्याएको हो। तेस्रो मुलुकका लागि उक्त नीति ल्याए पनि नेपालमा भने चामल रोक लगाएको छैन। अहिले पहिला जति आयात हुन्थ्यो, त्यति नै आयात भइरहेको छ। भारतबाट  मूल्य  बढेर पनि आएको छैन,’ अर्यालले भनिन्।

अहिले सहज रुपमा चामल भारतबाट नेपाल आइरहेको उनको भनाइ छ। तर व्यापारीहरूले भारतले चामल रोक लगायो भन्दै मूल्य बढाइसकेका छन्। कुलेश्वरको कृष्ण ट्रेडर्स एण्ड सप्लायर्स (चामल होलसेल विक्रेता) मा पहिला १८ सय रुपैयाँ पर्ने २५ केजी परिमाणको जिरा मसिनो चामल अहिले २ हजार १५० रुपैयाँ पर्न थालेको छ। सो चामलको मूल्य छेवैको दक्ष खाद्यान्न स्टोरमा भने १ हजार ९५० रुपैयाँ रहेको छ। यसरी व्यापारीहरूले आफूखुसी मूल्य निर्धारण गरेको देखिन्छ।

यहाँ पसलैपिच्छे फरक मूल्यमा चामल बिक्री भएको पाइएको छ। कुनै पसलमा १५० रुपैयाँ बढाइएको छ भने, कुनमा २ सयदेखि ३ सय रुपैयाँसम्म मूल्य बढाएर बिक्री भइरहेको पाइएको छ।

यता खुद्रा व्यापारीहरू भने होलसेलमा मूल्य बढेर आफूहरूले मूल्य बढाउन बाध्य रहेको बताउँछन्। 

भारतले निर्यात रोक लगाउने भन्ने बित्तिकै रोक नलाउँदै नेपालका व्यापारीहरूले चामलको मूल्य बढाएको उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णुप्रसाद तिमिल्सिनाले बताए।

‘उताबाट चामल आयात भइरहेको छ। रोक लगायो भनेर अफवाह फैलाएर यहाँ मूल्य बढाइएको छ,’ उनले भने।

सरकारले मूल्य तोक्न नसक्दा महँगी बढ्यो
उपभोक्ता संरक्षण ऐन २०७५ ले प्रत्येक वस्तु र सेवाको मूल्य सरकारले निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। अत्यावश्यक वस्तुको बजार मूल्य सरकारले आफैले  निर्धारण गर्दछ। तर सरकारले अत्यावश्यक वस्तुको मूल्य तोक्न नसक्दा व्यापारी र बिचौलियाले मनोमानी मूल्य बढाइरहेको उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव तिमिल्सिनाले बताए।

आधारभूत वस्तु तथा सेवाको मूल्य निर्धारण गर्न बनाइएको ऐन सरकारले परिचालन गर्न नसक्दा महँगी बढेको तिमिल्सिना बताउँछन्। 

‘पहिला त सरकारले बजारमा कति वटा तह छ? उत्पादकबाट उपभोक्ता सम्म कसरी पुग्छ? यसबारे अध्ययन हुनुपर्यो। बिचौलियाको हातमा नपरी उत्पादकबाट सिधै उपभोक्तासम्म पुग्ने वातावरण बनाउनु पर्यो,’ उनले भने, ‘सरकारको मूल्यसम्बन्धी आफ्नो नीति नै छैन। त्यसैले बजारमा महँगी बढेको छ।’

बजारको अनुगमन तथा नियमन गर्न बनेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन लचिलो हुँदा बजारमा महँगी बढेको उनी बताउँछन्।

‘विभागले नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने आपूर्तिको व्यवस्था, उत्पादनको अवस्थाबारे जानकारी गराउनुपर्ने बजारमा कति स्टक छ त्यो सबै काम गर्नुपर्नेमा केही काम गरेको अवस्था छैन। त्यो  ठाउँमा जनशक्ति पनि सरकारले पूरा गरेको छैन। विभागको उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध छैन,’ उनले भने।

विभागमा काम गर्ने अधिकार प्राप्त व्यक्तिमा पनि काम गर्ने इच्छाशक्ति नहुँदा बजार अनुगमन प्रभावकारी नभएको उनको भनाइ छ।

‘बजारमा महँगी बढ्छ। उपभोक्ताले किन बढ्यो भन्दा होलसेलबाट बढेर आयो भन्ने जवाफ व्यापारीहरूले आउँछ। होलसेलले अर्को बहाना बनाउँछ। तह–तहमा मूल्य बढ्छ, सरकारलाई थाहा हुँदैन। यसको मारमा उपभोक्ता पर्छन्। यसबारे न सरकारलाई चासो छ न मातहतका निकायलाई,’ उनले भने। 

महँगी हुन नदिन सरकार र सरकार मातहतको निकाय सक्रिय हुनुपर्ने उनले बताए। सरकार मौन रहे महँगीको कारण देशमा ठूलो आर्थिक सङ्कट आउने उनी बताउँछन्।

‘आफ्नो उत्पादन गर्न सकेको छैन। सबै कुरामा परनिर्भर छ। त्यसमाथि महँगी बढ्दै जाने हो भने उपभोक्ता अत्यावश्यक सेवाबाट बञ्चित हुन्छन्। विभिन्न समस्या आउँछ,’ उनले भने, ‘पोषणयुक्त वस्तुको अभावमा मानव शरीरमा विभिन्न रोग संक्रमण बढ्छ। जसका कारण देश संकट आउँछ।’

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्