• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

डेम्बेलेको डिपार्चर फातीका लागि बन्न सक्छ अवसर

64x64
नेपाल लाइभ मंगलबार, साउन २३, २०८०  ०९:३५
1140x725

काठमाडौं– लियोनल मेसी पीएसजी गएपछि उनको उत्तराधिकारीको रुपमा हेर्दै बार्सिलोनाले अन्शु फातीलाई १० नम्बरको जर्सी सुम्पिएको थियो। तर त्यसपछिका दिनहरुमा चोटबाट गुज्रेका फातीले आफ्नो पूरानो लय देखाउन सकेनन्।

२० वर्षीय यी युवा खेलाडी भने गत सिजनको अन्त्यदेखि भने फर्ममा आएका छन्। गत सिजनको अन्त्यतिर टोलीमा रिक्तता खट्किदाँ फातीले बार्सिलोनालाई पुनर्जिवित बनाउन सहयोग गरेका थिए। जसकारण अबको सिजन फातीका लागि सुनौलो हुने संकेत देखिएको छ।

उनै फातीले अबको सिजन राम्रो सुरुवात गर्ने संकेत देखाइसकेका छन्। भर्खरै सकिएको बार्सिलोनाको अमेरिका प्रि–सिजनमा उनकै गोलमा इटालियन जायन्ट्स एसी मिलान पराजित भयो। खेलको ५४ औं मिनेटमा उत्कृष्ट गोल गर्दै फातीले अबको सिजन आफू खतरानक हुने संकेत देखाए। उनकै उत्कृष्ट गोलमा बार्सिलोनाले मिलानलाई १–० ले पराजित गरेको थियो।

विपक्षीलाई झुक्याउने फातीको कला र नितरन्तर सुधारोन्मुक प्रदर्शनका कारण फातीमाथि बार्सिलोनाले आउँदो सिजन ठूलो आशा पनि राखेको छ। जसकारण अब क्याम्प नोउमा फातीले फेरि सनसनी मच्चाउन सक्ने विश्लेषण गरिएको छ।

फातीको यो प्रदर्शनलाई डेम्बेलेको डिपार्चरसँग जोडेर हेरिएको छ। डेम्बेले पीएसजी गएकाले बार्सिलोनाले एक पैसा पनि खर्च नगरी उनको ठाउँ अब फातीले लिनसक्ने विश्लेषण गरिएको छ। चोटबाट गुज्रेर मैदानमा उत्रिएका फातीले गत सिजन पनि सन्तोषजनक नै प्रदर्शन गरेका थिए। लिगका अधिकांश खेलहरुमा दोस्रो रोजाइमा मैदान छिरेका थिए। जसमा उनले ७ गोल गरेका थिए भने ३ असिस्ट गरेका थिए। फातीले आफ्नो त्यो फर्मलाई प्रि–सिजनमा पनि जारी राखेका छन्।

प्रशिक्षक जाभी आफ्नो योजनामा सफल हुन विभिन्न विकल्पहरु प्रयोग गर्न माहिर छन्। जसकारण आगामी सिजन पनि फातीले बार्सिलोनाको तर्फबाट मैदानमा कति समय बिताउन सक्छन् भन्ने विषयलाई मुख्य रुपमा हेरिएको छ। मिलानविरुद्ध फातीले गरेको गोल ‘मेसी–एक्क्यु स्ट्राइक’ प्रकारको थियो। बार्सिलोनाका फ्यानहरुले फातीको यो गोललाई लिएर ठूलो खुशी मनाएका थिए। गोलरक्षकको काँधमाथिबाट बल छिराउँदै फातीले सुन्दर गोल गरेका थिए।

anshu fati (1)1691412940.gif

उक्त गोलपछि फाती टोली बाहिर बेन्चमा रहेका डेम्बेलेलाई अंगालो हाल्न पुगेका थिए।  फातीले डेम्बेलेले खेल्ने साइटसँगै विपरीत पंक्तिबाट पनि खेल्न सक्छन्। यी २० वर्षीय भर्सटाइल युवा खेलाडी फाती कुनै पनि बेला बालोन डीओरसमेत जित्न सक्ने सामर्थ्य रहेका प्रतिभावान खेलाडी रहेको गोल डटकमले उल्लेख गरेको छ। फातीले मिलानविरुद्धको खेलमा अर्को गोल गर्ने अवसर पनि थियो। तर उनको प्रहार रोकियो। तै पनि उनको प्रभाव भने खेलमा कायमै रह्यो।

Ncell 2
Ncell 2
nimb
nimb

फातीको ड्रिबलिङ, जादुई प्रविधि र त्यससँग मेल खाने शारीरिक बनोटले पनि दर्शकहरुलाई मोहित पार्ने गर्छ। तर सन् २०२० नोभेम्बरमा घुँडामा चोट लागेकाले उनी ९ महिनासम्म मैदान बाहिर रहे। जसकारण उनलाई फर्ममा आउन धेरै समय लागेको थियो।

उनले गत सिजनको सबै प्रतियोगितामा गरेर ५१ खेल खेलेका थिए। जसमध्ये जम्मा १४ खेलमा मात्रै उनी सुरुवाती रुपमा मैदान उत्रिएका थिए। चोटबाट मैदान फर्किएपछिका सुरुवाती खेलमा भने उनी फर्ममा आउन कठिन संघर्ष गरिरहेका थिए। फातीको सुरुवाती प्रदर्शनबाट उनका फ्यानहरु चिन्तित थिए।

मार्चमा फातीका बुवाले जारी सिजनमा आफ्नो छोराले कम समय मैदानमा बिताएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि समेत राखेका थिए। तर जाभीले भने उनी कम समय मैदानमा रहनुमा फातीको आफ्नै कारण रहेको जवाफ दिएका थिए। त्यतिबेला जाभीले भनेका थिए, ‘फातीसँग प्रतिस्पर्धा छ। सायद फेर्रान टोरेस, राफिन्हा, लेवान्डोस्की अली राम्रो भएकाले यो निर्णय लिनु परेको हो। अन्शुले खेलका खेलमा निर्णयक गोल पनि गरेका छन्। तर त्यहाँ कडा प्रतिस्पर्धा छ, र बार्साका लागि खेल्न कडा मेहनत गर्नुपर्छ।’

तर, फातीको अहिलेको समय फेरिएको छ। प्रि–सिजन टुरमा फाती चम्किएका छन्। फातीले बाँया फ्ल्यांकमा बललाई उठाउँदै हानेको प्रहार गोलकिपरको काँध छेउबाट जाली चुमेको थियो। यो त्यस्तो प्रकारको गोल थियो, जसले लियोनल मेसीको झल्को दियो। र, यसले फातीलाई बार्सिलोनाको १० नम्बर जर्सीको हकदार रहेको संकेत गर्दै अगाडि बढ्न थप आत्मविश्वास मिल्ने बताइएको छ।

फातीको प्रदर्शनबाट अध्यक्ष लापोर्टा पनि सन्तुष्ट छन्। लापोर्टाले स्पेनिस पत्रिका मुन्डो डेपोर्टिभसँग कुरा गर्दै जाभीले अर्को सिजन युवालाई मौका दिने योजना बनाएको र त्यसमा फाती पर्ने बताएका छन्। ‘फाती बार्सिलोनामा सफल हुन चाहन्छन्,’ लापोर्टाले भनेका छन्, ‘उनीसँग गोलकर्ताको रुपमा एउटा उपहार छ। जाभीले मलाई प्रशिक्षणमा सबैभन्दा बढी गोल गर्ने लेवान्डोस्की र अन्शु रहेको बताएका छन्।’

anshu fati (3)1691412941.gif

फातीले पनि आफू बार्सिलोनामै प्रमाणित हुन चाहेको बताएका छन्। स्टार खेलाडी केलियन एम्बाप्पेलाई बेच्ने दाउमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फातीलाई ताके पनि उनले बार्सिलोना नछाड्ने बताइसकेका छन्। एमबाप्पेको उत्तराधिकारी बनाउने लक्ष्यसहित पीएसजीले फातीलाई ताके पनि फाती भने बार्सिलोनामै बस्न इच्छुक रहेको बताएका छन्।

आइतबार मात्रै पीएसजीले फातीमाथि चासो राखेको रिपोर्ट बार्सिलोनामा पुगेको थियो। बार्सिलोनामा खेल्न पर्याप्त समय नपाएकाले फातीले बार्सिलोना छाड्ने बताइएको थियो। जसकारण पीएसजीबाट आएको उक्त प्रस्तावमा फाती पनि इच्छुक रहनसक्ने बताइएको थियो। तर, २० वर्षीय युवा खेलाडी फातीले भने तत्कालै बार्सिलोना छाडेर पीएसजी जानेबारे नसोचेको बताएका छन्। जसकारण अबको सिजन फातीले डेम्बेलेको स्थान लिनसक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी
हुथी विद्रोहीले रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने खोजेको साउदीको दाबी
मध्यपूर्व तनाव : ट्रम्पले भ्रमण छोट्टाए, ९ देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
रियलभन्दा ६ अंकले अगाडि पुग्यो बार्सिलोना ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई ३–१ ले पराजित गर्दै स्पेनिस ला लिगामा लगातार सातौं जित... आइतबार, असोज ४, २०८३
डेब्यु खेलमै साम्बाको तहल्का, म्यानचेस्टर सिटीको ५–० शानदार जित सिटीले च्याम्पियनसिप क्लब नर्विच सिटीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको चौथो चरणमा स्थान बनाएको छ। शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भदौ महिना मात्रै बिजुली बेचेर ५ अर्बभन्दा बढी आम्दानी आइतबार, असोज ४, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रयोगमा ल्याउने तयारी आइतबार, असोज ४, २०८३
हुथी विद्रोहीले रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने खोजेको साउदीको दाबी आइतबार, असोज ४, २०८३
मध्यपूर्व तनाव : ट्रम्पले भ्रमण छोट्टाए, ९ देशमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह आइतबार, असोज ४, २०८३
हिन्दू राष्ट्रको बहस गरेर मात्रै हिन्दू धर्म वा मौलिक संस्कृति जोगिँदैन : अधिकारी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
दुई वर्षअघि सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त भारतीय नागरिक मोहम्मद कुरवान मन्सुरी प्रहरीकै गोली लागेर पक्राउ शनिबार, असोज ३, २०८३
सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो: एकजना घाइते, प्रहरी अनुसन्धान गर्दै शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्